logo

स्काइलाइन मल, अन्सारी र केडियाको जग्गामा, करोडौ रकम भूमाफियाको खल्तीमा, हुदै नभएको प्लट देखाएर बेच्ने अग्रवाल र कलवार कारवाहीको दायरामा कहिले आउने ?

 इसीमाना सम्बाददाता      २०८१ सावन १३ गते १५: ३५ मा प्रकाशित     814   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १० मा स्काइलाइन इन्फ्रा प्रा.ली.ले निर्माण गरेको स्काईलाइन मल अर्काकै जमीनमा निर्माण भएको तथ्यले पुष्टि गर्दै ल्याएको छ ।


स्काइलाइन इन्फ्रा प्रा.ली.ले बीरगंज आदर्श नगर निर्माण समितिले अधिग्रहण गरेको दावी गरे पनि स्काइलाइन मल निर्माण भएको जमिन कहिल्यै कुनै सरकारी अड्र्डाले अधिग्रहण नगरेको तथ्य प्रकाशमा आएको छ ।

२०२९ साल असोज २ गते प्रकाशित राजपत्रको हवला दिदै आर्दश नगर निर्माण समितिको प्लटमा मल निर्माण गरिएको दावी गरिएको छ ।

तर मल निर्माण भएको जमिन अधिग्रहण नभएको, नगरिएको कुरा बीरगंज महानगरपालिकाले ७० सालमै मालपोत कार्यालय पर्सालाई पत्राचार गरेर बताई सकेको छ ।


राजपत्रमा के छ ?


श्री ५ को सरकारले २०२९ साल असोज २ गते प्रकाशति गरेको राजपत्रमा जग्गा अधिग्रहण सम्बन्धमा सूचना प्रकाशीत भएको छ ।

राजपत्रमा स्पष्ट रुपमा श्रीपुर गाँउ पंचायत अन्तरगत वडा नं ९ को पूर्व नाला , पश्चिम आदर्शनगरको सीमाना नथुनी कानुको नम्बरी जग्गा उत्तर घडीअर्वा पोखरी र अलौ सिंसिया जाने गोरेटो बाटो ,दक्षीण आर्दशनगरको नाली र सीमाना यती चार किल्ला भित्रको बिभिन्न कितामा रहेको ५ बिगाह ८ कठ्ठा १५ धुर जमिन अधिग्रहण हुने सूचना प्रकाशीत भएको छ ।

यही राजपत्रमा कि.न.१०५ र १५ अधिग्रहण गरिनु पर्ने गरि सूचना प्रकाशन भएको छैन । राजपत्रमा वडा नं ८ मै पनि यो किता नम्बर अधिग्रहण हुने कुरा उल्लेख छैन ।

राजपत्रको सूचनामा प्रकाशन नै नभएको किता कसरी आदर्श निर्माण समितिको प्लटको रुपमा कायम हुन्छ ? यो प्रश्न पनि अनुत्तरित छ । कुन अख्तियारीको आधारमा यो जग्गा प्लटमा कायम भयो ? २०२९ सालमा जग्गा अधिग्रहणको सूचना प्रकाशन भयो ।

तर महनगरले कहिले प्लट बनायो ? अधिग्रहण गर्दा सम्बन्धीत जग्गाधनीले जग्गाको मूल्य र अन्य नोक्सानी भए त्यसको समेत क्षतीपूर्ती पाउने कुरा त्यही सूचनामा उल्लेख छ ।

२०२३ साल बैशख २३ गते महावीर प्रसाद केडियाको नाममा दर्ता कायम किता नं १५ को अधिग्रहण गर्दा उनलाई तिरेको मूल्यको भर्पाई किन सार्वजनीक गरिदैन ।

०२९ सालमा अधिग्रहण भएको किता नं १५ को २ कठ्ठा ६ धुर जमिन मिति ०४४/३/४ गतेका दिन महावीर प्रसाद केडियाको नामवाट रुकमणी देवी केडियाको नाममा हक हस्तान्तरण भएको कुरा मालपोत कार्यालय बीरगंजको अभिलेखले बताउछ ।

बीरगंज मालपोत कार्यालयको स्रेस्तामा यो समाचार तयार पार्दा सम्म किता नं १५ रुकमणी देवी केडियाको नाममा सुरक्षीत छ । भूमाफियाले बाहिर बाहिर किर्ते कागज बनाएर यसको खरिद बिक्री त गरे तर मुल अड्डामा यसको दाखिल खारेज भने नभएको मालपोत कार्यालय स्रोतले जनाएको छ ।

अधिग्रहण नभएको जग्गा कसरी प्लटमा कायम भयो ?

