logo

मधेशको प्रहरी प्रशासन केन्द्रीय शक्ति र पहुँचको आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको छः मुख्यमंत्री सिंह

 इसीमाना सम्बाददाता      २०८१ भदौ २ गते १८: ३५ मा प्रकाशित     393   पटक पढिएको

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो प्रदेशमा ब्यापक तस्किरी भइरहेको बताएका छन । आइतवार जनकपुरधामको एक होटलमा नेपाल भारतको सम्बन्ध बारे आयोजित एक कार्यक्रममा उनले यस्तो भनेका हुन ।

मधेशका डीआईजीद्वारा यज्ञबिनोद पोख्रेलले मधेश प्रदेशका ८ जिल्लामा ४२ घुमुवा परिचालन गरेको मालदार थाना रचौकीमा धमाधम काज सरुवा गरेको समाचार प्रकाशन भएकै बेला प्रदेश सरकारका प्रमुख सिंहको यस्तो अभिब्यक्ति आउनुलाई बडो अर्थपूर्ण रुपमा हेरिएको छ ।


मुख्यमंत्री सिंहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका माथि गमिभर प्रश्न मात्र उठाएका छैनन उनीहरु पेशागत उत्तरदायित्वबाट समेत च्यूत भएको तर्फ संकेत गरेका छन ।

 

सिंहले रातोरात गाडीको गाडीको गाडी तस्करी हुन्छ भने । तस्करीका कारण सरकारले पाउनु पर्ने राजस्व समेत नपाएको उनको भनाई छ ।

 

उनले यो सबै घटनाक्रममा आफू रमिते हुनु बाहेक अरु केही गर्न नसकिएको बताएका थिए ।

 

मुख्यमंत्रीको भनाईमा प्रहरी र प्रशासन आफनो मातहतमा नभएको र केन्द्रको नियन्त्रण र निर्देशनमा भएकोले आफूहरुको केही नलागेको दिग्दारी समेत झल्किन्थ्यो ।


मुख्यमंत्री संहले गम्भिर रुपमा एउटा प्रश्न गरे । एक बोरा मलखाद्य समात्न सक्ने प्रहरीले तस्किरीको गाडीका गाडी किन नसमातेको भन्दै मधेश प्रदेश प्रहरी नेतृत्व उपर गम्भिर प्रश्न खडा गरे ।

 

त्यती मात्र होइन प्रहरी प्रशासन केन्द्रीय शक्ति र पहुँचको आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको समेत आरोप लगाए ।

 

प्रदेशको कार्यकारी अधिकार प्राप्त मुख्यमंत्रीले आफनो प्रदेशमा प्रहरी प्रशासनको आडमा तस्करी भएको बताएर उनले दुबै प्रहरी संगठनको प्रदेश नेतउत्वलाई नैतीक संकट खडा गरेका छन ।

 

अझ नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोख्रेलले प्रदेश भरि रकम असुलीका निम्ति घुमुवा परिचालन गरेकोले मुख्यमंत्रीको आरोपलाई समेत बल पुगको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.