logo

ठोरीको बजेट सत्र सम्पन्न,सुत्केरी स्याहार खर्च दिइने, किसानलाई अनुदान देखी आँप उत्पादनको केन्द्र बनाइने

      7/13/2020 गते 00 00 मा प्रकाशित     907   पटक पढिएको

सुशासनयुक्त सक्षम ,सबल एवम् सुदृढ स्थानीय सरकार ,कृषि ,पर्या पर्यटन ,शिक्षा र आत्म निर्भर नागरिक ठोरीको आधार भन्ने मुल नाराका साथ पर्साको ठोरी गाउँपालिकाको चौथो गाउँसभा सोमबार सम्पन्न भएको छ।

 

गाउँ कार्यपालिकाको कार्यालय वडा ४ घ्याङडाँडामा सभा सम्पन्न भएको हो । सभामा गाउँपालिका उपाध्यक्ष  उपाध्यक्ष शान्तिमाया थिङ्ले आर्थिक वर्ष ०७७ ÷०७८ कालागि  ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाको अनुमानित बजेट प्रस्तुत गर्नु भयो । 


गाउँ सभाले विनियोजन विधेयक २०७७ तथा अर्थ सम्बन्धि विधेयक २०७७ र वडा २ का वडाध्यक्ष किशोर तामाङद्वारा प्रस्तुत गाउँपालिका नगर प्रहरी गठन तथा व्यवस्थापन विधेयक २०७७ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।  सभामा गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले कृषि ,खानेपानी ,शिक्षा ,स्वास्थ्य ,भौतिक पुर्वाधार निर्माण,पर्यटन र रोजगारी सृजनालाई प्राथमिकता दिइएको  नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।

 

ठोरी गाउँपालिकाले गाउँपालिका भित्र प्रसुती सेवा लिने गर्भवती महिलालाई तीन हजार रुपैया सुत्केरी स्याहारकालागि दिने नीति लिएको छ । स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेर अन्यत्र लानु पनेृ भएमा निशुल्क एम्बुलेन्स उपलब्ध गराउने नीति गाउँसभाले पारित गरेको छ । 

 

गाउँपालिकाले ब्यवसायीक पशुपालनलाई प्रोत्साहन गर्नकालागि गाउँपालिकाले तोकेको दुग्ध डेरीमा दुग्ध बेच्ने किसानहरुलाई प्रतिलिटर तीन रुपैया अनुदान निर्णय गरेको अध्यक्ष पि.एल.श्रेष्ठले जानकारी दिनु भयो ।

साथै उन्नत जातका  पाडी र बाच्छी शत प्रतिशत अनुदानमा वितरण गर्दै पशुधन सुरक्षाको लागी गाईभैसी र बाख्रालाई लगाइने विभिन्न प्रकारको खोप तथा औषधि निशुल्क उपलब्ध गराउने भएको छ । 


कृषिको बिकासकोलागि गाउँपालिकाले  तरकारी खेती प्रवर्द्धनका लागी औषधि छर्ने मेसिन  वितरण ,समरसेल,मोटर ,जेनेरेटर ,हाते ट्र्याक्टर वितरण कार्यलाई निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले बताउनु भयो । 


शिक्षा तर्फ बिदालयलाई स्वयंसेवक शिक्षक उपलब्ध गराउने ,टोलमा सीकाई केन्द्रको स्थापना गर्ने ।अग्रेजी माध्यामद्वारा अध्यापन गराइने , बिद्यालय बाहिर अध्ययनको ब्यवस्था मिलाईने नीति लिइएको श्रेष्ठले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उललेख छ । 
गाउँपालिकाले आगामी दिनमा अध्यक्ष कप प्रतियोगिता,५ सय सीट क्षमताको सामुदायीक भवनको निर्माण, सडक संजालको बिस्तार गर्ने नीति लिएको छ । 


ठोरी पर्सा जिल्लाको पर्यटकीय गाउँपालिका हो । ठोरीलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गाउँपालिकाले अहिले नीति तथा कार्यक्रममा बिशेष महत्व दिएको छ । 

पर्यटन प्रवर्द्धनका लागी सन्चालनमा रहेको होमस्टेको क्षमता वृद्धि गर्दै नयाँ होमस्टे स्थापनामा जोड दिने,हात्ती सफारीलाई निरन्तरता दिदै जीप सफारीका लागी गापाले जीप खरीद गर्ने,पर्यटकलाई आकर्षित गर्न ठोरीको सिङ्गे पर्वतमा पुष्पलाल स्मृति पार्क,गोलेडाडामा मनमोहन स्मृति पार्क तथा पिकनिक क्षेत्र ,राइधारामा गणेशमान स्मृति पार्क तथा पिकनिक क्षेत्र ,बाघमोर्चामाई मन्दिर निर्माण तथा पिकनिक क्षेत्र ,घ्याङडाडामा गुम्बा निर्माणलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए।

त्यसैगरी सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले नागरिकको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने नीति लिइएको बताउनु भयो ।त्यसैगरी गापामा स्थापना भएको सर्पदंश उपचार केन्द्रको क्षमता विस्तार गर्दै बाँदर र कुकरले टोकेको अवस्थामा पनि निशुल्क उपचार सेवा दिने,कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी विदेशबाट आएका ठोरीबासीहरुलाई अनिवार्य क्वारेन्टाइन रहनुपर्ने नियमलाई निरन्तरता दिइने पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

 

यस्तै उहाँले ८४ बर्ष नाघेका ज्येष्ठ नागरिकलाई अग्रज सम्मान कार्यक्रम अन्तरगत बार्षिक रु ५ हजार निर्वाह भत्ता वितरणलाई निरन्तरता दिइने,३५ बर्ष उमेर नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक रु १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने,गापाको सबै स्वास्थ्य संस्थाहरुमा ल्याबको व्यवस्था गर्ने, सामुदायिक विद्यालयबाट १२ कक्षाको परीक्षामा उत्कृष्ट नतिजा ल्याइने विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने,गापालाई आँप उत्पादनको केन्द्र बनाउने योजनालाई निरन्तरता दिदै यस बर्षपनि आँपको बिरुवा वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.