logo

जनप्रतिनिधिहरुले आफनो अनुहार कस्तो भयो भनेर जनतारुपी ऐनामा हेर्नु पर्छः अध्यक्ष कुर्मी

 इसीमाना सम्वाददाता     २०८१ सावन २७ गते ०८: १५ मा प्रकाशित     765   पटक पढिएको

बीरगंज । परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री कुर्मीले जनताको प्रथामिकता नै आफूहरुको प्रथामिकता रहेको बताएका छन । सामाजिक परिक्षणको प्रारम्भिक प्रतिवेदनका बिषयमा भएको छलफललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले जनतालाई न्यायधीशको संज्ञा दिदै आफूहरु सेवक भएको बताए । हामीले गरेको सेवाको बिषयमा जनताले न्यायधीशको रुपमा फैसला गर्ने उनको भनाई छ ।


उनले जनतालाई ऐनाको उपमा दिदै जनप्रतिनिधिहरुले आफनो अनुहार कस्तो भयो भनेर जनतारुपी ऐनामा हेर्नु पर्ने बताए ।

 

जनप्रतिनिधिहरु रुपवान छन की कुरुप भइसके त्यो थाहा पाउन जनतारुपी ऐना हेर्नु पर्छ उनले भने “अनुहारमा चाउरी परेको, कुरुप भईसकेकाले ऐना हेर्न चाहदैन तर हामी जनतारुपी ऐनामा पटक पटक आफूलाई हेर्ने गर्दछौ” ।


अध्यक्ष कुर्मीले जनप्रतिनिधिहरुले राम्रो गरेका छन की छैनन भन्ने कुराको पुष्टि जनताले गर्ने बताए । उनले कार्यालयका शाखा प्रमुखहरु वडा सचिव र जनप्रतिनिधिलाई आपसी समन्वयका आधारमा काम गर्न आग्ह गरे ।

जनताले सेवा प्राप्तीको अनुभूती गर्न सकेनन भने हाम्रो सेवा प्रभावकारी छैन भन्ने बुझ्नु पर्ने भन्दै उनले सेवा जनमुखी हुनु पर्छ भन्ने कुराको हेक्का सबैले राख्नु पर्ने बताए ।

उनले नीति तथा कार्यक्रम माफर्त पालिकाले तय गरेका योजनाहरुको कार्यान्वयन र त्यसको प्रभावकारीतको पनि लेखाजोखा जरुरी रहेको बताए ।

उनले बिद्यालयमा हरेक आवश्यकता पुरा गर्ने तर्फ पालिकाको ध्यान गइरहेको बताउदै शिक्षकहरुलाई आफनो घण्टीको समय कक्षाकोठामै ब्यतित गर्न आग्ह गरेका छन ।


कार्यक्रममा उपाध्यक्ष सुगान्धी देवीले पालिकाको लगानीको प्रतिफल जनताले कसरी अनुभूती गरेका छन भन्ने कुरा परिक्षणका क्रममा आएको प्रतिवेदनले केही बोलेको भन्दै सेवा प्रवाहमा अझै ध्यान दिइने बताइन ।


कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सचिब उमेश गुप्ताले सामाजिक परिक्षण मार्फत पालिकालाई राम्रो काम गर्नकालागि उत्प्रेरणा मिलेको बताए ।

उनले कतिपय ठाउँमा अतिक्रमण हटाउन खोज्दा नियतबस खुर्सानीको धुलो हालेर जनप्रतिनिधिलाई लखेटन खोजिएको थिए तर पालिकाले त्यसमा सफलता प्राप्त गरेको छ त्यो ठाउँमा वडा कार्यालय बनेर संचालनमा आएको बताए ।

उनले जनअपेक्षाका कामहरुमा पालिकाले सबैसंग हातेमालो गरेर अगाडि बढ्दा राम्रो हुने सुझाव दिए ।

उनले सामाजिक परिषण मार्फत पालिकाले उत्तरदायित्व ,नागरिक प्रतिको दायित्व निर्वाह र सुशासनको प्रत्याभूतीकालागि आफ्नो योगदान दिन तयार रहेको सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरेका थिए ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले सडक गुरु योजना, पोजना बैंकको निर्माणको दिशामा पालिकाले काम गर्ने बताए ।

उनले दीर्घकालीन नीतिको निर्माण तथा प्रथामिकताको निर्धारणमा पालिकाको ध्यान केन्द्रीत गएिको बताए । उनले पालिका कार्य सम्पादन मूल्याकंनमा मधेश प्रदेशमै उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए ।


कार्यक्रममा सामाजिक परिक्षणको उद्धेश्य त्यसको आवश्यकता र आचार संहितको बिषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले प्रकाश पारेका थिए । सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले प्रारम्भिक प्रतिवेदनले औल्याएका बिषयमा छलफल गरेका थिए ।


कार्यक्रममा बिभिन्न शाखाका प्रमुखहरु, बालक्लबका प्रतिनिधि, राजनीतिक दल तथा सामाजिक कार्यकर्ताले आ आफ्ना बिचार ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जितेन्द्र गिरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.