logo

स्काईलाइन मल हालसाविककालागि नापी हुने , फिल्ड कर्मचारी खटिए,शम्भु कलवारले आदर्शनगर बेचेको खुलाशा, मललाई करोडौ तिर्नु पर्ने

मालपोत कार्यालय प्रमुख निरौलाले कुन स्वार्थका कारण लेखे चिठ्ठी ?

 इसीमाना सम्वाददाता     २०८१ भदौ १९ गते ०९: ४३ मा प्रकाशित     548   पटक पढिएको

बीरगंज । स्काइलाइन इन्फ्रा प्रा.ली.ले चर्चेको जग्गा सम्बन्धमा नापी कार्यालय पर्साले नापजाँच गर्ने भएको छ । हालसाविक माँग भएबमोजीमा नापी कार्यालयले नापजाँचकालागि फिल्डमा प्राविधिक कर्मचारी खटाएको छ ।

cc09ccbd-9fb9-4fc3-9b40-740ad44b3b57-chqxkmfwxv7xmnwbfislxfxsuodybqb15kbc5tqt-2iuNrUY3rIcmqw1dTJXTjlCu37aaaLtFRrl6I8r3.jfif

नापी कार्यालयले साविक पर्सा जिल्ला श्रीपुर ९( ख) को कित्ता नं १४ को ९ कठ्ठा र कित्ता नं १५ को २ कठ्ठा ६ धुर नाप्ने भएको हो । कित्ता नं १४ भनेको होटेल पुजन ,होटेल कन्ट्री इन र नविल बैंकले चर्चेको जमिन हो ।


कार्यालयले स्थलगत बुझ्नकालागि संधियारहरुको रोहवरमा भदौ २० गते स्थलगत सर्जमीनकालागि प्राविधिक कर्मचारी संजय झालाई खटाएको छ । झा ले स्थलगत अध्ययन र नापजाँच गरि प्रतिवेदन दिनु पर्ने कार्यादेश तोकिएको छ ।

 


बीरगंज महानगरपालिकाको वडा नं १० मा स्काइलाइन इन्फ्रा प्रा.ली.ले निर्माण गरेको स्काईलाइन मल अर्काकै जमीनमा निर्माण भएको बिषयमा ईसीमाना डटकमले लगातार समाचार प्रकाशन गर्दै आएको छ ।

आदर्श निर्माण समितिले अधिग्रहण गरि बेचेको प्लटमा स्काइलाईन मल निर्माण भएको दावी एकातिर छ भने अर्को तिर स्ववासी दर्ता गरिएको प्लट स्काईलाइन इन्फ्रा प्रा.ली.लाई बिक्री गरिएको तथ्यले देखाएको छ ।

 

शम्भु प्रसाद कलवारले १४ धुर जमीन स्ववासी दार्ता गराएका छन । स्वासी भनेको ऐलानी तर लामो समयदेखी भोग चलन गरि आएको जग्गा हो ।

 

तराई र काठमाण्डौको घना बस्ती भएको ठाउमा मात्र स्वबासी दर्ताको इजाजत थियो । शम्भु कलवारले मल लाई बेचेको जमिन स्वबासी दर्ता हो भने अधिग्रहण गरिएको जमिन चाही कुन हो भन्ने प्रश्न उठेको छ ।

तत्कालीन बीरगंज नगर पंचायतले निर्माण गरेको आर्दश नगर निर्माण समितिको प्लटमा उल्लेख गरिएको प्लट न ८४०, ४१,४२, र ४३ अस्वीकृत प्लट हुन ।

अधिग्रहण गरेर दाखिल खारेज गरिएका किता होइनन । अवादी नभएर खाली रहेको आदर्शनगरमा नगर पंचायतले प्लट बनाएको मात्र हो ।

त्यसको बैधानिकता भने सुनिश्चत नभएको देखिन्छ । तर भूमाफियाले त्यही प्लट देखाएर एउटाको जग्गा अर्कोको नाममा बेच्ने काम गरेको छ त्यसको शिकार स्काइलाइन इन्फ्रा प्रा.ली.भएको देखिन्छ ।

स्काइलाइन इन्फ्रा प्र.ली.लाई जग्गा बेच्नेहरु नै यो माफिया करणका मुख्य पात्र हुन । लक्ष्मी कलवार भनेर चिनिने शम्भू कलवार मुख्य खेलाडी हुन भने निलम अग्रवाल अर्को पात्र हुन ।

अग्रवाल बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल की धर्मपत्नी हुन । शम्भु कलवार भने यो सबै प्रपन्चका त्यस्ता खेलाडी हुन नगरपंचायतको अस्वीकृत प्लट देखाएर जग्गा बेच्ने एक्ला खेलाडी हुन ।

 

