logo

कानून उल्लंघनगर्नेलाई राज्यले संरक्षण दिएपनि मिडियाले सवाल उठाउनु पर्छः महामंत्री थापा

 इसीमाना सम्वाददाता     २०८० माघ २० गते ०६: ४४ मा प्रकाशित     495   पटक पढिएको

बीरगंज । वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको बीरगंजको क्लासीक ब्याक्वेटमा आयोजीत रजत महोत्सवलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको बताएका छन ।

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए ।

“राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ”, उनले भने, “सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।”


केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि आम सञ्चारमाध्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले मिडियाले उठान गरेको बिषयले प्रभाव पार्ने बताए ।

 

उनले मिडियाले अनधिकृतमा नागरिकताको सिफारिश गर्नेहरु कानूनको दायरामा आउन सक्नेछन भन्ने कुरा स्थापित गर्नु पर्ने बताए । मिडियाले नैतीक सवाल खडा गनेृ भएकोले कानूनी रुपमा दण्डीत हुने काम गर्नेहरु निरुत्साहित हुने बिश्वास ब्यक्त गरे ।

govind-dev-kota.jpg?fit=2048%2C1536&ssl=1

उनले पदमा भएकै कारण किर्ते नागरिकता सिफारिश गर्नेहरुले दण्डीत हुन नपर्ने अवस्था आउन दिन नहुने बताए । उनले गठकन्धनमै भएका कारण र्किे नागरिकता बनाउने छुट पाउछ, कैद मिनाह पाउछ कसैले जेल बाट छुटकारा पाउछन यो प्रवृति सर्वथा अनुचित हो यसमा राज्यले समेत समान ब्यवहार नगरेको अवस्थामा मिडियाले सवाल उठाउनु पर्ने उनको भनाई छ । गलत गर्नेहरुलाई राज्यले उन्मुक्ति दिए मिडियाले प्रश्न गर्छ त्यसको जवाफ दिनु पर्छ भन्ने वतावरण मिडियाले बनाउन सक्नु पर्ने उनले बताए ।

उनले राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने भन्दै उनले सबैका लागि समान अवसरको व्यवस्थालाई बलियो बनाउन सञ्चारक्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

 

त्यस अवसरमा जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक एवम् प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रतिनिधिसभा सदस्य अजय चौरसिया, वरिष्ठ पत्रकार हरिहर विरही, कविर राणालागयतका वक्ताले व्यक्तिले गरेका कमी कमजोरीको आडमा लोकतन्त्रलाई केही अवसरवादीहरले बदनाम गर्ने चेष्टा गरिरहेको बताएका थिए ।

अंकुश दैनिकका प्रधान सम्पादक दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मब्तब्य अंकुश दैनीकका पूर्व कार्यकारी सम्पादक के.सी.लामिछानेले गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार माधुरी महतोले गरेकी थिइन ।


पत्रकारहरु सम्मानीत

बीरगञ्जबाट प्रकाशित अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा आधा दर्जन भन्दा बढी पत्रकारलाई सम्मानित गरेको छ ।

 

अंकुश दैनिक पत्रिलकाले बरिष्ठ पत्रकार हरिहर बिरही, कविर राणा, ईश्वरचन्द्र गौतम बीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा ईसीमाना डटकमका प्रधान सम्पादक के.सी.लामिछाने सहित आधा दर्जन भन्दा बढी पत्रकारहरु सम्मानित गरेको छ ।

422681793_598899865756544_3125972829328247282_n.jpg?resize=720%2C540&ssl=1

पत्रिकाले शत्रुघन नेपाल, ओमप्रकाश खनाल, राम सर्राफ र विजय भण्डारी,राजन रौनियारलाइै पनि सम्मानित गरेको हो ।

 

अंकुश दैनिक पत्रिका प्रधान सम्पादक दीपेन्द्र चौहानले विभिन्न समयमा पत्रिकासंग आवद्ध भएर पत्रिकालाई यहाँसम्म पु¥याएको पत्रकारहरुलाई सम्झनास्वरुप सम्मानित गरिएको बताए । उनको अनुसार यो सम्मान अंकुश दैनिकसंग आवद्धताको सम्मान हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.