logo

घण्टाघर बम बिष्फोटकाण्डमा मुख्य नाइके साढे दुई वर्ष पछि पक्राउ,पर्सा प्रहरीले पायो ठुलो सफलता

 इसीमाना सम्वाददाता     २०७८ भदौ २८ गते ०६: ५८ मा प्रकाशित     918   पटक पढिएको

नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

 

वीरगंज महानगरपालिका २४ का ३३ वर्षीय फुलहसन अन्सारीलाई प्रहरीले सोमवार बिहान बीरगंज महानगरपालिका वडा नं २४को रामगढवा बाट पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारी २०७६ साउन २४ गते वीरगंज–४ स्थित बिर्ता बजारमा तथा २८ गते वडा नम्बर ८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पडकाउने गिरोहका नाइके हुन्।

सोही  घटनामा संलग्न वीरगंज–२४ का इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली तथा सुतली बम  सहित पक्राउ परेका थिए।

 

मुख्य योजनाकार फुलहसन भने भारतमा लुकिछिपी बस्दै आएका थिए। उक्त घटनामा संलग्न तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ। तीनै जना कैद सजाय भोगिरहेका छन्। कैद भोग्नै तीनै जना फूल सनकै परिवारका सदस्य हुन । 


पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक  ओमप्रकाश खनालका अनुसार अन्सारी फुलहसनको हकमा मुद्दा मुल्तबी रहेको थियो।

 

उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाएर बसेको खुलेको डिएसपी खनालले जानकारी दिए।

‘बेलाबखतमा भारतीय बजार रक्सौल आएर वीरगंजका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्दै आइरहेका फूलहसनले केही दिनभित्रै वीरगंजमा घटना घटाउने योजना बनाएको सूचना आएपछि पर्सा प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा उनको खोजी गरिरहेको प्रवक्ता खनालले बताए । 

सर्वस्वसहित जन्मकैदको पाएका थिए सजाय

फुलहसन २०६५ पुस ७ गते वीरगंज–१३ का राजेश क्याललाई गोली हानी हत्या गर्ने घटनामा पनि संलग्न थिए। प्रहरीले उनलाई १० दिनपछि पुस १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो। उक्त घटनामा फुलहसनविरुद्ध तीन तहकै अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो।

कैद भुक्तान गरिरहेका उनलाई दसैंको अवसरमा सरकारले २०७४ असोज ८ गते ५६ प्रतिशत कैद बाँकी हुदा कैद मिनाहा गरेको थियो। जेलबाट छुटेपछि उनी पुनः आपराधिक कृयाकलापमा संलग्न हुँदै आएको डिएसपी खनालले जानकारी दिए।

अभियुक्तलाई विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा सङ्गठित अपराध अभियोगमा कारबाही अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.