logo

नगद नारायणका कारण सरस्वतीको मन्दीरमा पर्यो कुदृष्टि, डा.यादवले मोर्चा नछाडने

      २०८० पौष २ गते १७: २३ मा प्रकाशित     777   पटक पढिएको

बीरगंज । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन । क्याम्पसमै आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई अवकाश दिइएको कुरा अवैधानिक र अपमानपूर्ण रहेको भन्दै त्यसलाई आफूले नमान्ने स्पष्ट पारे ।


हरिखेतान बहुमुखी क्याम्पस बीरगंजको सामुदायिक क्याम्पस हो । क्याम्पसलाई हरेक वर्ष त्रिभूवन बिश्व बिद्यालयको अनुदान आयोगले अनुदान दिदै आएको छ । बीरगंज क्षेत्रमा सस्तो क्याम्पसको रुपमा हरिखेतानको पहिचान स्थापित छ । धेरै जसो छात्रा अध्ययन गर्ने हरिखेतान बहुमुखी क्याम्पसमा गरिब तथा मध्यम वर्गिय परिवारका बिद्यार्थी अध्ययन गर्छन ।

 

गुठी संस्थानको जग्गा र केही खेतान परिवारको समेत लगानीमा स्थापित भएको क्याम्पस खेतान परिवारकै सदस्यको नामलाई चीर स्थायी राख्ने गरि त्यतीबेला हरिखेतान नामाकरण गरिएको हो ।

 

लामो समय देखी डा. भगवान यादवले प्रशासकको रुपमा हरिखेतानको श्री बृद्धि र प्राज्ञीक उननयनकालागि योगदान गर्दै आएका छन । लामो समय क्याम्पसको बिकास र शैक्षीक क्षेत्रको गुणमत्मक बिकास र शिक्षामा आम मान्छेको पहुच स्थापित गर्न अहोरात्र क्रियाशिल डा. यादवलाई अवकाश दिइएको कुरा अपमानपूर्ण रहेको तथ्यले नै पुष्टि गरेको छ ।


लामो समय सेवा गरेका जुन सुकै तहका कर्मचारीको बिदाई सम्मानपूर्ण हुने गरेको आजको समयमा क्याम्पस प्रमुख जस्तो ब्यक्तिलाई एक पन्ने बिज्ञप्तिकै आधारमा हठात सेवावाट अवकाश दिइएको कुरा सभ्य समाजकालागि पाच्य हुन नसक्ने बिज्ञहरुको टिप्पणी छ ।
डा. भागवान यादवलाई अवकाश दिने क्याम्पस समिति नै अवैध रहेको छ ।

 

०७५ सालमा चयन भएको समितिको म्याद तीन वर्षको रहेकोमा त्यस पछि ०७९ मा भएको क्याम्पस सभाले जोखन दास थारुको अध्यक्षतामा नयाँ सभा गठन गरेको छ ।


प्रेम प्रकाश खेतानले अनधिकृत रुपमा क्याम्पस सभाको अध्यक्ष भएको दावी गर्दै गरेका निर्णयहरु अवैध रहेको डा. यादवले बताए । क्याम्पसको नाममा रहेको बचत तथा त्यसको आर्थिक कारोवार खेतान परिवारद्वारा प्रर्वद्धित लक्ष्मी बैंकमा सार्न खेतानहरुले दिएको दवाव नमानेकै कारण उनीहरु यादवलाई पदमुक्त गर्ने तह सम्म पुगेको बताइएको छ ।

 

क्याम्सको राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक लगायतका बैंकमा खाता रहेको छ । अन्य सबै बैंकको खाता रोकी लक्ष्मी बैंकमा मात्र खाता संचालन गर्न कथित क्याम्पस सभाको अध्यक्षको हैसियतमा पिपि खेतानले क्याम्पस प्रमुख डा. खेतानलाई पत्र लेखेका छन । डा. यादवले त्यसो गर्न नमाने पछि खेतानपरिवार यादवा हटाउ अभियानमा लागेको हो ।

 

हरिखेतान बहुमुखी क्याम्पस माने डा. भगवान यादव भन्ने मानक बीरगंजमा स्थापित छ । हरिखेतान क्याम्पसले पर्साका सबै राजनीतिक दलको सहभायेग पाउदै आएको इतिहास छ ।

 

सहयोग लिने बतावरण डा. यादवले नै बनाएका हुन । डा. यादवकै कारण क्याम्पसलाई त्रिभूवन बिश्व बिद्यालयले अनुदान दिदै आएको छ । शिक्षा प्रदान गर्ने सरस्वतीको मन्दीरमा नगद नारायणका कारण लक्ष्मीपुत्रहरुको परेको कुदृष्टिले हरिखेतानको दिशालाई दिशाहिन बनाउछ की भन्ने चिन्ता बीरगंजको शैक्षीक क्षेत्रमा देखिएको छ ।

 

पत्रकार सम्मेलनमा संघर्षको दिनको स्मरण गर्दै डा. यादवले भने बीरगंजको समाजले भन्यो भने क्याम्पसमा नबसौला तर यत्रो दुःख गरेको ठाउबाट अपमानपूर्ण रुपमा गहलत्याउने काम टुलु टुलु हेरेर बस्ने अवस्था रहेन ।

 

यसो भन्दा डा. यादवका गला बवरुद्ध भएका थियो । आँखा रसाएका थिए । क्याम्पसमा उनले गरेको लगानी र त्यसप्रतिको लगाव साच्चिकै मन छुने खालको थियो । उमेर हदका कारण अनिवार्य अवकाशको चर्चा चलेपछि डा. यादवले भने उमेर हद पछि पनि बिश्वबिद्यालयले करारमा धेरै प्राज्ञहरुको सेवा लिइरहेको फेहरिस्त प्रस्तुत गरे ।

 

डा. यादवले खेतान परिवारसंग द्वण्द्व नहोस र क्याम्पस सहि रुपमा संचालन होस भन्ने सदिइच्छा राखेर काम गर्दा कतिपय कमजोरी भएपनि खेतान परिवारको अनावश्यक हस्तक्षेपले सीमा नाघेको बताए ।

 

उनले क्याम्पस प्रशासकको जिम्मेवारीबाट आफू मुक्त नभएको काममा क्रियाशिल रहेको बताए । उनले पर्साको नागरिक समाजलाई हरिखेतानको अहिलेको अवस्थाप्रति नजर राख्न समेत अपिल गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.