logo

घण्टाघर बम बिष्फोटकाण्डमा मुख्य नाइके साढे दुई वर्ष पछि पक्राउ,पर्सा प्रहरीले पायो ठुलो सफलता

 इसीमाना सम्वाददाता     २०७८ भदौ २८ गते ०६: ५८ मा प्रकाशित     1038   पटक पढिएको

नेपालमा जघन्य अपराधका घटनामा संलग्न भई भारतमा लुकेर बसेका एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

 

वीरगंज महानगरपालिका २४ का ३३ वर्षीय फुलहसन अन्सारीलाई प्रहरीले सोमवार बिहान बीरगंज महानगरपालिका वडा नं २४को रामगढवा बाट पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारी २०७६ साउन २४ गते वीरगंज–४ स्थित बिर्ता बजारमा तथा २८ गते वडा नम्बर ८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पडकाउने गिरोहका नाइके हुन्।

सोही  घटनामा संलग्न वीरगंज–२४ का इनुस अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली तथा सुतली बम  सहित पक्राउ परेका थिए।

 

मुख्य योजनाकार फुलहसन भने भारतमा लुकिछिपी बस्दै आएका थिए। उक्त घटनामा संलग्न तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ। तीनै जना कैद सजाय भोगिरहेका छन्। कैद भोग्नै तीनै जना फूल सनकै परिवारका सदस्य हुन । 


पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक  ओमप्रकाश खनालका अनुसार अन्सारी फुलहसनको हकमा मुद्दा मुल्तबी रहेको थियो।

 

उनी भारतको मुजफ्फरपुरमा आफ्नो नाम र पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाएर बसेको खुलेको डिएसपी खनालले जानकारी दिए।

‘बेलाबखतमा भारतीय बजार रक्सौल आएर वीरगंजका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्दै आइरहेका फूलहसनले केही दिनभित्रै वीरगंजमा घटना घटाउने योजना बनाएको सूचना आएपछि पर्सा प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा उनको खोजी गरिरहेको प्रवक्ता खनालले बताए । 

सर्वस्वसहित जन्मकैदको पाएका थिए सजाय

फुलहसन २०६५ पुस ७ गते वीरगंज–१३ का राजेश क्याललाई गोली हानी हत्या गर्ने घटनामा पनि संलग्न थिए। प्रहरीले उनलाई १० दिनपछि पुस १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो। उक्त घटनामा फुलहसनविरुद्ध तीन तहकै अदालतबाट सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो।

कैद भुक्तान गरिरहेका उनलाई दसैंको अवसरमा सरकारले २०७४ असोज ८ गते ५६ प्रतिशत कैद बाँकी हुदा कैद मिनाहा गरेको थियो। जेलबाट छुटेपछि उनी पुनः आपराधिक कृयाकलापमा संलग्न हुँदै आएको डिएसपी खनालले जानकारी दिए।

अभियुक्तलाई विस्फोटक पदार्थ खरखजाना सम्बन्धी कसुर तथा सङ्गठित अपराध अभियोगमा कारबाही अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.