logo

कापाल काटेर एकल महिलालाई गाउँ घुमाउने चारजना गिरफ्तार,न्याय पाउनु पर्ने उमादेवीको माँग

      7/16/2020 गते 00 00 मा प्रकाशित     1238   पटक पढिएको

४५ वर्षिया महिलालाई कपाल मुण्डन गरेर दुर्ब्यवहार  गरेको आरोपमा प्रहरीले असार ३१ गते छिपमहरमाई गाउँपालका  वडा नम्बर ३ का चारजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा  ५५ वर्षिय मुनीलाल साह कानु, ४० बर्षीय राजदेव ठाकुर, ३५ बर्षकी इन्दुदेवी र ३२ बर्षकी सन्ध्यादेवी गरी चारजना रहेका छन । 


पर्साको छिपहरमाई गाउँपालिका वडा नं.३ छोटकी जयमंगलापुरमा बस्ने  एकल महिला उमादेवी लाई  ३१ गते बिहान ९ बजे कपाल काटेर चुना र कालोमोसो दलेर गाउँ घुमाएका थिए ।

 

उहाँलाई  कपाल काटेर गाउँ परिक्रमा गराएको घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेको प्रहरीले उनीहरुलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

पीडित एकल महिलाको दुईवर्ष अगाडि पतिको मृत्यु भएको थियो । उहाँको ५ वटा छोरी र एक छोरा छन् । परिवारका सदस्यहरुको लालन–पालनको लागि अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेको उहाँलाई भारतीय नागरिकसँग अनैतिक सम्बन्ध राखेको र बोक्सी भएको आरोप लगाउदै दुर्ब्यवहार  गरिएको हो ।

 

दूब्र्यहार गर्नेहरुले ६ महिना अघि पनि उमादेवीलाई कुटपीट गरेका थिए । त्यतीबेला पनि महिला तथा वालवालिका सेलमा यो बिषयमा छलफल भएर मिलापत्र भएको थियो । तिनै ब्यक्तिहरुले अहिले अमानवीय रुपमा उमादेवीलाई अपमान गरेर यातना दिएका हुन । 


 । घटनामा जिल्ला समन्य समितिका  सदस्य सुवास साह कानु पनि संलग्न रहेको स्थानीयले बताएका छन । उनी लगायतका केही व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ ।

 

पीडित महिलाको बीरगंजको नारायणी अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको छ । उमादेवीले आफूलाई न्याय चाहिएको बताउनु भयो । उहाँले आफनो चरित्रमाथि प्रश्न उठाएर यातना दिएको बताउनु भयो । मलाई आफनो श्रीमान आफैले मारेको भन्छन उहाँले भन्नु भयो “ परपुरुष संग लागेको भन्छन अमानवीय ब्यवहार गर्छन मलाई न्याय दिनु प¥यो । 
प्रहरीले यस बिषयमा अनुसन्धान भइरहेको र दोषीलाई कानूनी कारावही हुने एसपी गंगा पन्तले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.