logo

महानगरमा एक घर एक सदस्यकालागि पिसीआर परिक्षण निशुल्क हुन्छ , उडन्ते हल्लाको भर नपर्न महानगरको अपिल

      7/11/2020 गते 00 00 मा प्रकाशित     1492   पटक पढिएको

नारायणी अस्पतालमा पिसीआर परिक्षण गर्नकालागि प्रकाशीत सूचनाको बारेमा बीरगंज महानगरपालिकाले आफनो  ध्यानाकर्षण भएको जनाएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित सबै प्रदेशमा एक एक अस्पताल गरि अन्य ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।

 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले एक बिज्ञप्ति जारी प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख गर्नु भएको थियो ।

 

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले निर्देशिका बाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिइने जानकारी दिनु भयो  ।

 

संघीय सरकारले नै प्रोटोकल भन्दा बाहिरका ब्यक्तिहरुले चाहेमा शुल्क लिएर परिक्षणको ब्यवस्था मिलाएको बिषयलाई लिएर बीरगंजमा सामाजिक संजाल मार्फत बीरगंज महानगरपालिका र महानगरप्रमुखका सन्दर्भमा नकारात्मक टिप्पणी भएपछि महानगर प्रमुखको सचिवालयले यस बिषयमा आफनो दृष्टिकोण सार्वजनीक गरेको छ । 


सचिवालयका तर्फबाट महानगर प्रमुख बिजय कुमार सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले सामाजिक संजाल मार्फत सशुल्क कोरोना भाइरसको परिक्षणको सूचनासंग महानगरपालिकाको कुनै सरोकार नरहेको प्रष्ट पार्नु भएको छ ।

 

 केन्द्र सरकारको मातहतमा रहेको नारायणी अस्पतालले केन्द्र सरकारको स्वास्थ्य मंत्रालयको  निर्देशन अनुरुप सशुल्क परिक्षणको सूचना गरेको र त्यो केन्द्रीय सरकारको नीति रहेको स्पष्ट पार्नु भएको छ ।

 

उहाँले बीरगंज महानगरपालिकाले महानगर प्रमुख सरावगीको प्रतिवद्धता अनुरुप  कोरोना भाइरसको संक्रमणको परिक्षण निशुल्क गर्ने कुरा पून दोर्याउनु भएको छ । 


निशुल्क परिक्षणकालागि आवश्यक तयारी भएको राजनीतिक सल्लाहकार द्विवेदीले बताउनु भएको छ । वडाहरुमा स्वाब संकलन केन्द्र तोकिएको छ । अन्य ब्यवस्थाहरु पनि मिलाइएकोले आउने हप्ताबाट परिक्षण हुरु हुने उहाँले लेख्नु भएको छ ।

 

उहाँले महानगरवासीलाई आश्वस्त पार्दै एक घर एक सदस्यको कोरोना भाइरसको संक्रमण परिक्षण निशुल्क हुन्छ त्यस बिषयमा कुनै शंका नलिन समेत आग्रह गनुृ भएको छ । उहाँले नागरिक रक्षाकोलागि महानगर प्रमुख सरावगीले गर्नु भएको प्रतिवद्धता प्रति उहाँ अटल हुनुहुन्छ त्यस कारण यस बिषयमा कसैलाई पनि भ्रममा नपर्न उहाँले आग्रह गर्नु भएको छ ।

 

शुल्क सहितको पिसीआर परिक्षणको बिषयलाई लिएर महानगर प्रमुखको नाममा सामाजिक संजालमा जे जस्ता उडन्ते र हावादारी नकारात्मक टिप्पणी गरिएका छन महानगर प्रमुखको सचिवालयले सार्वजनीक गरेको यो दृष्टिकोणले त्यस्ता टिप्पणी र टिप्पणकर्तालाई जवाफ मिलेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.