logo

राजस्व बिभागका हाकिमको गोजस्व भर अभियान,प्रचण्डपुत्रीलाई गाडी उपहार

 इसीमाना सम्वाददाता     २०८० फागुन १६ गते ०५: ०५ मा प्रकाशित     967   पटक पढिएको

बीरगंज । राजस्व अनुसन्धान बिभागका महानिर्देशक नवराज ढुंगाना “एनीहाउ माल कमाउ” धन्धामा लागेका तथ्यहरु एक पछि अर्को गरि सार्वजनीक भइरहेका छन ।

 


गठबन्ध सरकार परिर्वतनको हल्ला जति बढी बढ्दै छ ढुङगानाको पैसा असुली कर्मले त्यतीनै तिब्रता पाउदै गएको छ ।

 

ढुङगानाको राजस्वमारा नीतिका कारण राजस्व असुलीमा सरकारी लक्ष्य फेल हुदै गएको छ। राजस्वको सट्टा गोजस्व भर्ने अभियानमा लागेका ढुङ्गानालाई प्रधामंत्रीको सचिवालयबाट पुरापुर आर्शिवाद प्राप्त छ ।

 

केही दिन अगाडि मात्रै काठमाण्डौको मखन स्थित एउटा कस्मेटिक पसलमा छापामारी गरेको थियो । कस्मेटीक सामान आयात गर्ने एक जना मारवाडी समुदायका ब्यापारीले पेश गरेको कागजपत्रमा जम्मा ९० हजार रुपैयाको फरक देखिएको बिभाग स्रोतले जानकारी दिए ।

 

जम्मा ९० हजार रुपैया बिलमा फरक देखिएपछि ढुङ्गानाले ति ब्यपारीसंग १८ लाख रुपैया अनधिकृत रुपमा माँग गरेका थिए ।
गएको असोज महिनामा मात्रै बिभागले लोटस भेट इन्टरनेशनल ट्रेड लिङ्क प्रा. लि. त्रिपुरेश्वरमा छापा मारेको थियो ।

 

पुल्चोक कार्यालयले छापामारी गरेको भएपनि ढुङगानाले हस्तेक्षप गरि बिना कारवाही लोटस भेटलाई उन्मुक्ति दिएका थिए । ढुङ्गानाले प्रधानमंत्री प्रचण्ड पुत्री गंगा दाहाललाई ६० लाख रुपैयामा एउटा चार चक्के गाडी खरिद गरि उपहार दिएका छन ।

 

त्यो गाही अहिले पूर्वतिर श्रीमान जीवन घिमिरेले चढ्ने गरेको स्रोतले जनाएको छ । ढुङगनाको यही ब्यवस्थापकीय क्षमताका कारण प्रचण्ड प्रधानमंत्री भएको यो अवधिमा बीरगंज भंसारको प्रमुख प्रशासक, प्रधानमंत्रीको स्वकीय सचिव र अहिले राजस्व बिभागको महानिर्देशक भएर तरमारी रहेका छन ।

 

बीरगंजको भंसार प्रमुख भईसकेका ढुङगानाको बिशेष नजर पनि राजस्व अनुसन्धानको पथलैया कार्यालयमा छ । बीरगंज भएर जाने मालवाहक गाडीहरुको बिषयमा राजस्व अनुसन्धान बिभाग पथलैयाका कर्मचारी तिर्थ पासवानले सूचना दिन गरेको स्रोतले जनायो ।

 

त्यही सूचनाको आधारमा पथलैया पछि पनि बिभन्न ठाउमा गाडीहरु रोकेर अनावश्यक दुःख दिने र आर्थिक नजराना लिने प्रवृति बढेको छ ।

 

लामो समय बिभागमा नटिकिने चाल पाएका ढुङ्गानाले ब्यवसायीलाई हतोत्साही हुनेगरि दुःख दिदै आएका छन । ढुङ्गाले बिलबिजक माग्ने , त्यो ठिक देखे पछि वार्षिक कारोवारको बिववरण माग्ने त्यो पनि ठिक भएपछि तीन वर्षको माग्ने त्यो पनि ठिक भएपछि पाँच वर्षको कारोवारको बिवरण समेत मागेर ब्यवसायीलाई हैरान पार्दै आएको नाम नछाप्ने शर्तमा उक ब्यवसायीले इसीमाना.कमलाई बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.