logo

नक्कली कागजको आधारमा बीरगंज मालपोतले करौडौ मूल्यको जमिन गर्यो नामसारी, अग्रवालको ५० लाख बैना झ्वाम

      7/17/2020 गते 00 00 मा प्रकाशित     4124   पटक पढिएको

बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा  मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिदिएको छ । 

 


 काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–५ कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३.८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते  मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको हो ।
     गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी  तीन सन्तान  । नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माँग गर्दै मालपोत कार्यालयमा  ०७६ माघ २९ गते  नामसारीको लागि निवेदन दिए । मुकेश राजभण्डारी जेठो नेपालमा रहेको देखाइएको छ ।  

 

अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले  त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्याहा रहेको दुतावास मार्फत पठाएको देखिन्छ । गोपालराज भण्डारी र कमला राजभण्डारीको मृत्यु दर्ता प्रमाण पत्र , तीन दाजुभाईको नागरिकता, ललितपुर महानगरपालिकाको वडा नं ३ ले दिएको सिफारिश पत्र,नाता प्रमाणीतको कागज , अष्ट्रेलियामा रहेको नेपाली दुतावासले लेखेको पत्र सबै नक्कली  ।

 

यही नक्कली कागजको आधारमा मालपोत कार्यालयले जग्गा नामसारी गरिदियो । मुकेशराज भण्डारीको नाममा जग्गा नामसारी गरिएको छ । तर  ति ब्यक्ति को हुन भन्ने कुरा  खुलेको छैन । यति सम्मको आँट गर्न सक्ने मान्छे बीरगंज मालपोतको बारेमा जानकारी राख्ने ब्यक्ति हुनु पर्ने सबैले अन्दाज लगाईरहेका छन । सम्पूर्ण ज्ञान नहुने मान्छेले यत्रो खेल खेल्न नसक्ने एक पूर्व कर्मचारीको टिप्पणी छ । 

 

मुकेश राजभण्डारीले जग्गा बिक्रीकालागि बीरगंजका गिरधारी अग्रवालसंग ५० लाख बैना रकम लिएको देखिन्छ । तर बैना अनुसारको जग्गा पास नगरिदिएपछि अग्रवालले मुकेश राजभण्डारीको खोजी गर्दा उनी फेला परेनन । अग्रवालले जग्गाधनी बिरुद्ध पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरेका छन । पर्सा जिल्ला अदालतले एक कित्ता जमिन रोक्का समेत राख्ने आदेश दिएको छ । 
   
    मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत सुमन झाले सबै कागजात नक्कली बनाएर ल्याएको पछि मात्र थाहा पाएको बताउनु भयो । उहााले अहिले सबै जग्गा रोक्का राखिएको बताउनु भयो।


     उहाँले नामसारी मात्र भएको र जग्गा खरीद–बिक्री गर्न नपाएको हुँदा रोक्का राखेर नामसारी बदरको प्रक्रिया अगाडि बढाएको बताउनु भयो  ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.