logo

संस्थागत क्षमता मूल्याङ्कनमा बीरगंज अन्तिममा,पर्सामा ठोरी बारामा परवानीपुर अब्बल

 इसीमाना सम्वाददाता     २०८१ भदौ २२ गते ०७: ५७ मा प्रकाशित     324   पटक पढिएको

तस्विर बायाँबाटः परावनीपुर गाँपालिकाका अध्यक्ष राम क्षेत्री पटेल, ठोरी गाउापालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह

 

बीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०७९/०८० को संस्थागत क्षमता (लिजा) मूल्याङ्कन सार्वजनीक गरेको छ ।


मंत्रालयले प्रकाशीत गरेको नतिजा अनुसार देश भरिका ६ महानगर मध्य बीरगंज महानगपालिका मूल्याकंनमा अन्तिम ६ मा परेको छ ।


शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वितीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य तथा समन्वय मूल्याकंनका सूचक हुन ।

यही सूचकको आधारमा सार्वजनीक गरिएको नतिजमा ललितपुर महानगरपालिका पहिलो स्थानमा छ । उसले ८४.५ अंक पाएको छ ।

भरतपुर दोश्रो ८३.२५ , बिराटनगर तेश्रो ८२.५ पोखरा चौथो ८०.२५ पांचौ काठमाण्डौं ७७.५ र अन्तिममा बीरगंज महानगरपालिका ५९.५ अंक ल्याउन सफल भएका छन ।

पर्साको ठोरी गाउँपालिका यस वर्षको मूल्याकनमा पनि पहिलो स्थानमा रहेको छ ।

 

गत वर्ष पनि ठोरी पर्साको पहिलो स्थानमा थियो । बारामा यसपटक कलैया उपमहानगरपालिका पहिलो स्थानमा छ । गत वर्षपनि पालिकाहरुमा परवानीपुर गाउँपालिका पहिलो स्थानमै थियो ।

 

समग्रमा भने बारमा परवानीपुर गाउँपालिका दोश्रो स्थानमा छ । यद्धपी पालिकाहरुमा परवानीपुर कार्य सम्पदान मूल्याकंनमा पहिलो नै हो ।


पर्सामा ठोरी पछि पर्सागढी नगरपालिका दोश्रो, तेश्रोमा जगरनाथपुर गाउँपालिका रहेको छ ।

 

बहुदरमाई नगरपालिका चौथोे ,पकाहा मैनपुर पाँचौं ,जिराभवानी छैठौ. पोखरिया सातौ स्थानमा रहेको छ । छिपहरमाई आठौै सखुवा प्रसौनी नवौ बिन्दावासीनी दशौ स्थानमा रहेका छन ।

 

छैठौं स्थान देखीकाले प्राप्त गरेको अंक भार भने ४५ भन्दा कम रहेको छ । पटेर्वासुगौली ३९, कालिकामाई ३१, धोविनी २५ अंक प्राप्त गरेर कार्यसम्पादन मूल्याकनमा पछाडि रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.