logo

महानगरमा एक घर एक सदस्यकालागि पिसीआर परिक्षण निशुल्क हुन्छ , उडन्ते हल्लाको भर नपर्न महानगरको अपिल

      7/11/2020 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

नारायणी अस्पतालमा पिसीआर परिक्षण गर्नकालागि प्रकाशीत सूचनाको बारेमा बीरगंज महानगरपालिकाले आफनो  ध्यानाकर्षण भएको जनाएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित सबै प्रदेशमा एक एक अस्पताल गरि अन्य ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।

 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले एक बिज्ञप्ति जारी प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख गर्नु भएको थियो ।

 

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले निर्देशिका बाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिइने जानकारी दिनु भयो  ।

 

संघीय सरकारले नै प्रोटोकल भन्दा बाहिरका ब्यक्तिहरुले चाहेमा शुल्क लिएर परिक्षणको ब्यवस्था मिलाएको बिषयलाई लिएर बीरगंजमा सामाजिक संजाल मार्फत बीरगंज महानगरपालिका र महानगरप्रमुखका सन्दर्भमा नकारात्मक टिप्पणी भएपछि महानगर प्रमुखको सचिवालयले यस बिषयमा आफनो दृष्टिकोण सार्वजनीक गरेको छ । 


सचिवालयका तर्फबाट महानगर प्रमुख बिजय कुमार सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले सामाजिक संजाल मार्फत सशुल्क कोरोना भाइरसको परिक्षणको सूचनासंग महानगरपालिकाको कुनै सरोकार नरहेको प्रष्ट पार्नु भएको छ ।

 

 केन्द्र सरकारको मातहतमा रहेको नारायणी अस्पतालले केन्द्र सरकारको स्वास्थ्य मंत्रालयको  निर्देशन अनुरुप सशुल्क परिक्षणको सूचना गरेको र त्यो केन्द्रीय सरकारको नीति रहेको स्पष्ट पार्नु भएको छ ।

 

उहाँले बीरगंज महानगरपालिकाले महानगर प्रमुख सरावगीको प्रतिवद्धता अनुरुप  कोरोना भाइरसको संक्रमणको परिक्षण निशुल्क गर्ने कुरा पून दोर्याउनु भएको छ । 


निशुल्क परिक्षणकालागि आवश्यक तयारी भएको राजनीतिक सल्लाहकार द्विवेदीले बताउनु भएको छ । वडाहरुमा स्वाब संकलन केन्द्र तोकिएको छ । अन्य ब्यवस्थाहरु पनि मिलाइएकोले आउने हप्ताबाट परिक्षण हुरु हुने उहाँले लेख्नु भएको छ ।

 

उहाँले महानगरवासीलाई आश्वस्त पार्दै एक घर एक सदस्यको कोरोना भाइरसको संक्रमण परिक्षण निशुल्क हुन्छ त्यस बिषयमा कुनै शंका नलिन समेत आग्रह गनुृ भएको छ । उहाँले नागरिक रक्षाकोलागि महानगर प्रमुख सरावगीले गर्नु भएको प्रतिवद्धता प्रति उहाँ अटल हुनुहुन्छ त्यस कारण यस बिषयमा कसैलाई पनि भ्रममा नपर्न उहाँले आग्रह गर्नु भएको छ ।

 

शुल्क सहितको पिसीआर परिक्षणको बिषयलाई लिएर महानगर प्रमुखको नाममा सामाजिक संजालमा जे जस्ता उडन्ते र हावादारी नकारात्मक टिप्पणी गरिएका छन महानगर प्रमुखको सचिवालयले सार्वजनीक गरेको यो दृष्टिकोणले त्यस्ता टिप्पणी र टिप्पणकर्तालाई जवाफ मिलेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.