logo

साइकल खरिद प्रकरण, मुख्यमंत्री राउतलाईलाई राजीनामा दिन चौतर्फी दवाव, प्रमाण लोप गर्न सक्ने आशंका 

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ३ गते ०४: २२ मा प्रकाशित     902   पटक पढिएको

भ्रष्टाचार ठहर भए राजीनामा दिन्छुू भन्ने सीएमः साहेब अब के गर्ने ?अख्तियारले भनिसक्यो , भ्रष्टाचार गरेको हो भनेर । लोसपाका युवा नेता मुकेश द्विवेदीले आफनो फेसबुक पेजमा स्टाटस लेखेका छन ।

उनको  स्टाटसमा आएका प्रतिक्रियामा राजीनामा नै उचित मार्ग भन्ने सन्देश छ । ब्यङ्य र आक्रोश पनि उतिकै छ । 

यसैवीच प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले  पनि मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन । 

प्रदेश २ मा सञ्चालित सम्भवत  सबैभन्दा बढी चर्चा पाएको , नेपालको राष्ट्रपती बिद्यादेवी भण्डारीले खुलेर प्रशंसा गरेको  सरकारी योजना ‘बेटी पढाऊ, बेटी बचाऊ’  मा अनियमितताको शङ्का गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १५ असोजमा मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागतपत्रहरू नियन्त्रणमा लिएको थियो।


मुख्यमन्त्री कार्यालयले चार चरणमा गरी ४१ हजार २ सय ६२ थान साइकल खरिदमा भएको झन्डै २९ करोड खर्चविरुद्ध उजुरी परेको थियो । त्यही उजुरीका आधारमा भएको छानवीनमा भ्रष्टाचार भएको देखिएको हो । 

 

अख्तियारले छापामारेर कागजपत्र नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउतले  “अख्तियारले छापा मार्ने तरीका ठीक भएन। जुन हिसाबले अख्तियारले छापा मार्‍यो, त्यो फट्याइँ हो,” भनेका थिए ।


उनले अख्तियारले छापा हाने लगत्तै पनि मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरेर मुख्यमंत्री राउतले  “सहज तरीकाले आएर फाइल मागेको भए हामी दिन्थ्यौं। तर, छापामार शैलीमा आउनु प्रदेश सरकारमाथिको षड्यन्त्र हो।” भनेका थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि गरेपछि मुख्यमंत्री राउतको राजीनामाको माँगले गती समातेको छ ।

 

साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे देखी नै  मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको थियो।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले  प्रथम चरणको अनुसन्धानमा भ्रष्टाचार भएको पुष्टि गरेको छ । भेष्टाचार भएको पुष्टि भएकोले मुख्यमंत्रीले राजीनामा दिनु पर्ने आवाज उठन थालेको हो । पदमा बसेर प्रमाण नष्ट गर्न सक्ने भएकोले मुख्यमंत्रीले  राजीनमा दिनु पर्नेमा जोड दिन थालिएको छ ।

 

 भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दालाई कमजोर बनाउनकालागि  प्रमाण लोप गर्न सक्ने भएकोले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने आवाज जोडले उठेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.