logo

पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रमं ओलीको प्रतिबद्धता, कार्यदलले बुझायो सहमतीको दस्तावेज (पूर्ण पाठ सहित)

 इसीमाना सम्बाददाता      २०८१ सावन २३ गते १५: २३ मा प्रकाशित     333   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पीडादायी विगतलाई शान्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन । 

बुधबार सत्य निरूपण तथा मेलमिलाप (टीआरसी) विधेयकको विवादका विषयमा शीर्ष राजनीतिक दल बीच सहमति जुटेपछि प्रधानमन्त्री ओलीले नेपाललाई शान्त बनाउन सबैलाई सहयोग गर्न आह्वान गरेका छन । यसमा सरकार सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि ओलीले प्रतिबद्धता व्यक्त गरे ।

 

‘पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौँ, नेपाललाई शान्त बनाउन सबै पक्षको साथ र सहकार्य जरुरी छ, सहकार्यका साथ हामी अघि बढ्ने छौँ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन। 

हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबीच सहमति जुटेको उल्लेख गर्दै ओलीले अब यसलाई चाँडै अन्तिम टुङ्गोमा पुर्‍याउने बताए ।

‘हिंसात्मक द्वन्द्वलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा आज मुख्य दलहरूबीच सहमति भएको छ, संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरूपका आयोग बन्नेछन्’, ओलीले लेखेका छन ।  

बुधबार सत्य निरूपण तथा मेलमिलाप (टीआरसी) विधेयकको विवादका विषयमा सहमति जुटाउन बनेको कार्यदलले शीर्ष नेताहरूलाई सहमतिको प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यदलले प्रतिवेदन हस्तान्तरण गरिएको हो । 

प्रतिनिधि सभामा दर्ता भई सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेका ती विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोडको प्रतिवेदन बुझाइएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट गृह मन्त्रीसमेत रहेका रमेश लेखक, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा रहेका थिए ।

प्रस्तावित विधेयकमा मानव अधिकारको गम्भीर उलङ्घन, मेलमिलापको विषय, सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएकाहरूको क्षतिपूर्ति, सजायका विषयमा सहमति निकालिएको छ ।

1.jpg?resize=720%2C981&ssl=1

3.jpg?resize=720%2C1123&ssl=1

4.jpg?resize=720%2C1038&ssl=1

5.jpg?resize=720%2C1110&ssl=1

6.jpg?resize=720%2C832&ssl=1

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.