logo

जगरनाथपुर हत्याकाण्डका आरोपीहरु पक्राउ,पैसा दिएर हत्या गराएको खुलासा

 इसीमाना सम्वाददाता     २०८१ असार १९ गते ०८: ०७ मा प्रकाशित     329   पटक पढिएको

बाँयाबाट आरोपीहरुः महादेव महतो ,लक्ष्मण प्रजापती र सन्तोष पंण्डित


वीरगञ्ज ।२३ दिन अगाडि भएको एउटा हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन मार्फत बुधवार सार्वजनीक गरेको छ ।

 

प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी सन्तोष प्रसाद कुम्हार , महादेव महतो नुनिया तथा बारा कलैया ५ बस्ने लक्ष्मण कुमार प्रजापतिलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

२९ जेठमा बारा कलैयाँका रामएकबाल पण्डित कुम्हाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैयाँ बस्दै आएका सुरेश ठाकुरको हत्या भएको थियो । उनीहरुको हत्यामा संलग्न भएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । हत्यामा उनीहरुको संलग्नता अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।


घरमा पुजा गराउने बहानामा बोलाएर दुबै जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण प्रजापति र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको देखिन्छ ।

 

प्रहरीमा लक्ष्मणको बयान छ, ‘सुरुमा बुवाको मृत्यु, त्यसपछि दाइको अढाइ वर्षको छोराको पनि मृत्यु भयो । योसंगै घरमा रहेका गाइवस्तु पनि पर्न थाले, यी सबै घटना हुन थालेपछि मलाइ काकाले जादु टुना गरी मारेको लाग्यो । अनि यही रिसइबीमा मैले पनि काकालाई मार्ने योजना बनाए, त्यसै अनुसार भिनाजुसंग मिलेर हत्या गरे ।’

 

प्रहरीका अनुसार ८ लाखको सुपारी दिएर दुबै जनाको हत्या भएको छ । त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख संतोषले पैसा दिएको प्रहरीले बतायो ।

जगरनाथपुर गाउँपालिकाको ओरिया खोला नजिकैबाट दुबै जनाको शव गाडिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको जानकारी दिएको छ

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

पर्साका युवा नेता जाकिर हुसैन नेपाल हज समितिको सदस्यमा मनोनित

वीरगंज । नेपाली कांग्रेस पर्साका युवा नेता एवम् नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य जाकिर हुसैन नेपाल हज समितिको सदस्य पदमा मनोनित भएका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.