logo

१५ करोडको लागतमा रौनीयारले स्थापना गरेको कम्पनीले बनाएको जनता रोड, खुशी भएका जनता दिक्क मान्दैछन

      7/9/2020 गते 00 00 मा प्रकाशित     1910   पटक पढिएको


तस्विरमा देखिएको सडक पर्सा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जनता सडकको हो । पर्साको उत्तर तर्फ बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको जीतपुर बजार देखी पश्चिम ठोरी सम्म पुग्ने जनता सडक निर्माण संगै भत्किन शुरु भएको थियो ।

 

 
जीतपुर देखी रंगपुर सम्मको यो सडक बिश्व बैंकको सहयोगमा (एसएनआरटीपी  ) परियोजनाको पहिलो फेजमा निर्माण भएको हो । 


जीतपुर देखी रंगपुर सम्मको १५ किलोमिटर सडक नेपालको चर्चित निर्माण कम्पनी पप्पु कन्सट्रक्शनले १५ करोड ८२ लाखमा ठेक्का सकार गरेर बनाएको हो । यो सडक जुन २०१७ मा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो ।

 

निर्माण कम्पनीको ढिलाईका कारण (एस्एनआरटीपी) दोश्रो फेज रंगपुरदेखी सुवर्णपुर सम्मको करिब १७ किलोमिटरको सडक निर्माण गर्ने परियोजनाबाट बिश्व बैकले हात झिक्यो । २०१९ मा मात्र निर्माण सम्पन्न भएर हस्तान्तरण भएको सडक एक वर्ष नपुग्दै भत्किन थालेको छ ।

 

निर्माण भएको चार महिना नबित्दै सडक भत्कि थालेको थियो । त्यतीबेला पनि संचारमाध्यमले पप्पु कन्स्ट्रक्शनको गुणहिस्तरहिन निर्माणको बारेमा समाचार लेखेका थिए । जीतपुर अगाडिको टेढा गाउँमा स्थानीयले पप्पुका बिरुद्ध जुलुश नै निकालेका थिए । 

 

नेपालको चर्चित पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका देशका अधिकाशं सडक, पुल समयमा पुरा नभएको गुनासो सर्वेत्र छ । अझ, गुणस्तर हिन काम भएको त कयैन उदाहरणै छन् । त्यसमध्येको एउटा, पर्साको उत्तर पश्चिमी थारुवान क्षेत्रको जीवन रेखाको रुपमा रहेको जनता सडक । 

 

पर्सा जिल्लाको जनता सडकको कालोपत्र भत्किएर खाल्डो भई सवारी आवागमनमा समस्या भएको छ।   जीतपुर–रङ्गपुर हुँदै ठोरीसम्म सञ्चालित जनता सडकको कालोपत्र ठाउँ–ठाउँमा भत्किएको छ। 


    टेढा, मिलनचोक, सबैया, बडनिहार, मनवा, खजुरिया, रङ्गपुरलगायतका ठाउमा  सडक बिग्रिएको कारण सवारी आवागमनमा निकै समस्या भएको स्थानीयको भनाई छ । नेपालको यो चर्चित निर्माण कम्पनी पर्साकै हो ।

 

पर्साको क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित तर निर्माणको काममा भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेका हरिनारायण रौनीयारले खडा गरेको कम्पनी हो पप्पु । ठेक्का लिने, बेलैमा काम नगर्ने  पप्पुको बिशेषता भएको ।

गुणस्तरहिन काम , ठेक्कादातालाई बिभिन्न समस्या देखाएर दैनीक पत्राचार गर्ने , साइटमा नागरिकलाई आन्दोलीत गराउने साइट क्लीयर छैन भन्ने देखाउने ,कामै नगर्ने गर्नु पर्दा ढिलो गर्ने जसका कारण जनताले सास्ती खेप्ने र नयाँ अवसर गुमाउने अवस्था बन्छ । पप्पु कन्सट्रक्शनले नेपाली जनतालाई यही दिएको छ ।

 

यतिवेला निलम्वित साँसद हारिनारायण रौनीयारले आफू कम्पनीबाट अलग भएर राजनीतिमा लागेको बताउने गर्नुृ भएको छ । उहाँले यसो भने पनि पप्पुसंग जोडिएका कतिपय काममा उहाँकै संलग्नता र सहभगिता भने जारी नै छ । उहाँले नेतृत्व लिदा पनि बिकासका काममा अवरोध सृजना भयो । अहिले उहाँका सुपुत्र सुमीत रौनीयारले कम्पनीको बागडोर समाते पनि कुरा उस्तै छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.