logo

कोभिड अस्पताल गण्डकमा ६५ वर्षिय बृद्धको मुत्यु,ब्यवस्थापन कमजोरीका कारण इमरजेन्सी उपयोगबिहिन

      7/26/2020 गते 00 00 मा प्रकाशित     1198   पटक पढिएको

बीरगंज स्थित नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेका बीरगंजको आदर्शनगर निवासी ६५ बर्षिय भारतीय नागरिकको आज विहान मृत्यु भएको छ ।

उहाँमा श्वास प्रश्वास सम्बन्धि समस्या भएपछि हिजो साँझ उपचारको लागी बीरगंजको नारायणी अस्पताल लगिएको थियो ।नारायणीमा स्वाब दिएपछि  उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । 

बगरीया मुटु रोगी समेत रहेको र अस्पतालमा कोरोना संक्रमणको आशंकामा तत्काल आरडिटी टेष्ट गराउदा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारकालागी नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । बीरगंजको आर्दशनगरमा ब्यवसाय संचालन गर्दै आउनु भएका उहाँलाई इमरजेन्सीमा भेन्टिलेटरको ब्यवस्था गरेर उपचार गरिएको डा.निरज सिंहले बताउनु भयो । 


उपचारको क्रममा उहाँको मृत्यु भएपछि कोभिड अस्पतालको इमरजेन्सी कक्षमै उहाँको शव राखिएको छ । शवका कारण इमरेजेन्सीमा अन्य कुनै रोगीको उपचार हुन नसक्ने अवस्था बनेको छ । अस्पतालमा बेडको अभाव छ शव कारण इमरजेन्सीमा रहेका ७ वटा वेड पनि उपयोगबिहनि भएको डा। सिंहले बताउनु भयो ।


बगरिको आरडिटी टेस्ट पोजिटिभ देखिए पनि पिसीआर टेस्ट नभएकाले गर्दा अस्पतालको आइसोलेशन वार्डमा लान मिलेन त्यही भएर इमरजेन्सीमा उपचारको ब्यवस्था मिलाउनु परेको डा।सिंहले बताउनु भयो । बगरियाको कोरोना भाइरसको संक्रमणको परिक्षणकोलागि स्वाब संकलन भएको छ त्यसको रिपोर्ट आइतवार बेलुका सम्ममा आउने डा। सिंहले बताउनु भयो ।

रिपोर्ट नआउदा सम्म शव इमरजेन्सीमै रहने अवस्था छ । शवलाई इमरजेन्सीबाट निकाल्ने राख्ने बैकल्पीक स्थानको ब्यवस्थापन नभएकै कारण इमरजेन्सी कक्ष उपयोगमा ल्याउन नसकिने भएको छ ।

यसअघि बीरगंजमा भारत माइती भई वीरगञ्ज– २१ बस्ने १७ वर्षीया युवतीको शुक्रबार साँझ मृत्यु भएको थियो भने शुक्रबार बिहान वीरगञ्जकै कोभिड अस्पतालको आइसोलेसनमा वीरगञ्ज ११ श्रीपुरकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी गत मङगलबार आइसोलेसनमै ज्यान गुमाएका माइस्थानका ७० वर्षीय बृद्धमा विहिवार कोरोना संक्रमण पुष्टि भएको थियो ।


अस्थायी कोभिड अस्पतालमा उपचार भईरहेका कोरोना संक्रमित मध्ये ४ जनाको अबस्था जटिल रहेको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अस्थायी कोभिड अस्पतालका प्रमुख डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.