logo

महिलालाई ब्ल्याकमेल गरेको आरोपमा कुन्दन सिंह प्रहरी हिरासतमा,छुटाउन राजनीतक चलखेल

      7/20/2020 गते 00 00 मा प्रकाशित     5559   पटक पढिएको

पर्सा प्रहरीले बीरगंज महानगरपालिका वडा नं १४ पिप्रा निवासी  कुन्दन सिंह कुर्मीलाई  फक्राउ गरेको छ । उनलाई  बीरगंजबाट अपरान्ह प्रहरीले पक्राउ गरेको हो । एक जना महिलालाई दूब्यर्वहार तथा ब्ल्याकमेल गरेको आरोपमा कुर्मीलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनायो । 

 


कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान  शुरु गरिएको जनाइएको छ । सिंहबाट पीडित महिलाले प्रहरीलाई यस बिषयमा गुनासो गरेपछि प्रहरीले सिंहलाई पक्रेर हिरासतमा राखेको हो ।

 

पर्साको क्षेत्र नं १ का निर्वाचित साँसद प्रदीप यादवका सहयोगीका रुपमा चिनिएका सिंहलाई छुटाउन सांसद यादवका सर्मथकहरु जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । सिंहलाई छोडाउनकालागि राजनीतिक दवाव निकै सृजना गरिएको स्रोतको दावी छ । 

 


सिंहले ति महिलालाई  केही दिन देखी ब्ल्याकमेल गर्दै आइरहेका थिए । महिलाले त्यस्तो नगर्न पटक पटक चेतावनी दिदा समेत सिंहले ति महिलालाई दुःख दिन छाडेका थिएनन । अती भएपछि महिलाले प्रहरी गुहार्नु भएको हो ।

 

महिलाको गुनासोको आधारमा प्रहरी नियन्त्रणमा पुगेका सिंहका बारेमा अनुसन्धान पछि मात्र कस्तो मुद्धा चल्ने भन्ने कुराको टुगो लाग्ने स्रोतले जनायो । 


महिलाका आफन्तले सुरक्षाको प्रवन्ध मिलाउन प्रहरीसंग आग्रह गरेका छन । राजनीतिक संरक्षण पाउने सिंहलाई  जोगाउन राजनीतिक क्षेत्रबाट सबै प्रकारका हथकण्डाको प्रयोग हुने भएकोले महिलाको सुरक्षा प्रवन्ध प्रति आफन्तजनले चासो राखेका हुन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.