logo

कोरोना भाइरसको संक्रमणका कारण १७ वर्षिय युवतीको निधन 

      7/24/2020 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

बीरगंजको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १७ वर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको आज दिउसो उपचारको क्रममा मृत्यु भएको थियो। 

 


बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ८ निवासी १७ वर्षिया शवनम खातुनलाई बिहिवार बेलुका कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनु भयो । कोभिड अस्पताल भर्ना गरिनु अघि शवनमलाई बीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

 

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बीरगंज हेल्थ केयर अस्पतालमा लगिउको हो ।

 

अस्पतालमा आरडीटी परिक्षण गर्दा पाजेटिभ देखिएपछि उनलाई कोभिड अस्पतालमा सारिएको थियो । उपचारको क्रममा उनको मृत्यु पछि आएको पिसीआर परिक्षण्मा पनि कोरोरा भाइरसको संक्रमण पुष्टि भएको हो  । उनको पिसीआर रिपोर्ट शुक्रवार साँझ आएको हो । 


उनमा झाडा पखला र छारे रोगको लक्षण देखिएको चिकित्सक सिंहले बताउनु भयो । शुक्रवार बेलुका आएको परिक्षणको रिपोर्ट अनुसार पर्सामा थप ७ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ । 

 

योसँगै नेपालमा कोरोना  भाइरसको संक्रमणका कारण  मृत्यु हुनेको संख्या ४५ पुगेको छ । पर्सामा आजै ८५ वर्षिया पासपती देवीको पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

अराजकताको मार्गमा बेलगाम लेखी, कानूनमन्त्री हुन तर गर्छन गैरकानूनी काम

वीरगंज  । मधेस प्रदेशका सञ्चार तथा गृहमन्त्री राजकुमार लेखीका मधेश प्रदेशकै सरकार बिवादीत र आलोचीत बन्दै छ ।

सदरमुकाममै छैन सार्वजनिक शौचालय तर वर्षौ अगाडि भयो खुला दिशामुक्त घोषणा

सिरहा । सिराह जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षै भइसकेको छ । अचम्म त के भने खुला दिशामुक्त भएको सिराह जिल्लाको सदरमुकाम सिराहमा एउटा पनि सार्वजनीक शौचालय छैन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.