logo

बीरगंजको मुख्य बजार क्षेत्र जलमग्न ,पसलहरुमा पानी पस्यो

      7/21/2020 गते 00 00 मा प्रकाशित     942   पटक पढिएको

 निरन्तर परेको पानीका कारण बीरगंज जलमग्न बनेको छ । वीरगञ्जको मुख्य बजार क्षेत्र आर्दशनगर प्रशासनीक क्षेत्र गोश्वारा रोड श्रीपुर,  पानीट्याङ्की १६ नम्बर वडाका बिभिन्न स्थानमा  पानी जमेको हो ।

 

आर्दनगरमा पसलहरुमा पानी पसेको छ । बीरगंजको जमीन समथर र निकासका प्रवन्धहरु ठिक नभएको हुदा बीरगंजमा पानी जमेको हो । श्रीसिया नदीमै बीरगंजको ड्रेनको पानीको बिकास जोडिएको छ । नदीको सतह भरिएको र नदीको बहाव क्षेत्र अतिक्रमणमा परेका कारण पनि बीरगंज अलि बढी पानी पर्दा जलमग्न हुन्छ । 

 

श्रीपुर र जिल्ला प्रशासन रहेको गोश्वारा रोडमा पनि घर घरमा पानी पसेको छ । नगरपालिकाले विगतमा सफाइ अभियान चलाएर नाला सफाइ गर्ने गरेको थियो । तर जनप्रतिनिधि आएपछि नाला सफाइ नभएको गुनासो उनले गरे ।

बीरगञ्जको मुख्य नाला माथि कतिपय मानिसहरुले संरचना नै बनाएका छन् । क्लासिक होटल, हरिखेतान क्याम्पस मुनि नाला छ । पानीको निकास यस्तै ठाउमा रोकिएकोले पनि समस्या आइरहेको हो ।

 

झारपात माटो र अन्य फोहरले नाला भरिएकोले समस्या देखिएको उहाँले बताउनु भयो । एमडी १ नाम दिइएको मुख्य नाला सफाइका लागि १ करोड बजेट बिनियोजन गरेका छौं उहाँले भन्नु भयो  टेन्डर मार्फत काम हुन्छ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.