logo

जनप्रतिनिधिहरुले आफनो अनुहार कस्तो भयो भनेर जनतारुपी ऐनामा हेर्नु पर्छः अध्यक्ष कुर्मी

 इसीमाना सम्वाददाता     २०८१ सावन २७ गते ०८: १५ मा प्रकाशित     537   पटक पढिएको

बीरगंज । परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री कुर्मीले जनताको प्रथामिकता नै आफूहरुको प्रथामिकता रहेको बताएका छन । सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदनका बिषयमा भएको छलफललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले जनतालाई न्यायधीशको संज्ञा दिदै आफूहरु सेवक भएको बताए । हामीले गरेको सेवाको बिषयमा जनताले न्यायधीशको रुपमा फैसला गर्ने उनको भनाई छ ।


उनले जनतालाई ऐनाको उपमा दिदै जनप्रतिनिधिहरुले आफनो अनुहार कस्तो भयो भनेर जनतारुपी ऐनामा हेर्नु पर्ने बताए ।

 

जनप्रतिनिधिहरु रुपवान छन की कुरुप भइसके त्यो थाहा पाउन जनतारुपी ऐना हेर्नु पर्छ उनले भने “अनुहारमा चाउरी परेको, कुरुप भईसकेकाले ऐना हेर्न चाहदैन तर हामी जनतारुपी ऐनामा पटक पटक आफूलाई हेर्ने गर्दछौ” ।


अध्यक्ष कुर्मीले जनप्रतिनिधिहरुले राम्रो गरेका छन की छैनन भन्ने कुराको पुष्टि जनताले गर्ने बताए । उनले कार्यालयका शाखा प्रमुखहरु वडा सचिव र जनप्रतिनिधिलाई आपसी समन्वयका आधारमा काम गर्न आग्ह गरे ।

जनताले सेवा प्राप्तीको अनुभूती गर्न सकेनन भने हाम्रो सेवा प्रभावकारी छैन भन्ने बुझ्नु पर्ने भन्दै उनले सेवा जनमुखी हुनु पर्छ भन्ने कुराको हेक्का सबैले राख्नु पर्ने बताए ।

उनले नीति तथा कार्यक्रम माफर्त पालिकाले तय गरेका योजनाहरुको कार्यान्वयन र त्यसको प्रभावकारीतको पनि लेखाजोखा जरुरी रहेको बताए ।

उनले बिद्यालयमा हरेक आवश्यकता पुरा गर्ने तर्फ पालिकाको ध्यान गइरहेको बताउदै शिक्षकहरुलाई आफनो घण्टीको समय कक्षाकोठामै ब्यतित गर्न आग्ह गरेका छन ।


कार्यक्रममा उपाध्यक्ष सुगान्धी देवीले पालिकाको लगानीको प्रतिफल जनताले कसरी अनुभूती गरेका छन भन्ने कुरा परिक्षणका क्रममा आएको प्रतिवेदनले केही बोलेको भन्दै सेवा प्रवाहमा अझै ध्यान दिइने बताइन ।


कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिब उमेश गुप्ताले सामाजिक परिक्षण मार्फत पालिकालाई राम्रो काम गर्नकालागि उत्प्रेरणा मिलेको बताए ।

उनले कतिपय ठाउँमा अतिक्रमण हटाउन खोज्दा नियतबस खुर्सानीको धुलो हालेर जनप्रतिनिधिलाई लखेटन खोजिएको थिए तर पालिकाले त्यसमा सफलता प्राप्त गरेको छ त्यो ठाउँमा वडा कार्यालय बनेर संचालनमा आएको बताए ।

उनले जनअपेक्षाका कामहरुमा पालिकाले सबैसंग हातेमालो गरेर अगाडि बढ्दा राम्रो हुने सुझाव दिए ।

उनले सामाजिक परिषण मार्फत पालिकाले उत्तरदायित्व ,नागरिक प्रतिको दायित्व निर्वाह र सुशासनको प्रत्याभूतीकालागि आफ्नो योगदान दिन तयार रहेको सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरेका थिए ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले सडक गुरु योजना, पोजना बैंकको निर्माणको दिशामा पालिकाले काम गर्ने बताए ।

उनले दीर्घकालीन नीतिको निर्माण तथा प्रथामिकताको निर्धारणमा पालिकाको ध्यान केन्द्रीत गएिको बताए । उनले पालिका कार्य सम्पादन मूल्याकंनमा मधेश प्रदेशमै उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए ।


कार्यक्रममा सामाजिक परिक्षणको उद्धेश्य त्यसको आवश्यकता र आचार संहितको बिषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले प्रकाश पारेका थिए । सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले प्रारम्भिक प्रतिवेदनले औल्याएका बिषयमा छलफल गरेका थिए ।


कार्यक्रममा बिभिन्न शाखाका प्रमुखहरु, बालक्लबका प्रतिनिधि, राजनीतिक दल तथा सामाजिक कार्यकर्ताले आ आफ्ना बिचार ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जितेन्द्र गिरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.