logo

५० करोडको जग्गा रजिष्ट्रेशन प्रकरण, प्रहरीले लेखनदासलाई समात्यो

      7/22/2020 गते 00 00 मा प्रकाशित     1568   पटक पढिएको

जिल्ला प्रहरी कार्यालय, पर्साले भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका लेखनदास वीरगंज–१५ लक्ष्मणवा निवासी अमर साह कानू गुप्तालाई पक्राउ गरेको छ।

 

    बुधवार बिहान मालपोत कार्यालयनजीक रहेको कानूको च्याम्बरबाट सादा पोशाकमा गएका  प्रहरीले उनलाई पक्राउ गरेको हो।

बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा  मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिदिएको बिषयमा अनुसन्धानकालागि प्रहरीले कानुलाई पक्राउ गरेको हो  । 


सोही घटनाको साक्षी बसेका अर्का लेखनदास प्रमेश साह कानू फरार छन्। अमरलाई पक्राउ गरेपछि उनी फरार भएका हुन्।

  काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–५ कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते  मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको थियो ।
नक्कली कागजका आधारमा जग्गानामसारी भएको सार्वजनीक भएपछि अहिले प्रहरीले यो घटनाको बिषयमा अनुसन्धान शुरु गरेको छ । 
     

 घटना सम्बन्धमा असार २७ गते स्व. कमला राजभण्डारीको आफन्तजनले मालपोत कार्यालय, पर्सामा लिखित उजूरी दिएका थिए । 
   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.