logo

पूर्व प्रधानमंत्री स्व.कोइरालाको पूर्णकदको शालीक अनावरण,अव बन्ने सरकारले नेपाली जनतालाई सुशासनको प्रत्याभूती दिन्छः डा. कोइराला

 इसीमाना सम्वाददाता     २०८१ असार १८ गते ०७: ३२ मा प्रकाशित     391   पटक पढिएको

वीरगञ्ज । नेपाली कांग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोईरालाले अव बन्ने सरकारले सुशासनको प्रत्याभूती गर्ने बताएका छन ।

स्व.गिरीजा प्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा बीरगंजमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता डा. कोइरालाले संबिानमा सुधार भ्रष्टाचार नियन्त्रण र जनतालाई राहत दिने बिषयमा अवको सरकार गम्भिर हुने बताएका हुन ।

May be an image of 10 people, people smiling and temple
उनले नेपालको कर्मचारीतन्त्र भ्रष्ट भएका कारण मुलुक अप्ठयारोमा परेको बताए । निजामती प्रशासनका प्रमुख बहालवाला मुख्यसचिव बैकुण्ठ अर्याल बिरुद्धको मुद्धाको प्रसंग स्मरण गर्दै नेता कोइरालाले भने “कर्मचारीतन्त्र ब्यवसायी र राजनीतिज्ञको मिलोमतोमा मुलुकमा बेथिति बढ्यो” ।


नेता कोइरालाले समृद्ध देश र सुखी नेपालीको आकांक्षालाई पुरा गर्न पार्टी भन्दा माथि उठेर राष्ट्रलाई पहिलो प्रथामिकतामा राख्नु पर्नेमा जोड दिए ।

उहाँले कांग्रेस र एमालेबीच भएको सहमति गाउँ गाउँसम्म पु¥याउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए। पार्टीको आन्तरिक जीवन लथालिङ्ग रहेको चर्चा गर्दै डाक्टर कोईरालाले गठबन्धन गरेर पार्टी ठूलो भएको हो भन्ने भ्रमलाई हटाउनुपर्ने धारणा व्यक्त गरे ।

कांग्रेस कांग्रेसबीच नै एक भएर जानसकियो भने कुनैपनि शक्तिले हराउन नसने दावी पनि गरे । निर्वाचनमा कांग्रेसमाथि धोकाधडी गर्नेहरु कहिल्यै क्षमायोग्य नहुने पनि बताए ।

May be an image of 1 person and monument

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्यहरु रमेश रिजाल, अजय चौरसिया, अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री प्रदेश सांसद श्याम पटेल,शंकर चौधरी, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, संविधानसभा सदस्य अजय द्विवेदी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकाे सहभागिता थियो।

यसअघि डा. कोइरालाले वीरगञ्जमा गिरिजाप्रसाद कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ इदगाहचोकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कोइरालाको पूर्णकदको शालिक अनावरण गरेका हुन् ।

स्वर्गीय कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा आज शालिक अनावरण गरेको जनाइएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं। २ पर्साको आयोजन एवम् गिरिजा प्रसाद कोइराला फाउण्डेशनको सहयोगमा शालिक अनावरण गरिएको हो ।

मधेश आन्दोलनका क्रममा छपकैयास्थित कोइरालाको शालिकमा तोडफोड भएको थियो । सोही स्थानमा उनको शालिक पुर्नस्थापना गरी आज अनावरण गरिएको हो ।

May be an image of 8 people and temple

नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेस प्रदेश अध्यक्ष महम्मद सहावुद्दिनले मधेस आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक पुर्नस्थापना गरी अनावरण गरिएको बताए ।

प्रदेश सरकारको १६ लाख रुपैँयाको बजेटमा कोइरालाको शालिकसहित अन्य संरचना तयार पारिएको नेपाली काग्रेंस पर्साले जनाएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.