logo

पर्सा र पोखरियाको समग्र विकासलागि आजै प्रधानमन्त्रीसँग कुरा गर्छुः एमाले अध्यक्ष ओली

एमाले बाहेकका अन्य पार्टीले विकास गर्न नसक्ने स्पष्ट

 इसीमाना सम्वाददाता     २०८० मंसिर ५ गते ०५: ३५ मा प्रकाशित     616   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने ठोकुवा गरेका छन् ।

 


नेकपा एमाले पर्साले मंगलबार पोखरियामा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा एमाले र आफूले नेतृत्व गरेको समयमा भएको विकास र अहिले पनि एमालेका जनप्रतिनिधिहरुले नेतृत्व गरेको स्थानीय तहहरुको विकास हेर्दा नेकपा एमाले बाहेकका अन्य पार्टीले विकास गर्न नसक्ने स्पष्ट देखिएको बताए ।

No description available.
आफ्नो प्रधानमन्त्रीत्वकालमा देशमा भएको पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउदै उनले विश्वमा छिटो विकास गरेका १० देशको सूचीमा पार्न सफल भएको बताए । अहिले नेपाल विश्वमा सबैभन्दा कम विकास गरेको देशको सूचीमा रहेको ओलीको भनाई थियो । उनले नेपाल धार्मिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण भएको बताउदै भगवान राम नेपालकै अयोध्यापूरीमा जन्मिएको दावी दोहो¥याए ।

 


भारतको अयोध्या डेढसयबर्ष अघि फैजावाद रहेको दावी गर्दै त्यहाँ रामको जन्म भएको कुनै इतिहास र प्रमाणहरु फेला नपरेकोले पनि रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दावी गरे ।

 

मधेसमा विकास गर्ने एमाले नै भएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले मधेसमा विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माण एमाले सरकारकै पालामा भएको बताए ।


अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताए ।

अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम एमालेले नगर्ने बताए । उनले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताए ।

उनले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यालय र क्याम्पस जातको बन्दैन्, मान्छेले नबुझेर मात्र जातको कुरा गर्छन्’, उनले भने ।अध्यक्ष ओलीले विभिन्न भ्रमहरु त्यागेर राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वान समेत गरे ।


पोखरियाको आमसभापछि आफू प्रधानमन्त्रीसँग छलफलका लागि सिधैं बालुवाटार जाने जानकारी दिदैँ पर्साको समग्र विकास र पोखरियाको विकासका लागि आफूले प्रधानमन्त्रीसँग पनि कुरा राख्ने आश्वासन दिए । उनले आरती साह हत्या प्रकरण, बारामा भएको गोलीकाण्डको विषयमा पनि गृहमन्त्रीसँग पटक पटक न्यायका दिलाउन भनेको र फेरी पनि अन्यायमा परेकाहरुलाई न्याय दिलाउन सरकारसँग आग्रह गरे ।

No description available.
नेकपा एमालेका पर्सा संयोजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ मुन्नी श्रीवास्तव, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विनादेवी बैठा, धोविनी गाउँपालिकाका पूर्व अध्यक्ष सुरेश पटेल सहित सैयौ ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।


कार्यक्रममा नव प्रवेशी रौनीयारले देशको बिकास र समृद्धि नेकपा एमाले के.पी ओलीको नेतृत्वमा हुने भएकोले नै आफू एमालेमा प्रवेश गरेको बताए । उनले आफू एमालेको साधारण कार्यकर्ताको रुपमा नयाँ राजानीतिक यात्रामा निस्केको बताए ।

 

उनले भने जनसपाको नेतृत्व जनतालाई लडाएर आफनो स्वार्थ पुरा गर्न तल्लीन रहेकोले आफूले जसपा त्यागेको बताए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओलीले गाम्छा लगाएर स्वागत गरेका थिए ।

No description available.

नवप्रवेशीहरुलाई स्वागत गर्दै उनले सबैले पार्टीमा स्थान पाउने र पूराना साथीहरुले नयाँ आउनेलाई भाग खोस्न आएको जस्तो नठान्न आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल ,अच्यूत मैनाली , ज्वाला साह, सुमन प्याकुरेल केन्द्रीय सदस्यहरु प्रभू हजरा अरविन्द कुमार सिह , राजकुमार गुप्ता निर्मला देवकोटा मधेश प्रदेशका पदाधिकारी तथा सदस्यहरु , सल्लाहकार समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सडक डिभिजन एक्सनमा,चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न सूचना जारी

वीरगञ्ज । वैशाखः सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन सूचना जारी गरेको छ ।

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.