logo

खाना खान बोलाएर बलात्कार ,झाडीमा लुकेर बसेको अवस्थामा पक्राउ परे बरिष्ठ प्रहरी उपरिक्षक अधिकारी

      7/15/2020 गते 00 00 मा प्रकाशित     1458   पटक पढिएको

पोखरा महानगर पालिका वडा नम्बर १४ स्थित सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी माथि बलात्कारको आरोप लगाउने महिला चितवनकी २७ बर्षीया युवती रहेको थाहा भएकोे छ ।

ती युवतीले बुधधार दिउसो ३ बजे तिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा रुदै फोन गरेपछि प्रहरीले बलात्कारको घटना थाहा पाएको हो ।

चितवनकी ती युवतीलाई सशस्त्र प्रहरी बलका एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटन स्थित आफ्नो क्वाटरमा बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफुलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन् ।

एसएसपी अधिकारी पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गर्नु भयो । प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेको छ ।

दिउसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुपमा फोन आयो । एउटी महिला रुदै भन्दै थिइन– मलाई शसस्त्रको एसएसपीले बलात्कार गर्‍यो । खाना खान बोलाएर जबरजस्ती गर्‍यो ।

फोन उठाउने प्रहरीलाई के गरौं र कसो गरौं भयो । उनले तत्कालै आफ्ना कार्यालय हाकिम एसपी जीवनकुमार श्रेष्ठलाई फोनमा आएको विवरण सुनाए । अनि तत्कालै ती महिला भएको ठाउमा प्रहरी परिचालन भयो । लगत्तै एसएसपी अधिकारीले बलात्कार गरे भन्ने आरोप लगाउने युवती फेला परिन् । उनलाई मेडिकल गर्न पठाउने आदेश दिएर एसपी श्रेष्ठले वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली लामापाटन पठाए ।

तर अधिकारी भेटिएनन् । फेरि एसपीले जिल्ला प्रहरी कार्यालय कै डिएसपीको नेतृत्वमा अर्को टोली पठाए । एएिसपी अधिकारी गायव नै थिए । उनको पिएसओलाई पनि उनी कहाँ छन् थाहा थिएन ।

गाडी भित्रै छ, मान्छे छैनन् । फिल्डमा खटिएको दुवै टोलीले एसएसपी अधिकारी फेला नपरेको रिपोर्टिङ गरे । सशस्त्र प्रहरी बलका उपल्लै स्तरका अधिकारीमाथि यस्तो गम्भीर आरोप लागेपछि एसपी श्रेष्ठले आफूभन्दा माथिको निकायमा खबर गर्न व्यस्त थिए । तर अधिकारी फेला परेनन् भने पछि अर्को तनाव सुरु भयो ।

लगत्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिआइजी घनश्याम अर्यालले एसपी श्रेष्ठलाई आफै फिल्डमा जान आदेश दिनु भयो  । एसपी श्रेष्ठ लामापाटनमा पुग्दा सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ पनि लामापाटन पुगिसक्नु भएको थियो  ।

तर बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी वेपत्ता नै थिए । त्यहाँ कार्यरत प्रहरीलाई सोधपुछ गर्दा उनी गेट बाहिर नगएको पुष्टि भयो ।

लामापाटनको क्षेत्र ठूलो छ र झाडी पनि छ । त्यसैले प्रहरीले उनको खोजी क्वाटर भन्दा बाहिर गर्न थाले । त्यसै क्रममा उनी झाडीमा लुकेर बसेको अवस्थामा पक्राउ परे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.