logo

१५ करोडको लागतमा रौनीयारले स्थापना गरेको कम्पनीले बनाएको जनता रोड, खुशी भएका जनता दिक्क मान्दैछन

      7/9/2020 गते 00 00 मा प्रकाशित     1733   पटक पढिएको


तस्विरमा देखिएको सडक पर्सा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जनता सडकको हो । पर्साको उत्तर तर्फ बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको जीतपुर बजार देखी पश्चिम ठोरी सम्म पुग्ने जनता सडक निर्माण संगै भत्किन शुरु भएको थियो ।

 

 
जीतपुर देखी रंगपुर सम्मको यो सडक बिश्व बैंकको सहयोगमा (एसएनआरटीपी  ) परियोजनाको पहिलो फेजमा निर्माण भएको हो । 


जीतपुर देखी रंगपुर सम्मको १५ किलोमिटर सडक नेपालको चर्चित निर्माण कम्पनी पप्पु कन्सट्रक्शनले १५ करोड ८२ लाखमा ठेक्का सकार गरेर बनाएको हो । यो सडक जुन २०१७ मा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो ।

 

निर्माण कम्पनीको ढिलाईका कारण (एस्एनआरटीपी) दोश्रो फेज रंगपुरदेखी सुवर्णपुर सम्मको करिब १७ किलोमिटरको सडक निर्माण गर्ने परियोजनाबाट बिश्व बैकले हात झिक्यो । २०१९ मा मात्र निर्माण सम्पन्न भएर हस्तान्तरण भएको सडक एक वर्ष नपुग्दै भत्किन थालेको छ ।

 

निर्माण भएको चार महिना नबित्दै सडक भत्कि थालेको थियो । त्यतीबेला पनि संचारमाध्यमले पप्पु कन्स्ट्रक्शनको गुणहिस्तरहिन निर्माणको बारेमा समाचार लेखेका थिए । जीतपुर अगाडिको टेढा गाउँमा स्थानीयले पप्पुका बिरुद्ध जुलुश नै निकालेका थिए । 

 

नेपालको चर्चित पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका देशका अधिकाशं सडक, पुल समयमा पुरा नभएको गुनासो सर्वेत्र छ । अझ, गुणस्तर हिन काम भएको त कयैन उदाहरणै छन् । त्यसमध्येको एउटा, पर्साको उत्तर पश्चिमी थारुवान क्षेत्रको जीवन रेखाको रुपमा रहेको जनता सडक । 

 

पर्सा जिल्लाको जनता सडकको कालोपत्र भत्किएर खाल्डो भई सवारी आवागमनमा समस्या भएको छ।   जीतपुर–रङ्गपुर हुँदै ठोरीसम्म सञ्चालित जनता सडकको कालोपत्र ठाउँ–ठाउँमा भत्किएको छ। 


    टेढा, मिलनचोक, सबैया, बडनिहार, मनवा, खजुरिया, रङ्गपुरलगायतका ठाउमा  सडक बिग्रिएको कारण सवारी आवागमनमा निकै समस्या भएको स्थानीयको भनाई छ । नेपालको यो चर्चित निर्माण कम्पनी पर्साकै हो ।

 

पर्साको क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित तर निर्माणको काममा भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेका हरिनारायण रौनीयारले खडा गरेको कम्पनी हो पप्पु । ठेक्का लिने, बेलैमा काम नगर्ने  पप्पुको बिशेषता भएको ।

गुणस्तरहिन काम , ठेक्कादातालाई बिभिन्न समस्या देखाएर दैनीक पत्राचार गर्ने , साइटमा नागरिकलाई आन्दोलीत गराउने साइट क्लीयर छैन भन्ने देखाउने ,कामै नगर्ने गर्नु पर्दा ढिलो गर्ने जसका कारण जनताले सास्ती खेप्ने र नयाँ अवसर गुमाउने अवस्था बन्छ । पप्पु कन्सट्रक्शनले नेपाली जनतालाई यही दिएको छ ।

 

यतिवेला निलम्वित साँसद हारिनारायण रौनीयारले आफू कम्पनीबाट अलग भएर राजनीतिमा लागेको बताउने गर्नुृ भएको छ । उहाँले यसो भने पनि पप्पुसंग जोडिएका कतिपय काममा उहाँकै संलग्नता र सहभगिता भने जारी नै छ । उहाँले नेतृत्व लिदा पनि बिकासका काममा अवरोध सृजना भयो । अहिले उहाँका सुपुत्र सुमीत रौनीयारले कम्पनीको बागडोर समाते पनि कुरा उस्तै छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.