logo

उपेन्द्र यादवलाई कारवाहीको माँग, साउन १५ देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने आजपाको चेतावनी

 इसीमाना सम्वाददाता     २०८० सावन १ गते ०७: १४ मा प्रकाशित     444   पटक पढिएको

गौर । गौर हत्याकाण्डका दोषि लाई कार्वाहिको माग गर्दै सोमवार गौरमा प्रर्दशन भएको छ ।


गौर हत्याकाण्डको मुख्य आरोपी उपेन्द्र यादवलाई नियन्त्रणमा लेऊ, दोषीहरुलाई कारवाही गर, दोषीलाई उन्मुक्ति दिन पाइदैन जस्ता नारा लगाउदै आम जनता पार्टीले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।

 


आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा निस्किएको जुलुसले गौर हत्याकाण्डका मुख्य दोषी भन्दै उपेन्द्र यादवलाई कारवाही गर्न माँग गरेको थियो ।


गौर नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशनकारीले जमेर नाराबाजी गरेका थिए ।


गौर हत्याकाण्डका दाषीहरुलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार कि अगुवा रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएकी छिन् ।


२०६३ चैत ७ गते गौर स्थित राइस मिल्सको चौरमा तत्कालिन नेकपा माओवादी र उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरु विच झड्प हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए ।


दुबै पार्टीको कार्यक्रम एकै दिन , एकै समय राइस मिल्सको चौरमा गर्दा झडप भएको थियो ।
फोरमका कार्यकर्ताहरुले बांसको फट्टा, ढुंगा इटा, धारिलो हतियार प्रहार गर्दा २७ जनाको ज्यान गएको थियो भने ५० जनाभन्दा बढी घाइते भएका थिए ।
न्यायकालागि सर्बोच्च अदालतमा प्रक्रियालाई अगाडि बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिन अघि भएको छ ।


दोषीलाई कारवाही गर्न प्रकृया अघि नबढे साउन २ देखि १२ सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते मृतकका परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल र्याली निकाल्ने, साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी आम जनता पार्टीले दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.