logo

स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान  गठनः  महानगरप्रमुख सरावगी   

 इसीमाना सम्वाददाता     २०७८ असोज २१ गते ०४: ५३ मा प्रकाशित     887   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र संम्बद्र्धनमा पनि वीरगन्ज महानगरपालिका पहिलो स्थानीय तह रहेको बताएका छन  ।

 

भोजपुरी प्रतिष्ठानको कार्यालय उदघाटन गर्दै महानगर प्रमुख सरावगीले स्थानीय सकारले गर्नुपर्ने प्राथामिकताका कामहरु मध्य स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान गठन पनि एक भएको बताए ।

 

भाषाको बिकास र सम्बद्र्धन गर्ने उद्धेश्यले प्रतिष्ठानको निर्माण गर्ने बीरगंज  पहिलो स्थानीय तह भएको बताए  ।

 

उनले कुनैपनि स्थानीय तहको विकासमा त्यहाँको भाषा, संस्कृति र समुदायको बिकासनै प्रमुख बिषय भएकोले  स्थानीय तहको बोलीचालीको भाषा भोजपुरीको अझ बढी विकास र सम्वद्र्धनका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको स्पष्ट पारे  ।

 

उनले अहिले तयारी भईरहेको जनगणनामा आपूmले बढी बोल्ने मातृभाषालाई  नै प्रमुख भाषाको रुपमा  उल्लेख गर्न आग्रह गरे ।   भोजपुरी भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका लागि प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गरे  ।

 

प्रतिष्ठानका लागि भवन शिलान्यास भईसकेको बताउदै उनले  भवन निर्माणका लागि महानगरपालिकाले बजेट पनि विनियोजन गरेको जानकारी दिए  ।

 

भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्वुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारी वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, , लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा भोजपुरी प्रतिष्ठानमा मोनित कार्यकारिणीसभाका सदस्यहरुलाई मनोनयन पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार तथा प्रतिष्ठानका सदस्य  रितेश त्रिपाठीले गरेका थिए  ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.