logo

बिन्दवासीनीमा कलिला बिद्यार्थीमाथि प्रहरीको लाठी चार्ज ६ जना घाइते, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुख भ्रष्ट भएको आरोप

 इसीमाना सम्वाददाता     २०८० असोज २१ गते ०४: २६ मा प्रकाशित     924   पटक पढिएको

बीरगंज । बिन्दवासीनी गाउँपालिकाको दुषीत राजनीतिको मूल्य त्यहाका बिद्यार्थीले चुकाउनु परेको छ । सरकार संचालनमा सक्षमता पूर्वक काम गर्न नसकेपछि बिन्दवासीनीको राजनीति दुषीत भएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रमोद तिवारी शिक्षा क्षेत्रबाट सेवा निवृत अधिकृत हुन । शिक्षामा उनको दख्खल र ज्ञान निकै छ भन्ने सामान्य अनुमानको ठिक बिपरित उनले हासिल गरेको बिज्ञयताले नै शिक्षा क्षेत्रमा समस्या आएको बताउन थालिएको छ ।

No description available.


विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय ,झौवागुठी स्थित माध्यामिक बिद्यालय र गर्दौल स्थित माध्यामिक बिद्यालयका स्वास्थ्य तथा विज्ञान विषय शिक्षक सहित गाउँपालिका भर २० जना शिक्षकको सरुवा भएको छ । बहुवर्वा भाठामा बिद्यार्थीले शिक्षक सरुवाको बिरोध गर्दै आएका छन ।

 

पठनपाठनको विषयलाई लिएर विरोधमा उत्रेका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका हुन् । घाइते बिद्यार्थीहरुलाई उपचारकोलागि बीरगंज ल्याउदै गरिएको छ । सो क्रममा विद्यार्थी र प्रहरीबीच झडप हुँदा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका हुन्।  

No description available.

शिक्षक सरुवा भयो समस्या


नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय गर्दौल , झौवागुठी र बिद्यार्थीहरु श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय बहुवर्वाभाठका बिद्यार्थीहरु आन्दोलीत भएका हुन ।

 

गर्दौल माध्यामिक बिद्यालयमा स्थायी नियुक्तिका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेको ठाउमा गाउँपालिकाले धर्मेन्द्र चौवेलाई प्रधानाध्यापक बनाएर पठाएको छ ।

 

चौवे शिक्षक महासंघका गाउँपालिकाका अध्यक्ष हुन । उनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी नजिकका मानिन्छन । उनी राहत शिक्षक हुन । यद्धपी चौवे आफै प्राधानाध्यापकको जिम्मेवारी लिन इज्छुक नरहेको स्रोतले जनायो । उनले शिक्षक महासंघको अध्यक्षको जिम्मेवारीमा बसेर अनैतीक काम गर्न नहुने भन्दै पन्छिन खोजेका छन ।

No description available.

गाउँपालिकाले बटसौराको प्रथामिक बिद्यालयमा त्याहा कार्यरत पाण्डेय थरका प्रधानाध्यापकलाई सरुवा गरेर गाउँपालिका अध्यक्षका निकट मानिने तिवारी थरका शिक्षकलाई प्रधानाध्यापकको रुपमा सरुवा गरेको छ ।

 

सरुवाका यि केही दृष्टान्त हुन । यही सरुवाका कारण बिन्दासिनीको शिक्षा क्षेत्रमा समस्या पैदा भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिावरी भने शैक्षीक क्षेत्रको सुधारकालागि सरुवा गरिएको दावी गर्छन ।

 

उनले पुराना शिक्षकको सरुवा र नयाँ डाइनामिक शिक्षकहरुको पठाउने काम काम गरेर सुधार गर्न खोज्दा बिद्यार्थी उचालेर समस्या सृजना गरिएको आरोप लगाए । उनले बहुवर्वा भाठा स्थित बिद्यालयको बिज्ञान तथा कम्युटर ल्याव तोडफोड समेत गरिएको बताए ।

