logo

सवारी करका नाममा गैर कानूनी असुली,नियामक निकायहरु तै चुप मै चुप

 इसीमाना सम्वाददाता     २०८० चैत ५ गते ०३: ५२ मा प्रकाशित     413   पटक पढिएको

वीरगन्ज । वीरगञ्ज महनगरपालिकाले लगाएको पटके सवारी व्यवस्थापन कर ठेकेदार पक्षले तोकिएको भन्दा बढी उठाएको फेला परेको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ का लागि वीरगञ्ज महानगरले आह्वान गरेको सवारी करको ठेक्का ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा सकार भएको हो । ३ करोड ६ लाख ५१ हजार रुपैयाँमा आरपीए कन्सट्रक्सनले सवारी पटके सवारी व्यवस्थापनको ठेक्का पाएको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए ।

 

महानगरको न्युनतम ठेक्का रकम भन्दा ६ लाख ५१ हजार बढी हालेर बोलपत्र दर्ता गराएको आरपीए कन्सट्रक्सनले सवारी करको ठेक्का पाएपछि मिलेमतोको आरोप लागेको त थियो नै। अहिले ठेकेदार पक्षले महानगरपालिकाले दिएको रेट भन्दा कैयौ गुण बढी र दोहोरो रुपमा जोर जुलुम गरेर कर असुली गरिरहेको छ ।

महानगरपालिकाले नेपाल प्रवेश गर्ने मालवाहक गाडीबाट प्रति गाडी २ सय २६ नेपाली रुपैया लिन पाउने अनुमती दिएको छ । तर ठेकेदार पक्षले मालवाहक गाडीका चालक संग २ सय २६ भारतीय रुपैया असुली गर्दै आइरहेका छन ।

 

अनौठो त के छ भने नेपाल भित्रिदा मात्रै होइन नेपाल बाट भारत फिर्ता जादा समेत त्यतीनै रकम ठेकेदार पक्षले उठाउने गरेको छ । महानगरले इजाजत नदिएको र गैरकानूनी रुपमा रकम उठाउन ठेकेदार पक्षले बलप्रयोग गर्दै आइरहेको छ । आईसीपी बाट निस्कने अलौचोकमा ठेकेदारको रकम संकल केन्द्र छ ।

 

त्यही नजिकै नेपाल प्रहरीको गस्ती पनि हुन्छ । भारतीय मालबाहक गाडीका चालक र सहचालकहरुले प्रहरीसंग गुहार माग्छन तर पाउदैनन । ट्राफिक प्रहरीले गाडीको कागज पत्र लिएर जाने गरेको भारतीय चालकहरुको भनाई छ । फर्किएर आउदा प्रति गाडी ५० भारतीय रुपैया दिएपछि मात्र कागजपत्र फिर्ता पाउने गरेको उनीहरुको भनाई छ ।

 


उनीहरुले यस बिषयमा प्रहरीमा कैयौ पटक उजुरी गरेका छन । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नीरिक्षक डि.आर.थिङले पनि ठेकेदारलाई आफूले कारवाही गरेको स्मरण गरे । पहिला एक पटक त कारवाही गरेका थियौ उनले भने अहिले त्यस्तो सूचना आएको छैन ।


ठेक्का लगाउने महानगर पनि ठेकेदारको रबैयाका कारण परेशान छ । महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णले ठेकेदारलाई कारवाहीकोलागि टिप्पणी उठाएको बताउछन ।

 

महानगरको संरक्षणमा अवैध असुली गरेको जस्तो देखिएपछि महानगरले कारवाहीको प्रक्रिया अगाडि बढाएको कर्णको भनाई छ । ठेकेदारले करको किस्ता समेत दाखिला नगरेपछि बैकं ज्ञारेन्टी तान्नकालागि पत्राचार समेत भएको उनले बताए ।

 

महानगरले ठेकेदारको गैरकानूनी असुली नियन्त्रणकालागि प्रभावकारी कदम भने देखिदैन। ब्यापार सहजीकरणकोलागि बीरगंजमा बसेको भारतीय महावाणिज्य दुतावास आफनै देशका श्रमजीवी मदुर चालकहरु नाजायज रकम दिन बाध्य हुदा समेत चु सम्म नबोल्नु पनि अनौठो नै मान्नु पर्दछ ।

 

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.