logo

जिल्ला प्रहरी कार्यालयमा पत्रकार पोखरेलमाथि दुरब्यवहार, दोषीलाई कारवाही नगरिए संघर्षमा उत्रने सप्तरी महासंघको घोषणा

 इसीमाना सम्वाददाता     २०८० सावन १५ गते ०९: १७ मा प्रकाशित     1439   पटक पढिएको

जनकपुरधाम । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सल्लाहकार प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं अन्नपूर्ण पोष्टका सप्तरी सम्वाददाता मनोहरकुमार पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले कुटपीट गरेका छन ।

 

पत्रकार पोख्रेललाई असई महतोले जिल्ला प्रहरी कार्यालय सप्तरी भित्रै कुटपिट गर्दै दुर्व्यवहार गरेका हुन ।


जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा जर्बजस्तीकरणी र गर्भपतन सम्बन्धी मुद्दा प्रहरीले दर्ता गर्न नमानेको भनि पीडित पक्षको गुनासोको बिषयमा समाचार संकलनकालागि गएका पत्रकार पोख्रेल माथि दुरब्यवहार भएको हो ।

 

कुटपिटबाट घाईते भएका पत्रकार पोखरेलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।

यता नेपाल पत्रकार महासंघ, सप्तरीले कुटपिट गर्ने असईलाई कार्वाहीको माग गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत , प्रेस चौतारी नेपाल मधेश प्रदेशका इन्चार्ज कमल उपाध्याय महासचिव गौतम श्रेष्ठ नेपाल पत्रकार महासंघ मधेशका महासचिव श्याम बन्जारा, प्रेस चौतारी नेपाल सप्तरी लगायत बिभिन्न संचार सम्बद्ध संघ संस्थाले बिज्ञप्ति जारी गरि असई महतोलाई कारवाहीको माँग गरेका छन ।

 

नेपाल पत्रकार महासंघ सप्तरीलेको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेर प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीलाई पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असई महतोमाथि कारबाही गर्न माग गरेका छन् ।

 

घटना सम्बन्धमा प्रहरी प्रमुख एसपी कार्कीले जिल्ला प्रहरीको तर्फबाट क्षमायाचना गर्दै कुटपिट गर्ने असई महतोमाथि कानून बमोजिम तीन दिनभित्र कारबाही गर्ने प्रतिबद्धता गरेका छन् । महासंघ सप्तरीका सचिव आरएन विश्वासले तीन दिनभित्र पत्रकार पोखरेलमाथि कुटपिट गर्ने असईमाथि कारबाही नगरिए महासंघ संघर्षमा उत्रिने चेतावनी दिए ।

‘नागरिकलाई सूचित गराउने अधिकार बोकेका सञ्चारकर्मीलाई यसरी जिल्ला प्रहरी कार्यालयमै एक जना असईबाट कुटपिट हुनु भनेको प्रेसमाथिको ठाडो हस्तक्षेप भएको ठहर पत्रकार महासंघको छ’ सचिव विश्वासले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ पछिल्लो केही दिनदेखि सप्तरीका प्रहरी–प्रशासनको तर्फबाट यसरी नै प्रेसविरुद्धको क्रियाकलाप हुँदैगएको छ । यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न गृह मन्त्रालय समेतको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.