logo

बिन्दवासीनीमा कलिला बिद्यार्थीमाथि प्रहरीको लाठी चार्ज ६ जना घाइते, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुख भ्रष्ट भएको आरोप

 इसीमाना सम्वाददाता     २०८० असोज २१ गते ०४: २६ मा प्रकाशित     767   पटक पढिएको

बीरगंज । बिन्दवासीनी गाउँपालिकाको दुषीत राजनीतिको मूल्य त्यहाका बिद्यार्थीले चुकाउनु परेको छ । सरकार संचालनमा सक्षमता पूर्वक काम गर्न नसकेपछि बिन्दवासीनीको राजनीति दुषीत भएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रमोद तिवारी शिक्षा क्षेत्रबाट सेवा निवृत अधिकृत हुन । शिक्षामा उनको दख्खल र ज्ञान निकै छ भन्ने सामान्य अनुमानको ठिक बिपरित उनले हासिल गरेको बिज्ञयताले नै शिक्षा क्षेत्रमा समस्या आएको बताउन थालिएको छ ।

No description available.


विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय ,झौवागुठी स्थित माध्यामिक बिद्यालय र गर्दौल स्थित माध्यामिक बिद्यालयका स्वास्थ्य तथा विज्ञान विषय शिक्षक सहित गाउँपालिका भर २० जना शिक्षकको सरुवा भएको छ । बहुवर्वा भाठामा बिद्यार्थीले शिक्षक सरुवाको बिरोध गर्दै आएका छन ।

 

पठनपाठनको विषयलाई लिएर विरोधमा उत्रेका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका हुन् । घाइते बिद्यार्थीहरुलाई उपचारकोलागि बीरगंज ल्याउदै गरिएको छ । सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्।  

No description available.

शिक्षक सरुवा भयो समस्या


नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गर्दौल , झौवागुठी र बिद्यार्थीहरु श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुवर्वाभाठका बिद्यार्थीहरु आन्दोलीत भएका हुन ।

 

गर्दौल माध्यामिक बिद्यालयमा स्थायी नियुक्तिका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेको ठाउमा गाउँपालिकाले धर्मेन्द्र चौवेलाई प्रधानाध्यापक बनाएर पठाएको छ ।

 

चौवे शिक्षक महासंघका गाउँपालिकाका अध्यक्ष हुन । उनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी नजिकका मानिन्छन । उनी राहत शिक्षक हुन । यद्धपी चौवे आफै प्राधानाध्यापकको जिम्मेवारी लिन इज्छुक नरहेको स्रोतले जनायो । उनले शिक्षक महासंघको अध्यक्षको जिम्मेवारीमा बसेर अनैतीक काम गर्न नहुने भन्दै पन्छिन खोजेका छन ।

No description available.

गाउँपालिकाले बटसौराको प्रथामिक बिद्यालयमा त्याहा कार्यरत पाण्डेय थरका प्रधानाध्यापकलाई सरुवा गरेर गाउँपालिका अध्यक्षका निकट मानिने तिवारी थरका शिक्षकलाई प्रधानाध्यापकको रुपमा सरुवा गरेको छ ।

 

सरुवाका यि केही दृष्टान्त हुन । यही सरुवाका कारण बिन्दासिनीको शिक्षा क्षेत्रमा समस्या पैदा भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिावरी भने शैक्षीक क्षेत्रको सुधारकालागि सरुवा गरिएको दावी गर्छन ।

 

उनले पुराना शिक्षकको सरुवा र नयाँ डाइनामिक शिक्षकहरुको पठाउने काम काम गरेर सुधार गर्न खोज्दा बिद्यार्थी उचालेर समस्या सृजना गरिएको आरोप लगाए । उनले बहुवर्वा भाठा स्थित बिद्यालयको बिज्ञान तथा कम्युटर ल्याव तोडफोड समेत गरिएको बताए ।

 

उनले बिद्यार्थी उचालेर शैक्षीक क्षेत्र सुधारको कामलाई अवरोध गर्न खोजिएको बताए । उनले बिद्यार्थीलाई कुनै कुटपीट नभएको बताए । बरु उल्टै आफनो कार्यालयका सहयोगी घाइते भएको बताए । बिद्यार्थीले हानेको ढुङ्गा लागेर कार्यालय सहयोगी घाइते भएको बताए तर उनले नाम भने बताउन चाहेनन ।

अध्यक्ष तिवारीले बिद्यार्थीहरुले लगाएको पट्टी नक्कली भएको दावी गरे । उनले बेटाडिन लगाएर सेतो पट्टी बाँधेको दावी गर्दै प्रहरीले कुनै लाठीचार्ज नगरेको दावी गरे ।

बिद्यार्थी के भन्छन


बिद्यार्थीले भने गाउँपालिका र बिद्यालय प्रशासकलाई गम्भिर आरोप लगाएका छन । उनीहरुको आरोप सही हो भने बिन्दवासीनी गाउँपालिकाको शिक्षाको अवस्था निकै नाजकु र गैरजिम्मेवार रहेछ भन्न सकिन्छ ।


बिद्यालयले परिक्षा शुल्क लिन्छ तर बिद्यार्थीले परिक्षामा उत्तर पुस्तिका आफै लिएर आउनु परेको गुनासो गरेका छन । उनीहरुले परिक्षाको नाममा उठेको पैसा बिद्यालय प्रशासकले खाने गरेको आरोप लगाएका छन ।


बिद्यार्थीको खाजाको पैसा समेत बिद्यालय प्रशाकसले खाएको उनीहरुको गुनासो छ । यसमा गाउँपालिकाका शिक्षा शाखाका प्रमुखले पनि भाग पाउने उनीहरुको आरोप छ । १ सय ८० दिनको खाजाको पैसाको निकासा हुने गरेको भएपनि ३० दिन मात्र खाजा खुवाउने गरेको बिद्यार्थीको आरोप छ ।

किन गएका थिए बिद्यार्थी गाउँपालिका


बिद्यार्थी पढाई नभएको गुनासो सुनाउन गाउँपालिका गएका थिए । तर उनीहरुको गुनासो त सुनिएन प्रहरी लाठी बर्सायो । बालिग नभएका बिद्यार्थीमाथि प्रहरीको यो र्ववरता मानव अधिकार बिरोधी हर्कत भएको अधिकारर्कीहरुको टिप्पणी छ ।

माँगको सम्बोधनकालागि प्रर्दशन गर्नु नारा लगाउनु धर्ना गर्नुलाई छुट नै छ तर निर्दोष बिद्यार्थीलाई लाठी हानेर घाइते बनाएर मानव तथा वाल अधिकारको गम्भिर उल्लंघन गरिएको छ ।

 

लाठीचार्ज गर्न आदेश दिने कमाण्डर बिरुद्ध कारवाहीको माँग गरेर अधिकारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी हाल्ने तयारी समेत गरेका छन । बिद्यार्थीले आफनो बिद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुले पढाएको आफूहरुले बुझने गरेको उहाँहरु राम्रो भएकोले सरुवा नगर्न माँग गर्न आएका बताए ।

 

उनीहरुले प्रधानाध्यापक नचाहिने उनले राम्रो काम गर्न नसकेकोले हेडमास्टर फेर्न माँग गर्न आफूहरु गाउँपालिकामा आएको बताए । स्थानीय सरकार समक्ष आफना माँग लिएका गएका बिद्यार्थीहरुमाथिको यो लाठीचार्ज निकै शर्मानाक रहेको छ । बिद्यार्थीका माँगहरु सुन्न सक्ने धैर्यता गुमाउन निरंकुश चरित्र प्रर्दशीत गर्नु मात्र हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.