logo

बीरगंजमा सदभाव र्‍याली,जात, धर्म र अन्य कारणले समाजलाई बिभाजन नगर्न अपिल

 इसीमाना सम्वाददाता     २०८० असोज ८ गते ०२: २६ मा प्रकाशित     612   पटक पढिएको

वीरगञ्ज । बीरगंज महानगरपालिकाको आयोजनामा वीरगञ्जमा सद्भाव र्‍याली निकालिएको छ । परम्परादेखी एक आपसमा मिलेर बस्दै आएका समुदायवीचमा घृणा फैलाएर समाजिक शान्तिमा खलल पार्ने धमिलो प्रयासको आभास भएपछि महानगरपालिकाले सद्भाव र्‍याली निकालेर शान्ति र भाइचाराकालागि सन्देश दिन प्रयास भएको हो ।

May be an image of 1 person and text
समाजमा अ‍ैचो पैंचो गरेर, बिवाहको जन्ती र मर्दाको मलामीको रुपमा एकले अर्कालाई भरथेग गरेर बसेको समुदायलाई धर्मकानाममा बिभाजन गर्न नहुने सन्देश दिन ¥यालीको महत्वपूर्ण भूमिका रहेको नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्माले बताए ।

 

वीरगञ्ज महानगरपालिकाको आयोजना र स्थानीय युवाहरूको सक्रियतामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍यालीले वीरगञ्ज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल मार्फत गृहमंत्रीलाई ज्ञापन बुझाएको थियो ।

May be an image of 3 people, people standing, flag, crowd and text

पर्साको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित साँसद प्रदीप यादवले आफू यहीका जनताको मतबाट दुईपटक साँसदमा निर्वाचित भएको स्मरण गरे । उनले यस अघि धार्मिक रुपमा कुनै समस्या नभएको चर्चा गर्दै पछिल्लो पटक सामाजिक संजाल मार्फत भइरहेको उच्छृंख गतिविधिले आफूलाई चिन्तीत बनाएको बताए । सामाजिक सद्धभावलाई कायम राखेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्न नहुने प्रष्ट पारे ।

 

धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगञ्जबासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । उनले भने, ‘हामी वीरगञ्जबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।

May be an image of 1 person, standing, banner, poster, flag, crowd and text that says 'ODGING सामाजिक सदभाव कायम गरौं| सदभाव ऱ्याली २०1० असोज τ गते, वीरगंज सामाजिक सदभाव कायम गरौं| सदभाव ऱ्याली २०τ० असोज τ गते. वीरगंज'

’ पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ति कायम गर्ने धारणा राखे ।

नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराएका छन् ।

र्‍यालीमा उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्तासँगै वीरगञ्जबासीको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.