यिनकै षडयन्त्रको दुष्चक्रमा स्काईलाईन इनफ्रा प्रा.ली. पनि परेको छ ।

अधिग्रहणका बिषयमा यस अघि बीरगंज उपमहानगरपालिकाले २ पटक मालपोत कार्यालयलाई पत्र लेखेर सकाईलाईन इन्फ्रा प्रा.ली.निर्माण भएको जमीन अधिग्रहणमा नपरेको प्रष्ट पारेको छ ।

 

तर बीरगंज महानगरपालिकाले ०८१ साउन १ गते भूमिसुधार तथा ालपोकत कार्यालय बीरगंजलाई एक पत्र लेखी पशुपती आर्दश निर्माण समितिले अधिग्रहण गरेको प्लट नं ८४०,४१,४२ र ४३ समितिले कानून बमोजीम ब्यक्तिहरुलाई बेचेको र उनीहरुले भोग चलन गर्दै आउदा शहरी नापी भई जसले भोग गरेको हो उसैको नाउमा कित्ता नं ५४,५५,५६ र ५७ कायम भएको लेखिएको छ ।

 

सो पत्रमा बीरगंज महानगरका नक्शा फाँट प्रमुख इन्जिनियर गौरब झा ले हस्ताक्षर गरेका छन । महानगरले यो भन्दा अगाडिका २ पत्रका बारेमा के भन्छ ? आफनै कार्यालयको पत्रका बिरुद्ध अर्को पत्र लेख्ने झा कुन लाभाशंद्वारा प्रेरित थिए ? प्रश्न निकै गम्भिर भएर आएको छ ।

 


मालपोत कार्यालयका प्रमुख डमरु निरौला भ्रष्टीकरणका कारण यो बिषय झनै गन्जागोल भएको हो ।

 

मालपोत कार्यालय पर्साले, बीरगंज उपमहगरपालिकालाई ०७२ साल असार १० गते चलानी नम्बर १७४७९ नम्बरको पत्र मार्फत कि.न.१०५ को जग्गा आदर्श नगर निर्माण समिति भित्र परे नपरेको बारेमा लिखित रुपमा सोधेकोे थियो ।

मालपोतले लेखेको पत्रमा अगाडि लेखिएको छ , बीरगंज महानगरपालिकाको चलानी नम्बर ११३ मिति ०७२ साउन ८ गतेको पत्रअनुसार कि.नं. १०५ को जग्गा आदर्शनगर निर्माण समितिमा नपरेको तथा अधिग्रहण समेत नभएको उत्तर प्राप्त भएको थियो ।


तर नापी कार्यालय बीरगंजले कि.न.१०५ को जग्गा प्लटीङ्ग भित्रको भनी उल्लेख गरेकोले कि.न.१०५ प्लटीङ्ग भित्र परे नपरेको, अधिग्रहण भए नभएको पछि सम्म फरक नपर्ने गरि खुलाई पठाई दिनु भनेर पत्र लेखेको छ ।

मालपोत कार्यालय पर्साले यही ब्यहोराको पत्र साविक बीरगंज उपमहानगरपालिकालाई ०७२ असार १० गते पनि लेखेको थियो । उपमहानगरले त्यो भन्दा पहिला ०७२ साल असार ७ गते र ०७२ साउन ८ गतेमा मालपोत कार्यालयलाई जवाफ लेखेर कि.नं.१०५ को जग्गा आदर्शनगर निर्माणकालागि श्री ५ को सरकारले प्रकाशीत गरेको सूचना भित्र नपरेको ,अधिग्रहण समेत नभएको प्रष्ट रुपमा लेखेर जवाफ दिएको छ ।

 

यो तथ्य मालपोत कार्यालयमा हुदा हुदै मालपोत कार्यालयले ०८१ असार ६ गते फेरी बीरगंज महानगरपालिकालाई किन पत्र लेख्यो ? मालपोेतक कार्यालयका प्रमुख डमरु निरौलाको बदनियत यहीनेर देखिन्छ । उनको भ्रष्ट आचरणका कारण यति पत्र लेखियो । उनले यो घटनाको साङ्गो पाङ्गो हल निकाल्नकालागि पत्र लेखेको भए ।

 

महानगरपालिकाले पत्र लेखी सकेपछि मालपोत कार्यालयले महानगरले के आधारमा निर्णय गरेको हो । कुन कर्मचारीलाई जग्गा नामसारीकालागि अधिकार प्रतायोजन गरिएको थियो ।

 

कति गतेको निर्णयका आधारमा जग्गा नामसारी भएको त्यो सबै कागजातको अभिलेख उपलब्ध गराउनु भनेर किन पत्र लेखेनन ? डमरुको स्वार्थका कारण यस्तो पत्र लेखिएन । उनी अनुबन्धित थिए । जसले गर्दा मालपोकत कार्यालय आजको दिन चोरलाई चौतारको जिम्मा लगाए जस्तो भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.