logo

एपेक्स म्यानेजमेन्ट कलेजले यो शैक्षीक सत्र बाट बिबिए कक्षा संचालन गर्ने, बिद्यार्थीलाई ल्यापटप दिइने

 इसीमाना सम्बाददाता      २०८१ सावन ३२ गते १५: ५४ मा प्रकाशित     940   पटक पढिएको

बीरगंज । एपेक्स म्यानेजमेन्ट कलेजले यो शैक्षीक सत्र बाट बिबिए (ब्याचलर इन बिजनेश एडमिनिस्ट्रेशन) कक्षा संचालन गर्ने भएको छ । कलेजले कक्षा संचालनका बिषयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।

May be an image of 6 people and text

बिबिए कक्षा संचालनकालागि कलेजले सुदुरपश्चिम बिश्वबिद्यालयबाट सम्बन्धन पाएको कलेजका अध्यक्ष डा.दीपेन्द्र चौधरीले जानकारी दिए । यो वर्ष ६६ बिद्यार्थी भर्नाकालागि इजाजत प्राप्त भएको उनले बताए ।


बीरगंजमा ठाकुरराम बहुमुखी क्याम्पस बीरगंज र बिआइएमले बिबिए कक्षा संचालन गरिरहेका छन । दुबै कलेजमा ६६ जना बिद्यार्थीले भर्ना पाउने गरेका छन । स्नातक तहम बीरगंजमाा हरेक शैक्षीक सत्रमा ६ सय देखी १ हजार सम्म बिद्यार्थी बिबिए अध्ययनकालागि प्रवेश परिक्षामा सहभागि हुन्छन त्यस मध्य थोरैले मात्र अध्ययनको अवसर पाउने गरेकोमा एपेक्स म्यानेजमेन्टले बिबिए कक्षा संचालन गर्दा बिद्यार्थीले केही राहत पाउने भएका छन ।

May be an image of 5 people and text

बिबिएमा भर्ना नपाउदा धेरै नेपाली बिद्यार्थी अध्ययनकालागि भारत जान बाध्य बनाइएका छन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने बिद्यार्थीले बीरगंजमै गुणात्मक शिक्षा पाउने वतावरण कसरी बन्छ भन्ने बिषयमा सोच्नु पर्ने बताउछन ।

 

उनले बीरगंजका राजनीतिक नेतृत्व, नागरिक समाजका बिभिन्न सरोरकार समुहहरु किन यो बिषयमा छलफल बहस चलाउदैनन भन्दै प्रश्न गरे । उनले पत्रकारिताको माध्यमले पनि यो बिषयमा कलम चलाउन आवश्यक रहेको चर्चा गर्दै बिश्वबिद्यालयहरु बीरगंजको आवश्यक पुरा गर्न बिद्यार्थी भर्नाको संख्या बढाउन किन तयार छैनन यो कुरा उठाउन आवश्यक रहेको बताए ।

May be an image of 8 people, dais and text

बीरगंज कलेजको भातृसंस्थाको रुपमा रहेको एपेक्स म्यानजेजमेन्ट कलेजले भाद्र ३१ गते प्रवेश परिक्षा लिने कार्यतालिका सार्वजनीक गरेको छ । त्यसकोलागि भाद्र २५ सम्मा फारम भर्नु पर्ने छ ।

 

भाद्र १५ देखी कलेजले बिद्यार्थीकालागि प्रवेश परिक्षाको तयारी कक्षा समेत संचालन गर्ने डा. चौधरीले बताए । ब्यवहारिक पद्धतीमा अध्यापन गराइने बिबिएमा भर्ना भएका बिद्यार्थीलाई ल्यापटप कलेजले उपलब्ध गराउने भएको छ ।

May be an image of 6 people, people smiling and text

कलेजले बिबिएको ८ सेमेस्टर अर्थात ४ वर्षकालागि ४ लाख ५० हजार रुपैया शुल्क निर्धारण गरेको छ ।
बिश्वबिद्यालयले दिने छात्रबृतिका अलावा पत्रकार वा उनीहरुका सन्तानलाई पनि बिशेष छुट दिइने डा. चौधरी कलेजको योजना रहेको बताए ।


कलेजले बिबिए कार्यक्रम संचालनका बिषयमा शुक्रवार बीरगंजमा पत्रकार सम्मेलनको अयोजना गरेको थियो भने लगत्तै बीरगंजका नागरिक समाजका प्रतिनिधिहरुको उपस्थितिमा बिबिए लन्चीङ एभेन्ट संचालन गरेको थियो । जसको उद्धघाटन नेपाल उधोगा वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ताले गरेका थिए ।

May be an image of 9 people and people studying
कार्यक्रममा जनमत पार्टीका पर्सा अध्यक्ष ओम प्रकाश सर्राफ, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख उधोग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी,सिए संदीप रौनीयार उपाध्यक्ष हरी गौतम लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन कृष्णले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.