logo

पूर्व प्रधानमंत्री स्व.कोइरालाको पूर्णकदको शालीक अनावरण,अव बन्ने सरकारले नेपाली जनतालाई सुशासनको प्रत्याभूती दिन्छः डा. कोइराला

 इसीमाना सम्वाददाता     २०८१ असार १८ गते ०७: ३२ मा प्रकाशित     461   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोईरालाले अव बन्ने सरकारले सुशासनको प्रत्याभूती गर्ने बताएका छन ।

स्व.गिरीजा प्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा बीरगंजमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. कोइरालाले संबिानमा सुधार भ्रष्टाचार नियन्त्रण र जनतालाई राहत दिने बिषयमा अवको सरकार गम्भिर हुने बताएका हुन ।

May be an image of 10 people, people smiling and temple
उनले नेपालको कर्मचारीतन्त्र भ्रष्ट भएका कारण मुलुक अप्ठयारोमा परेको बताए । निजामती प्रशासनका प्रमुख बहालवाला मुख्यसचिव बैकुण्ठ अर्याल बिरुद्धको मुद्धाको प्रसंग स्मरण गर्दै नेता कोइरालाले भने “कर्मचारीतन्त्र ब्यवसायी र राजनीतिज्ञको मिलोमतोमा मुलुकमा बेथिति बढ्यो” ।


नेता कोइरालाले समृद्ध देश र सुखी नेपालीको आकांक्षालाई पुरा गर्न पार्टी भन्दा माथि उठेर राष्ट्रलाई पहिलो प्रथामिकतामा राख्नु पर्नेमा जोड दिए ।

उहाँले कांग्रेस र एमालेबीच भएको सहमति गाउँ गाउँसम्म पु¥याउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए। पार्टीको आन्तरिक जीवन लथालिङ्ग रहेको चर्चा गर्दै डाक्टर कोईरालाले गठबन्धन गरेर पार्टी ठूलो भएको हो भन्ने भ्रमलाई हटाउनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस कांग्रेसबीच नै एक भएर जानसकियो भने कुनैपनि शक्तिले हराउन नसने दावी पनि गरे । निर्वाचनमा कांग्रेसमाथि धोकाधडी गर्नेहरु कहिल्यै क्षमायोग्य नहुने पनि बताए ।

May be an image of 1 person and monument

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्यहरु रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री प्रदेश सांसद श्याम पटेल,शंकर चौधरी, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, संविधानसभा सदस्य अजय द्विवेदी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकाे सहभागिता थियो।

यसअघि डा. कोइरालाले वीरगञ्जमा गिरिजाप्रसाद कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ इदगाहचोकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

स्वर्गीय कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा आज शालिक अनावरण गरेको जनाइएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं। २ पर्साको आयोजन एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशनको सहयोगमा शालिक अनावरण गरिएको हो ।

मधेश आन्दोलनका क्रममा छपकैयास्थित कोइरालाको शालिकमा तोडफोड भएको थियो । सोही स्थानमा उनको शालिक पुर्नस्थापना गरी आज अनावरण गरिएको हो ।

May be an image of 8 people and temple

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद सहावुद्दिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक पुर्नस्थापना गरी अनावरण गरिएको बताए ।

प्रदेश सरकारको १६ लाख रुपैँयाको बजेटमा कोइरालाको शालिकसहित अन्य संरचना तयार पारिएको नेपाली काग्रेंस पर्साले जनाएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.