logo

खाना खान बोलाएर बलात्कार ,झाडीमा लुकेर बसेको अवस्थामा पक्राउ परे बरिष्ठ प्रहरी उपरिक्षक अधिकारी

      7/15/2020 गते 00 00 मा प्रकाशित     1254   पटक पढिएको

पोखरा महानगर पालिका वडा नम्बर १४ स्थित सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी माथि बलात्कारको आरोप लगाउने महिला चितवनकी २७ बर्षीया युवती रहेको थाहा भएकोे छ ।

ती युवतीले बुधधार दिउसो ३ बजे तिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा रुदै फोन गरेपछि प्रहरीले बलात्कारको घटना थाहा पाएको हो ।

चितवनकी ती युवतीलाई सशस्त्र प्रहरी बलका एसएसपी अधिकारीले खाना खाने निम्तो दिएर लामापाटन स्थित आफ्नो क्वाटरमा बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफुलाई लठ्याउने औषधी खुलाएर जबरजस्ती करणी गरेको प्रहरीमा प्रारम्भिक बयान दिएकी छन् ।

एसएसपी अधिकारी पक्राउ परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी घनश्याम अर्यालले पुष्टि गर्नु भयो । प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका अस्पताल लगेको छ ।

दिउसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुपमा फोन आयो । एउटी महिला रुदै भन्दै थिइन– मलाई शसस्त्रको एसएसपीले बलात्कार गर्‍यो । खाना खान बोलाएर जबरजस्ती गर्‍यो ।

फोन उठाउने प्रहरीलाई के गरौं र कसो गरौं भयो । उनले तत्कालै आफ्ना कार्यालय हाकिम एसपी जीवनकुमार श्रेष्ठलाई फोनमा आएको विवरण सुनाए । अनि तत्कालै ती महिला भएको ठाउमा प्रहरी परिचालन भयो । लगत्तै एसएसपी अधिकारीले बलात्कार गरे भन्ने आरोप लगाउने युवती फेला परिन् । उनलाई मेडिकल गर्न पठाउने आदेश दिएर एसपी श्रेष्ठले वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली लामापाटन पठाए ।

तर अधिकारी भेटिएनन् । फेरि एसपीले जिल्ला प्रहरी कार्यालय कै डिएसपीको नेतृत्वमा अर्को टोली पठाए । एएिसपी अधिकारी गायव नै थिए । उनको पिएसओलाई पनि उनी कहाँ छन् थाहा थिएन ।

गाडी भित्रै छ, मान्छे छैनन् । फिल्डमा खटिएको दुवै टोलीले एसएसपी अधिकारी फेला नपरेको रिपोर्टिङ गरे । सशस्त्र प्रहरी बलका उपल्लै स्तरका अधिकारीमाथि यस्तो गम्भीर आरोप लागेपछि एसपी श्रेष्ठले आफूभन्दा माथिको निकायमा खबर गर्न व्यस्त थिए । तर अधिकारी फेला परेनन् भने पछि अर्को तनाव सुरु भयो ।

लगत्तै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिआइजी घनश्याम अर्यालले एसपी श्रेष्ठलाई आफै फिल्डमा जान आदेश दिनु भयो  । एसपी श्रेष्ठ लामापाटनमा पुग्दा सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठ पनि लामापाटन पुगिसक्नु भएको थियो  ।

तर बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी वेपत्ता नै थिए । त्यहाँ कार्यरत प्रहरीलाई सोधपुछ गर्दा उनी गेट बाहिर नगएको पुष्टि भयो ।

लामापाटनको क्षेत्र ठूलो छ र झाडी पनि छ । त्यसैले प्रहरीले उनको खोजी क्वाटर भन्दा बाहिर गर्न थाले । त्यसै क्रममा उनी झाडीमा लुकेर बसेको अवस्थामा पक्राउ परे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.