सबै भन्दा पेचिलो प्रश्न यही हो र भू माफियाले धेरै मान्छेलाई गुमराहमा पार्न सफलता पाएको पनि यही अस्वीकृत प्लट हो । अस्वीकृत प्लट देखाएर जाली कागजात निर्माण गरि वास्तविक हकवालालाई जग्गाको हकभोगबाट बिस्थापित गरि अर्कोको नाममा जग्गा दर्ता गरिएको छ ।

यसो गर्न केही भूमाफिया , बीरगंज उपमहानगरपालिका र नापी कार्यालयका भ्रष्ट कर्मचारी यिनलाई संरक्षण गर्ने नेता तथा राजकीय निकायमा बसेका भ्रष्टहरुको भूमिका महत्वपूर्ण रहेको छ ।

एकपटक राजपत्रमा उल्लेख गरिएको सीमानाका बारेमा बिचार गरौ । उत्तरमा घडीअर्वा पोखरी, पश्चिममा नथुनी कानुको नम्बरी जग्गा र नगरसभागृह अगाडिको सिर्सिया तर्फ जाने बाटो , दक्षीणमा आदर्शनगरको नाला यो नाला पूजन होटेल र कटारुका भवनको वीचमा रहेको नाला हो यो नै जग्गा अधिग्रहणको दक्षीण तर्फको सीमा हो ।

पूर्व तर्फ हरिखेतान बहुमुखी क्याम्पस हुदै बग्ने नाला सीमाना हो । बिचारणीय कुरा त के छ भने स्काइलाइन इन्फ्रा प्रा.ली.ले निर्माण गरेको स्काइलाईन मल जग्गा अधिग्रहणको लागि तोकिएको माथि उल्लेख गरिएको चौहदी भन्दा बाहिर छ ।

 

दक्षीण पट्टीको नाला भन्दा दक्षीण एउटा किता, त्यस पछि बाटो अनी बल्ल स्काइलाइन मल । अर्थात अधिग्रहणको चौहदी भन्दा बाहिरको जमिन प्लटमा कसरी पुग्यो ? त्यो प्लटको बैधता कसले पुष्टि गर्ने हो ? राज्यका निकायहरु जिम्मेवार र जवाफदेह हुनु पर्नेमा अनियमितता र भूमाफियाको सेवक बनेर सुशासन माथि बज्रप्रहार गरिरहनु भन्दा प्लटहरुको बैधता सार्वजनीक गर्नु तर्फ लाग्न आवश्यक छ ।

हुदै नभएको प्लट देखाएर अर्काको सम्पती हड्पनेहरु को हुन ?

तत्कालीन बीरगंज नगर पंचायतले निर्माण गरेको आर्दश नगर निर्माण समितिको प्लटमा उल्लेख गरिएको प्लट न ८४०, ४१,४२, र ४३ अस्वीकृत प्लट हुन । अधिग्रहण गरेर दाखिल खारेज गरिएका किता होइनन । अवादी नभएर खाली रहेको आदर्शनगरमा नगर पंचायतले प्लट बनाएको मात्र हो ।

त्यसको बैधानिकता भने सुनिश्चत नभएको देखिन्छ । तर भूमाफियाले त्यही प्लट देखाएर एउटाको जग्गा अर्कोको नाममा बेच्ने काम गरेको छ त्यसको शिकार स्काइलाइन इन्फ्रा प्रा.ली. भएको देखिन्छ ।

स्काइलाइन इन्फ्रा प्र.ली.लाई जग्गा बेच्नेहरु नै यो माफिया करणका मुख्य पात्र हुन । लक्ष्मी कलवार भनेर चिनिने शम्भू कलवार मुख्य खेलाडी हुन भने निलम अग्रवाल अर्को पात्र हुन ।

अग्रवाल बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल की धर्मपत्नी हुन । यि बाहेक पनि राजकीय जिम्मेवारीमा रहेका ब्यक्तिहरु यो माफियाकरणका मतियार बनेका छन ।

त्यतीबेलाको उपमहानगर, महानगर नापी र मालपोतका कर्मचारी पनि भू माफियाको मतियार बनेर ब्यक्तिको सम्पती अपचलन गर्ने भ्रष्ट काममा लिप्त छन ।

भ्रष्टहरुकै कारण स्काइलाइन मल निर्माणको करिव ६ कठ्ठा क्षेत्रफलको स्वामित्वको कुरा गर्दा निखत परविन अनसारी र रुक्मणी देवी केडियाको स्वामित्य स्थापित हुने देखिन्छ ।

 

स्काइलाइन मल संग सम्बन्धीत समाचारहरु 

किर्ते लालपूर्जाको जगमा स्काइलाइनको आलिशान मल, एसवीआई र कुमारी र बैंकको करोडौ लगानी डुब्ने खतरा बढ्यो

https://esimana.com/headline/2024/07/20/172148517176783123.html

स्काइलाइन मलले भोग गरेको कि.न.१०५ को नालीबेली यस्तो छ ,तथ्यले भन्छन जालझेल र किर्ते भए जस्तो छ

https://esimana.com/headline/2024/07/26/172197949672787401.html

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

जनमत पार्टीमा चौधरी र डा.राउतलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइयो

जनकपुर । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा दुइजना मनोनित भएका छन् । यही ८ असारमा पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार राष्ट्रिय उपाध्यक्षमा दुइजनालाइ मनोनित गरिएको जनमत सचिवालयले जनाएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.