logo

बीरगञ्ज महानगर ,एउटा कोठा ब्यव्स्थापनकालागि बोर्ड बैठक, त्यो पनि निष्कर्षमा पुगेन, बैठकको प्रत्यक्ष प्रशारण गर्न माँग

 इसीमाना सम्वाददाता     २०८० मंसिर २८ गते ०६: ०२ मा प्रकाशित     554   पटक पढिएको

बीरगंज । एउटा कोठा ब्यवस्थापनको ऐजेण्डामा छलफलमा जुटेको बीरगंज महानगरको बोर्ड बैठक निष्कर्ष निकाल्न असफल भएको छ । सेवा प्रवाहको बिषयमा छलफलको ऐजेण्डा बन्नु पर्नेमा कुन कोठामा कुन शाखा राख्ने भन्ने बिषय बोर्डको एजेण्डा बन्नुले महानगर जगहसाईको बिषय बनेको छ ।

 

मधेश प्रदेशको एकमात्र महानगर बीरगञ्ज महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा कुन कोठामा कुन शाखा राख्ने भन्ने विषयको विवादमा अल्झेर आफ्नो सम्पूर्ण शक्ति सोही विषयमा केन्द्रीत गरेको छ ।


संवैधानिक र कानुनी व्यवस्था अनुसार कार्यालय व्यवस्थापनको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । तर, महानगरको खाली रहेको एउटा कोठामा कुन शाखा राख्ने भन्ने विवादले मेयर र उपमेयरका समर्थकबीच कुटाकुट भएपछि सो सम्बन्धी निर्णय गर्न कार्यपालिका बैठक नै बोलाइएको छ ।

 

त्यो पनि निकास निकाल्न अस्फल । अव आउने सोमवार सम्ममा निकास के हुन सक्छ भन्ने कुरा अध्ययन गरेर प्रतिवेदन सुशासन समितिलाई जिम्मा लगाइएको छ । समितिले दिएको प्रतिवेदन बोर्डमा छलफल भएर निर्णयमा पुग्ने एक वडाध्यक्षले जानकारी दिए ।

 

बैठकमा सहमती कायम हुन नसकेपछि सुशासन समितिलाई प्रतिवेदन दिने गरि आजको बैठक सकिएको वडबध्यक्ष रामकिशोर सिंहले बताए । उनले महानगरको बैठक कसरी संचालन भएको छ ? जनताका कस्ता बिषय कसरी बैठकमा प्रवेश पाउछन र आफ्ना जनप्रतिनिधिले कसरी छलफल गर्छन भन्ने कुरा नागरिकले जानकारी पाउन आवशयक रहेको बन्दै बैठकको प्रत्यक्ष प्रशारण गरिनु पर्ने माँग राखेका थिए ।

 

यसअघि प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको कोठा खाली भएपछि सो कोठामा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा सार्ने मेयर र प्रमुख प्रशासकीय अधिकृतले योजना बनाएका थिए ।

 

तर, उपमेयर भने सो कोठालाई पनि आफ्नो सचिवालयका रुपमा प्रयोग गर्ने अडानमा देखिए उपमेयरले पञ्जिकरण शाखा सार्ने बारेमा आफूलाई जानकारी नभएको दावी समेत गर्दै आएका छन। सोही कारण विवाद हुँदा मंगलबार दुईपक्षबीच कुटाकुट नै भएको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ मा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था छ । सो दफाका अनुसार महानगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिव भएर काम गर्ने भन्ने व्यवस्था छ ।

 

कार्यालय प्रमुखले ब्यवस्थापन गर्न सक्ने बिषय सतहमा बिवादको रुपमा देखिए पनि अन्तरनिहित स्वार्थ भने अरुनै रहेको एक वडाध्यक्षले बताए । महानगरको सबै शक्ति परिचालन गरेर कार्यालय ब्यवस्थापन सम्बन्धी पहिलो पटक बोर्ड बैठक भएको उनले बताए ।

सो महानगरमा गत निर्वाचनमा अहिलेको सत्ता गठबन्धन एक भएर चुनाव लडेको थियो । महानगरको मेयरको उम्मेदवार जनता समाजवादीले पाएको थियो भने उपमेयर पद नेपाली काँग्रेसले पाएको थियो । सोही अनुसार मेयरमा जसपा उम्मेदवार सिंह विजयी भएका थिए भने उपमेयरमा काँग्रेस उम्मेदवार आलम विजयी भएका थिए ।

अहिले संघीय सरकारमा पनि नेपाली काँग्रेस र जसपा सत्ता गठबन्धनमा सहभागी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.