logo

बीरगंजमा सर्वपक्षीय बैठक सम्पन्न सैयौं वर्षदेखीको जनताबीचको सु -सम्बन्धलाई बिखण्डन प्रयास असफल पार्न अपिल

 इसीमाना सम्वाददाता     २०८० फागुन ८ गते ०७: ३५ मा प्रकाशित     434   पटक पढिएको

बीरगंज । बीरगंजमा सम्पन्न सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सदभाव कायम राख्न आम नागरिकलाई अपिल गरेको छ ।

 

बैठकले सैयौं वर्ष देखि कायम रहोको जातजाती, भाषा, धर्म, समुदाय सम्प्रदाय वीचको एकतालाईअझ मजबुत गराई नेपाली जनताबीचको सु सम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्नेजुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामुहिक प्रतिबद्धता गरेको छ।

आ आफना धार्मिक आसथाका केन्द्र तथा स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने कुरामा सर्वपक्षीय बैठकले सहमती कायम गरेको छ ।

 

कसैले यस्तो गतिविधि गरेका प्रचलीत कानून अनुसरा कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई आग्रह गर्ने सहमती पनि बैठकले कायम गरेको छ ।


बैठकले जिल्ला भित्र डिजे वजाउने र चकों माइक वजाउने कार्य रोक्ले, लाठी,भाला, राके जलुश निकाल्ने क्रियाकलाप गर्ने बिरुद्ध कानून बमोजिम कारबाही गर्न प्रशासनलाई अनुरोध गर्ने र यो अभियानमा सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ ।

 

बैठकले जिल्लाको शान्ति सुरक्ष र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक सामाजिक,सास्कृतिक सदभाव विगार्ने एवं द्वण्द्व उक्साउने प्रकारका अवान्तछीत गतिबिधिहरु,धार्मिक सम्प्रदायिक र्याली, जुलुश,बन्द हड़ताल लगायतका कुनै पनि गतिबिधिहरु कुनैपनि संध, संस्था एवं समुदायले नगर्ने सहमती कायम गरेको छ ।

 

यसमा सर्बे राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, संध, संस्था एवं सरोकारवालाले सहयोग गर्ने र सामाजिक संजालमा कुनै पनि जात, धर्म बा समुदाय लक्षित गरी नकारात्मक कुराहरू पोष्टगर्ने गराउने उपर प्रशासनवाट कानून बमोजिम क़ड़ा कारवाही गर्ने आजको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।


बैठकमा प्रतिनिधि सभाका सदस्य प्रदीप यादव, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा,जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एसका अध्यक्ष बालगोपाल थापा, बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, बाबुजान अली ओमप्रकाश सर्राफ प्रमुख जिल्ला अधिकारी सहित स्थानीय प्रशासनका अधिकारीहरुलगायत सराकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.