logo

पर्साका तत्कालीन मालपोत अधिकृत मिश्रसहित १० जना बिरुद्ध बिशेष अदालतमा मुद्धा, उपाध्यायका छोराहरुबाट रकम असुल गरिने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २० गते १७: २१ मा प्रकाशित     599   पटक पढिएको

वीरगञ्ज । मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार ६४७ रुपियाँ भ्रष्टाचार मुद्धा बिशेष अदालतमा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार निजको हस्ताक्षरबाट पारित भएका लिखतबाट सङ्कलन भएको सो रकम भ्रष्टाचार भएकोले २ करोड ९ लाख ३१ हजार ६४७ को दोब्बर रकम जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको हो ।


यसैगरी, सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूप बहादुर बोगटीले आर्थिक वर्ष ०७१÷७२ मा सोही जग्गामा लिखत दर्ता किताबमा प्रविष्टि प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भई सङ्कलन भएको एक करोड ४९ लाख ६९ हजार १४५ रुपियाँभन्दा दोब्बर जरिवाना हुन मागदाबी लिई भ्रष्टाचारको गरेको आरोपपत्र बिशेष अदालतमा दायर गरिएको प्रवक्ता थपलियाले जनाएका छन ।

सोही आरोपमा तत्कालीन मालपोत अधिकृत गोपाल ढुङ्गानाविरुद्ध ३५ लाख ४५ हजार ९५० रुपियाँभन्दा दोब्बर जरिवाना हुन समेतको मागदाबी लिइएको छ ।

 

आयोगका अनुसार तत्कालीन अधिकृतहरू पदम प्रसाद अर्यालविरुद्ध १६ लाख ८१ हजार ६०० रुपियाँको दोब्बर, अधिकृत चन्द्र बहादुर भण्डारीविरुद्ध दुई लाख ४४ हजार ४६२ भन्दा दोब्बर जरिवाना, अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

यसैगरी, सोही कार्यालयमा तत्कालीन नायब सुब्बा किरण प्रसाद उपाध्यायविरुद्ध पाँच करोड ५५ लाख १९ हजार ९७५ रुपियाँको दोब्बर जरिवाना हुन मागदाबी लिई भ्रष्टाचार आरोपको मुदा दायर भएको आयोगले जनाएको छ ।

 

यस मुद्दामा उपाध्यायका अंश खाने अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायविरुद्ध सो रकम असुलउपर गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.