logo

अध्यात्मिक अनुष्ठानले राजनीतिकर्मी राष्ट्रसेवकमा दायित्व बोध हुन्छः उपराष्ट्रपती यादव

 इसीमाना सम्वाददाता     २०८० माघ २८ गते ०८: ५० मा प्रकाशित     403   पटक पढिएको

वीरगञ्ज । नेपालका उपराष्ट्रपति रामसहाय यादवले महायज्ञले समाजमा शान्ति, सुव्यवस्था, परस्पर मेलमिलाप, भाइचार, सदाचार, बन्धुत्व कायम गर्न मद्दत पुग्ने बताएका छन् ।


आजदेखि बीरगञ्जको पिपरामा सुरु भएको ९ दिवसीय श्री विष्णु महायज्ञको उद्धघाटनगर्दै उनले यस्तो बताएका हुन ।
सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवम ९ दिवसीय श्री विष्णु महायज्ञको उपराष्ट्रपती यादवले एक भब्य समारोहकावीच आज उद्धघाटन गरेका हुन् ।

 

उपराष्ट्रपती यादवले सीताराम नाम संकीर्तन महायज्ञले मानव मानवबिच शान्ति, सुव्यवस्था, धार्मिक सहिष्णुता, सद्भाव, सदाचार, स्नेह, मैत्रीभावको महत्वपूर्ण सन्देश सञ्चार गर्न अतुलनीय योगदान पुग्ने विश्वास लिएको बताए ।


धार्मिक अनुष्ठान महायज्ञमार्फत मानिसमा आध्यात्मिक चेतना, सकारात्मक जागरण, विश्वास र सस्ँकारको विकासमा महत्वपूर्ण योगदान पुग्ने गरेको उनले सुनाए ।उनले यस्ता धार्मिक अनुष्ठानले राजनीतिकर्मी, समाजसेवी र राष्ट्रसेवक तथा समाजका विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तित्वहरुलाई आफ्नो दायित्व बोध गराउन सहयोग मिल्ने बताए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका थिए ।

 

संबिधान सभाका सदस्य अनिल रुङ्गटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका अजय कुमार चौरसिया, सदस्य प्रदीप यादव, प्रदेश सभाका सदस्य जनार्दन सिंह क्षेत्री ,श्याम पटेल , वीरगञ्ज महानगरपालिकाका उपप्रमेख इम्तियाज आलम स्थानीय, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.