logo

कापाल काटेर एकल महिलालाई गाउँ घुमाउने चारजना गिरफ्तार,न्याय पाउनु पर्ने उमादेवीको माँग

      7/16/2020 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

४५ वर्षिया महिलालाई कपाल मुण्डन गरेर दुर्ब्यवहार  गरेको आरोपमा प्रहरीले असार ३१ गते छिपमहरमाई गाउँपालका  वडा नम्बर ३ का चारजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा  ५५ वर्षिय मुनीलाल साह कानु, ४० बर्षीय राजदेव ठाकुर, ३५ बर्षकी इन्दुदेवी र ३२ बर्षकी सन्ध्यादेवी गरी चारजना रहेका छन । 


पर्साको छिपहरमाई गाउँपालिका वडा नं.३ छोटकी जयमंगलापुरमा बस्ने  एकल महिला उमादेवी लाई  ३१ गते बिहान ९ बजे कपाल काटेर चुना र कालोमोसो दलेर गाउँ घुमाएका थिए ।

 

उहाँलाई  कपाल काटेर गाउँ परिक्रमा गराएको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेको प्रहरीले उनीहरुलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

पीडित एकल महिलाको दुईवर्ष अगाडि पतिको मृत्यु भएको थियो । उहाँको ५ वटा छोरी र एक छोरा छन् । परिवारका सदस्यहरुको लालन–पालनको लागि अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेको उहाँलाई भारतीय नागरिकसँग अनैतिक सम्बन्ध राखेको र बोक्सी भएको आरोप लगाउदै दुर्ब्यवहार  गरिएको हो ।

 

दूब्र्यहार गर्नेहरुले ६ महिना अघि पनि उमादेवीलाई कुटपीट गरेका थिए । त्यतीबेला पनि महिला तथा वालवालिका सेलमा यो बिषयमा छलफल भएर मिलापत्र भएको थियो । तिनै ब्यक्तिहरुले अहिले अमानवीय रुपमा उमादेवीलाई अपमान गरेर यातना दिएका हुन । 


 । घटनामा जिल्ला समन्य समितिका  सदस्य सुवास साह कानु पनि संलग्न रहेको स्थानीयले बताएका छन । उनी लगायतका केही व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ ।

 

पीडित महिलाको बीरगंजको नारायणी अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको छ । उमादेवीले आफूलाई न्याय चाहिएको बताउनु भयो । उहाँले आफनो चरित्रमाथि प्रश्न उठाएर यातना दिएको बताउनु भयो । मलाई आफनो श्रीमान आफैले मारेको भन्छन उहाँले भन्नु भयो “ परपुरुष संग लागेको भन्छन अमानवीय ब्यवहार गर्छन मलाई न्याय दिनु प¥यो । 
प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको र दोषीलाई कानूनी कारावही हुने एसपी गंगा पन्तले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.