logo

स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान  गठनः  महानगरप्रमुख सरावगी   

 इसीमाना सम्वाददाता     २०७८ असोज २१ गते ०४: ५३ मा प्रकाशित     1003   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले स्थानीय भाषा, संस्कृति संरक्षण र संम्बद्र्धनमा पनि वीरगन्ज महानगरपालिका पहिलो स्थानीय तह रहेको बताएका छन  ।

 

भोजपुरी प्रतिष्ठानको कार्यालय उदघाटन गर्दै महानगर प्रमुख सरावगीले स्थानीय सकारले गर्नुपर्ने प्राथामिकताका कामहरु मध्य स्थानीय भाषा र संस्कृति संरक्षणका लागि भोजपुरी प्रतिष्ठान गठन पनि एक भएको बताए ।

 

भाषाको बिकास र सम्बद्र्धन गर्ने उद्धेश्यले प्रतिष्ठानको निर्माण गर्ने बीरगंज  पहिलो स्थानीय तह भएको बताए  ।

 

उनले कुनैपनि स्थानीय तहको विकासमा त्यहाँको भाषा, संस्कृति र समुदायको बिकासनै प्रमुख बिषय भएकोले  स्थानीय तहको बोलीचालीको भाषा भोजपुरीको अझ बढी विकास र सम्वद्र्धनका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन गरेको स्पष्ट पारे  ।

 

उनले अहिले तयारी भईरहेको जनगणनामा आपूmले बढी बोल्ने मातृभाषालाई  नै प्रमुख भाषाको रुपमा  उल्लेख गर्न आग्रह गरे ।   भोजपुरी भाषा, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासका लागि प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गरे  ।

 

प्रतिष्ठानका लागि भवन शिलान्यास भईसकेको बताउदै उनले  भवन निर्माणका लागि महानगरपालिकाले बजेट पनि विनियोजन गरेको जानकारी दिए  ।

 

भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्वुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, पर्सा अध्यक्ष अनुप तिवारी वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, , लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा भोजपुरी प्रतिष्ठानमा मोनित कार्यकारिणीसभाका सदस्यहरुलाई मनोनयन पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार तथा प्रतिष्ठानका सदस्य  रितेश त्रिपाठीले गरेका थिए  ।   

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.