logo

उपेन्द्र यादवलाई कारवाहीको माँग, साउन १५ देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने आजपाको चेतावनी

 इसीमाना सम्वाददाता     २०८० सावन १ गते ०७: १४ मा प्रकाशित     586   पटक पढिएको

गौर । गौर हत्याकाण्डका दोषि लाई कार्वाहिको माग गर्दै सोमवार गौरमा प्रर्दशन भएको छ ।


गौर हत्याकाण्डको मुख्य आरोपी उपेन्द्र यादवलाई नियन्त्रणमा लेऊ, दोषीहरुलाई कारवाही गर, दोषीलाई उन्मुक्ति दिन पाइदैन जस्ता नारा लगाउदै आम जनता पार्टीले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको हो ।

 


आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा निस्किएको जुलुसले गौर हत्याकाण्डका मुख्य दोषी भन्दै उपेन्द्र यादवलाई कारवाही गर्न माँग गरेको थियो ।


गौर नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशनकारीले जमेर नाराबाजी गरेका थिए ।


गौर हत्याकाण्डका दाषीहरुलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार कि अगुवा रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएकी छिन् ।


२०६३ चैत ७ गते गौर स्थित राइस मिल्सको चौरमा तत्कालिन नेकपा माओवादी र उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरु विच झड्प हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए ।


दुबै पार्टीको कार्यक्रम एकै दिन , एकै समय राइस मिल्सको चौरमा गर्दा झडप भएको थियो ।
फोरमका कार्यकर्ताहरुले बांसको फट्टा, ढुंगा इटा, धारिलो हतियार प्रहार गर्दा २७ जनाको ज्यान गएको थियो भने ५० जनाभन्दा बढी घाइते भएका थिए ।
न्यायकालागि सर्बोच्च अदालतमा प्रक्रियालाई अगाडि बढाउन परमादेशको माग सहितको निवेदन दर्ता केही दिन अघि भएको छ ।


दोषीलाई कारवाही गर्न प्रकृया अघि नबढे साउन २ देखि १२ सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते मृतकका परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल र्याली निकाल्ने, साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने चेतावनी आम जनता पार्टीले दिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.