logo

पप्पु फेरी कालोसूचीमा,छोरासंगै पहल गरेर एकटांगाको तिलावे पूल निर्माण गराईदिन स्थानीयको सुझाव

      7/10/2020 गते 00 00 मा प्रकाशित     1455   पटक पढिएको

 पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको हो । तर अहिले यो कन्स्ट्रक्सन छोरा सुमित रौनियारले सम्हालेका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभी समेत कालोसूचीमा परेको छ ।

 

अनुगमन कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।

 

पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप पप्पुलाई छ । साथै सरकारी स्रोतको दुरुपयोग गरेको पाइएपछि २ वटा आयोजनाले एकैपटक बाम्तीका विश्वास झा सहित सुमीत रौनियारलाई कालोसूचीमा राखिएको हो ।

यस्तै सो कार्यालयले विजी कन्सट्रक्सन चांगुनारायण भक्तपुरका गौतम दुलाल र श्रीहरि सेतीदेवी जेभी मनहरि मकवानपुरका हरिहर चौलागाईलाई समेत एकवर्षका लागि कालोसूचीमा राखेको छ ।

विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र  छ । नेपाल भारत सीमा नजिक सहज यातायात आवगमनका लागि निर्माण भइरहेको हुलाकी राजमार्गमा सरकारकै भाषामा भन्ने हो भने चरम लापरबाही हुँदै आएको छ ।

 

सो आयोजनाको योजना कार्यालय कपिलवस्तुले २ खण्डको काममा लापरबाही भएको ठहरसहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो ।  तराईको लाइफ लाईन हुलाकी सडक बनाएन भनेर काठमाण्डौलाई धारेहात लाउनेहरु ठेक्का लिएर सडक निर्माण नगरि अलपत्र छोडने पप्पुहरुका बारेमा भने केही बोल्दैनन । 


यस अघि सांसद रौनीयारको कम्पनी ५ फागुण २०७६ मा उपत्यका सडक बिस्तार आयोजनाको काम समयमै र गुणस्तरीय नगरेका कारण ३ वर्षकालागि कालोसूचीमा परेको थियो । काठमाण्डौको तीन कुनेको पूल निर्माणमा गरेको लापरवाहीका कारण  पनि कालो सूचीमा परेको थियो ।

 

०७५ कार्तिकमा सिक्टा सिचाईको डुडुवा नहर निर्माणमा ढिलाई गरेका कारण पनि पप्पु कालोसूचीमा परेको थियो । हुलाकी सडक निर्माणमा गरेको लापरवाहीका कारण ०७६ माघमा पनि पप्पु र रमण दुबै कालो सूचीमा परेका थिए । 


पप्पुका तत्कालीन प्रवन्ध निर्देशक हरिनारायण रौनीयारको पहलमा सकड बन्यो,अस्पताल बन्यो जस्ता समाचार आइरहेका हुन्छन । रौनीयरको यो पहलकदमी अव  छोराको कम्पनी तर्फ केन्द्रीत हुनु पर्ने बिशलेषकहरुले टिप्पणी गरेका छन । 


रौनीयारले आफनै छोराले  लिएको ठेक्का का काम बेलैमा गर्न पहल गरिदिए पर्साबासीको आर्शिवाद लाग्ने उनीहरुको टिप्पणी छ । 
पप्पु कन्स्ट्रक्सन प्रालिले गृहजिल्ला पर्सामा ठेक्का लिएको पुल निर्माण नौ वर्षदेखि अलपत्र छ। रौनीयार आफै कम्पनीको प्रवन्धक हुदा लिएको ठेक्का हो पर्साको पर्सागढी नगरपालिका–९ एकटाङगास्थित तिलावे नदीको पुल   ।

 

 सडक विभागले ०६८ साल साउन २७ गते पप्पु कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल ०७० साल साउन २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। अहिले सम्म बनेको छैन । निलम्वित सांसद रौनीयारलाई  कम्पनीका प्रवन्धक छोरा सुमीत रौनीयारसंग पहल गरेर पूल निर्माण गराईदिन स्थानीयले सुझाव समेत दिएका छन ।  


०७४ असोज १९ मा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र  छोरा सुमित विरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । पप्पु कन्स्ट्रक्सनका मालिकका रूपमा रौनियारविरुद्ध मुद्दा दायर भएको थियो । बबई नदीमा निर्माण भएको पुलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

 

निर्माण भएको केही महिनामा नै पुल भत्किएको थियो । त्यही मुद्धाका कारण रौनीयार सासंसद पदबाट निलम्वित हुनु भएको हो ।  पप्पु कन्स्ट्रक्सन हाल छोरा सुमितको नाममा छ । पप्पुले नै रौतहटको गौरमा पुल निर्माणमा ढिलाइ गर्दा डुंगामार्फत खोला तर्न बाध्य स्थानीय  दुर्घटनामा परेका थिए । ९ भदौ ०७५ मा भएको डुंगा दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.