logo

एमाले बिरुद्धको घेराबन्दी तोडेर जनताको सरकार नवन्दा सम्म अवस्थामा सुधार हुदैनः एमाले नेता पौडेल

 इसीमाना सम्वाददाता     २०८० असार ३० गते १०: ३१ मा प्रकाशित     404   पटक पढिएको

वीरगंज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले गरिब किसान मजदुरलाई नेकपा एमालेमा गोलवद्ध हुन अपिल गरेका छन ।

पार्टीको पर्सागढी नगर कमिटीले आयोजना गरेको बैचारिक राजनीतिक प्रशिक्षण भेलाको उद्धघाटन गर्दै नेता पौडेलले गरिब किसान मजदुरको शक्ति मजवुत बनाएर चुनाव मार्फत बहुमतको सरकार निर्माण गरि उनीहरुको सेवामा काम गर्नकालागि संगठीत हुनु पर्ने बताएका हुन ।

 

उनले राजनीति, वर्ग आधारित रहेको स्पष्ट पार्दै नेकपा एमाले गरिब वर्गको पार्टी भएको बताएका हुन । पूर्वमंत्री समेत रहेका पौडेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्ने जनतालाई बुझाउन आम कार्यकर्ता पंक्ति क्रियाशिल हुनु पर्ने बताए ।

 

नेता पौडेलले अवस्था परिर्वतन भएपनि ब्यवस्था परिर्वतन नभएको चर्चा गर्दै एमाले बिरुद्धको घेराबन्दी तोडेर जनताको सरकार नवन्दा सम्म अवस्थामा सुधार नहुने बताए । नेता पौडेलले शनिवार नै बढनियहार बजारमा नेकपा एमालेको पसागढी नगर कमिटीको कार्यालय उद्धघाटन गरेका छन ।


प्रशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका के।सी।लामिछानेले दक्षीणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताको बिरुद्ध बैचारिक संघर्षको बिषयमा प्रशिक्षण दिएका थिए ।

No description available.

पार्टी भित्र दक्षीणपन्थ हावीहुदा त्यसले पार्टीले तय गरेको महान लक्ष्यलाई महत्व नदिने, संगठनात्मक सिद्धान्तको प्रतिकुल काम गर्ने परिर्वतनको पक्षमा खडा नहुने यथास्थितिको पक्षपोषण गर्ने प्रवृति देखा पर्ने बताए ।

उनले संगठन संचालनको बिधिलाई नमान्ने आफूलाई केन्द्रमा राखेर कमिटीगतप्रणालीलाई चुनौती दिने , निर्वाचको बेलामा अन्र्तघात गर्ने कमिटीको निर्णय नमान्ने आफूले पाए ठिक अरुले पाए बेठीक ठान्ने अराजकतापूर्ण प्रवृति पनि पार्टीमा रहेको चर्चा गर्दै त्यसका बिरुद्ध पनि निर्मम संघर्ष गर्नु पर्ने बताए ।

अवसरवाद झन बढी झागिंएको चर्चा गर्दै लामिछानेले अवसरवादको लिला अपर्म्मपार हुने चर्चा गर्दै अवसरवादलाई सिद्धान्तको लेपन समेत लगाउने प्रवृतिका कारण त्यसलाई चिन्न समस्या हुने भएकोेले हरेक पार्टी सदस्य सचेत रहनु पर्ने बताए । उनले बैचारिक संघर्षका माध्यमले यस्ता गलत प्रवृतिको अन्त्य गरेर मात्र पार्टीले लिएको उद्धेश्य प्राप्त गर्न सकिने बताए ।


बुद्धिजीवी आर। शिवाकोटीले पार्टीको दसौंमहाधिवेशनले तय गरेको कार्यदिशाको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै के।शर्माले पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र पार्टी सदस्यका अधिकार र कर्तब्य तथा कार्यशैलीका बारेमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरि पर्सागढी नगरपालिकाका प्रमुख एवं नेकपा एमालेका मधेश प्रदेश कमिटीका सदस्य गोकर्ण पाठकले समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकांक्षा र समाजवादका आधार निर्माण सम्बन्धी पार्टीको अवधारणाको बिषयमा प्रशिक्षण दिएका थिए ।

 

पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार सिंहले कार्यक्रमको आयोजना त्यसको उद्धेश्यका बारेमा प्रकाश पारेका थिए । उनले बिचारले प्रशिक्षत कार्यकर्ता पंक्तिलेमात्र पार्टीलाई बलियो बनाउने भएकोले पार्टीले बैचारिक कामलाई प्रथामिकतामा रहेको बताए ।


पार्टीका नगर कमिटीका अध्यक्ष दुर्गा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामजन्म चौधरीले गरेका थिए । प्रशिक्षण कार्यक्रममा पर्सागढी गनरपालिकामा रहेका नेकपा एमालेका जिल्ला कमिटीका सदस्य पालिका कमिटीका पदाधिकारी सदस्यहरु र वडा कमिटीका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.