logo

प्रदेश संचार ऐनका बिषयमा बोल्यो पत्रकार महासंघ, ऐन अवज्ञाको अवस्था नआओसः महासंघ

      7/7/2020 गते 00 00 मा प्रकाशित     1200   पटक पढिएको

प्रदेश सभा २ ले सर्वसम्मत रुपमा गतहप्ता पारित गरेको प्रदेश संचार समबन्धी ऐन २०७७ प्रति नेपाल पत्रकार महासंघ प्रदेश  समिति २ ले आफनो ध्यानाकर्षण भएको जनाएको छ । 

 


महासंघका महासचिव किरण कर्णले आज एक बिज्ञप्ति जारी गर्दै प्रदेश सरकारले ल्याएको संचार ऐन पूर्वाग्रह सहित नेपाल पत्रकार महासंघलाई निषेध गर्ने मनोदशा र कुण्ठाबाट प्रेरित रहेको टिप्पणी गरेको छ । 

 


एउटै कानूनमा दुईवटा अर्ध न्यायीक निकायहरु खडा गरेर संचार माध्यम र संचारकर्मीलाई दण्डीत गर्ने मनसुवा सहित गरिएका प्रवन्धहरुले आम संचार क्षेत्रलाई नियन्त्रित र नियोजित गर्ने प्रयत्न गरेको देखिन्छ । 


आमसंचार  प्राधिकरण, मिडिया काउन्सिल र मापदण्ड निर्धारण समिति निर्माण गर्ने त्यसमा आफना अनुकलुका मान्छेहरु भर्ती गर्ने प्रपञ्चबाट ऐन निर्माण गरिएको छ ।

 

मान्छेको अनुहार अगाडि राखेर ति संरचनामा नियुक्तिका मापदण्डहरु तयार पारिएको छ ।  ऐनको यो खाले प्रवन्धहरुलाई स्वीकार गर्न सकिने अवस्था नरहेको महासंघले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

 

ऐन अनुसार दर्ता हुनु नपर्ने संचार माध्यमको दर्ता नविकरण नगर्ने प्रवन्ध राखेर बौद्धिक दिवालीयापन समेत प्रर्दशन गरिएको छ । बिदेशी संचार माध्यमका प्रतिनिधिलाई प्रेस पास दिने प्रवन्ध गरेको सरकारले यो ऐन अनुसार प्रदेश २ का पत्रकारलाई प्रेस पास दिने प्रवन्ध नै राखेको छैन । 


प्राधिकरणलाई मनासिव माफिकको क्षतीपूर्ती भराईदिन पाउने गरि असिमति अधिकार दिएर प्रदेश २ मा संचालनमा रहेको स्वरोजगारमुलक संचार माध्यमको गर्दनमा तरवार झूण्ड्याउने प्रवन्ध अहिले पारित गरेको कानूनले गरेकोले संचारगृहका संचालकहरु पनि समस्यामा पर्ने देखिन्छ ।

 

एक त श्रमजीवी पत्रकारलाई कारवाही गर्ने र उनीहरुलाई जरिवाना गराउने प्रवन्धले कानूनी रुपमै श्रमजीवी पत्रकारलाई संकटमा पार्न खोजिएको छ । त्यसमाथि संचार माध्यमले यो गर्न हुने र नहुने भनेर घुमाउरो पारामा बन्देजका प्रवन्धहरु गरिएको छ । प्रदेशको सार्वभौमसत्ताको कुरा गरेर यो ऐनले नेपालको सार्वभौमसत्ताको बिषयमा गम्भिर प्रश्न खडा गरेको छ । 


नेपाल पत्रकार महासंघ प्रदेश २ समिति यस्ता प्रवन्धहरु सहित आएको प्रदेश संचार ऐन प्रति गम्भिर असहमती राख्दै महासंघका असहमतीहरुलाई सम्बोधन गर्न माँग गर्दछ भनिएको छ ।

 

महासंघले आफना कुराको सुनवाई नभए आन्दालनमा जानेर प्रदेश संचार ऐनको अवज्ञा गर्ने बाहेकको बिकल्प नहरेको बिज्ञप्तिमा जनाइएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.