logo

बीरगंजमा सदभाव र्‍याली,जात, धर्म र अन्य कारणले समाजलाई बिभाजन नगर्न अपिल

 इसीमाना सम्वाददाता     २०८० असोज ८ गते ०२: २६ मा प्रकाशित     835   पटक पढिएको

वीरगञ्ज । बीरगंज महानगरपालिकाको आयोजनामा वीरगञ्जमा सद्भाव र्‍याली निकालिएको छ । परम्परादेखी एक आपसमा मिलेर बस्दै आएका समुदायवीचमा घृणा फैलाएर समाजिक शान्तिमा खलल पार्ने धमिलो प्रयासको आभास भएपछि महानगरपालिकाले सद्भाव र्‍याली निकालेर शान्ति र भाइचाराकालागि सन्देश दिन प्रयास भएको हो ।

May be an image of 1 person and text
समाजमा अ‍ैचो पैंचो गरेर, बिवाहको जन्ती र मर्दाको मलामीको रुपमा एकले अर्कालाई भरथेग गरेर बसेको समुदायलाई धर्मकानाममा बिभाजन गर्न नहुने सन्देश दिन ¥यालीको महत्वपूर्ण भूमिका रहेको नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्माले बताए ।

 

वीरगञ्ज महानगरपालिकाको आयोजना र स्थानीय युवाहरूको सक्रियतामा वीरगञ्जको आदर्शनगरस्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍यालीले वीरगञ्ज बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल मार्फत गृहमंत्रीलाई ज्ञापन बुझाएको थियो ।

May be an image of 3 people, people standing, flag, crowd and text

पर्साको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित साँसद प्रदीप यादवले आफू यहीका जनताको मतबाट दुईपटक साँसदमा निर्वाचित भएको स्मरण गरे । उनले यस अघि धार्मिक रुपमा कुनै समस्या नभएको चर्चा गर्दै पछिल्लो पटक सामाजिक संजाल मार्फत भइरहेको उच्छृंख गतिविधिले आफूलाई चिन्तीत बनाएको बताए । सामाजिक सद्धभावलाई कायम राखेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्न नहुने प्रष्ट पारे ।

 

धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरुदेखि वीरगञ्जबासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । उनले भने, ‘हामी वीरगञ्जबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्यालीबाट दिन खोजेका हौँ ।

May be an image of 1 person, standing, banner, poster, flag, crowd and text that says 'ODGING सामाजिक सदभाव कायम गरौं| सदभाव ऱ्याली २०1० असोज τ गते, वीरगंज सामाजिक सदभाव कायम गरौं| सदभाव ऱ्याली २०τ० असोज τ गते. वीरगंज'

’ पछिल्लो समयमा धार्मिक गतिविधि बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्वहरुको पहिचान गरेर कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । हिन्दु, मुस्लिमबीच द्वन्द गराउने खालका गतिविधिप्रति सचेत रहन आग्रह गर्दै उनले सबै धर्मको लक्ष्य भनेकै समाजमा शान्ति कायम गर्ने धारणा राखे ।

नेकपा एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ती प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याई कारवाही गर्न उनले ध्यानाकर्षण पनि गराएका छन् ।

र्‍यालीमा उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकर्तासँगै वीरगञ्जबासीको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.