logo

सबैभन्दा महंगो स्कूल दिल्ली पब्लिक स्कूलको बस तस्करीको सामान सहित भंसार पुग्यो

 इसीमाना सम्वाददाता     २०८१ सावन ५ गते १२: १४ मा प्रकाशित     361   पटक पढिएको

वीरगञ्ज । नेपालकै सबैभन्दा धनी उधोगपती बिनोद चौधरीको चौधरी ग्रुपद्वारा प्रर्वदित वीरगञ्ज स्थित दिल्ली पब्लिक स्कुलको तस्करीको सामान ओसारेको आरोपमा प्रहरीको नियन्त्रणा छ ।


दिल्ली पब्लिक स्कूल बीरगंजमा छिमेकी भारतको सीमावर्ती शहर रक्सौलका बिदार्थीहरु पनि अध्ययनरत रहेका छन । उनीहरुलाई ल्याउने र लैजाने काममा प्रयोग गएिको बस रक्सौलबाट बिद्यार्थी ओरालेर फर्किदा तस्करीको सामान सहित फर्किने गरेको रहस्य पनि सार्वजनीक भएको छ ।


सशस्त्र प्रहरीले तस्करीको सामान ल्याउने गरेको सूचना पाएपछि शुक्रवार दिल्ली पब्लिक स्कूलको बस भंसारको प्रवेशद्वार नजिक चेकजाँचमा परेको थियो ।


सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सिमा सुरक्षा गुल्म वीरगञ्जले चेकजाँचको क्रममा बस भित्रबाट २ लाख ६३ हजार ७ सय रुपैया बराबरको कपडा तथा मोविल लगाएतका सामानहरु फेला परोको थियो ।

 

स्कुल बस भित्र भन्सार छलिका सामान भेटिएपछि चालक परवानीपुर गाउँपालिका वडा नम्बर ४ निवासी ३२ वर्षका किशोरी राम र वीरगञ्ज ११ श्रीपुर निवासी ४२ वर्षका सहचालक दिपक गिरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भन्सार छलिका सामान ओसारपसारमा प्रयोग भएको स्कुल बस सहित ३२ लाख ६३ हजार ७ सय बराबरको सामान सहित चालक र सहचालकलाई आवश्यक कारवाहीका लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यता दिल्ली पब्लिक स्कूलले भने यस बिषयमा आफनो औपचारिक धारणा भने सार्वजनीक गरेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.