 

उनले बिद्यार्थी उचालेर शैक्षीक क्षेत्र सुधारको कामलाई अवरोध गर्न खोजिएको बताए । उनले बिद्यार्थीलाई कुनै कुटपीट नभएको बताए । बरु उल्टै आफनो कार्यालयका सहयोगी घाइते भएको बताए । बिद्यार्थीले हानेको ढुङ्गा लागेर कार्यालय सहयोगी घाइते भएको बताए तर उनले नाम भने बताउन चाहेनन ।

अध्यक्ष तिवारीले बिद्यार्थीहरुले लगाएको पट्टी नक्कली भएको दावी गरे । उनले बेटाडिन लगाएर सेतो पट्टी बाँधेको दावी गर्दै प्रहरीले कुनै लाठीचार्ज नगरेको दावी गरे ।

बिद्यार्थी के भन्छन


बिद्यार्थीले भने गाउँपालिका र बिद्यालय प्रशासकलाई गम्भिर आरोप लगाएका छन । उनीहरुको आरोप सही हो भने बिन्दवासीनी गाउँपालिकाको शिक्षाको अवस्था निकै नाजकु र गैरजिम्मेवार रहेछ भन्न सकिन्छ ।


बिद्यालयले परिक्षा शुल्क लिन्छ तर बिद्यार्थीले परिक्षामा उत्तर पुस्तिका आफै लिएर आउनु परेको गुनासो गरेका छन । उनीहरुले परिक्षाको नाममा उठेको पैसा बिद्यालय प्रशासकले खाने गरेको आरोप लगाएका छन ।


बिद्यार्थीको खाजाको पैसा समेत बिद्यालय प्रशाकसले खाएको उनीहरुको गुनासो छ । यसमा गाउँपालिकाका शिक्षा शाखाका प्रमुखले पनि भाग पाउने उनीहरुको आरोप छ । १ सय ८० दिनको खाजाको पैसाको निकासा हुने गरेको भएपनि ३० दिन मात्र खाजा खुवाउने गरेको बिद्यार्थीको आरोप छ ।

किन गएका थिए बिद्यार्थी गाउँपालिका


बिद्यार्थी पढाई नभएको गुनासो सुनाउन गाउँपालिका गएका थिए । तर उनीहरुको गुनासो त सुनिएन प्रहरी लाठी बर्सायो । बालिग नभएका बिद्यार्थीमाथि प्रहरीको यो र्ववरता मानव अधिकार बिरोधी हर्कत भएको अधिकारर्कीहरुको टिप्पणी छ ।

माँगको सम्बोधनकालागि प्रर्दशन गर्नु नारा लगाउनु धर्ना गर्नुलाई छुट नै छ तर निर्दोष बिद्यार्थीलाई लाठी हानेर घाइते बनाएर मानव तथा वाल अधिकारको गम्भिर उल्लंघन गरिएको छ ।

 

लाठीचार्ज गर्न आदेश दिने कमाण्डर बिरुद्ध कारवाहीको माँग गरेर अधिकारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी हाल्ने तयारी समेत गरेका छन । बिद्यार्थीले आफनो बिद्यालयमा अध्यापन गराउदै आएका शिक्षकहरुले पढाएको आफूहरुले बुझने गरेको उहाँहरु राम्रो भएकोले सरुवा नगर्न माँग गर्न आएका बताए ।

 

उनीहरुले प्रधानाध्यापक नचाहिने उनले राम्रो काम गर्न नसकेकोले हेडमास्टर फेर्न माँग गर्न आफूहरु गाउँपालिकामा आएको बताए । स्थानीय सरकार समक्ष आफना माँग लिएका गएका बिद्यार्थीहरुमाथिको यो लाठीचार्ज निकै शर्मानाक रहेको छ । बिद्यार्थीका माँगहरु सुन्न सक्ने धैर्यता गुमाउन निरंकुश चरित्र प्रर्दशीत गर्नु मात्र हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.