logo

पोखरियामा आश्चार्यजनक आगलागी

      12/16/2019 गते 00 00 मा प्रकाशित     726   पटक पढिएको

 वीरगन्ज, १ पुस । पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ मा गएराति आश्चार्यजनक रुपमा आगलागीको घटना भएको छ । राति करिब ९ बजेदेखि पोखरिया नगरपालिकाको वडा नम्बर ४ र ५ को विभिन्न ११ स्थानमा एकैपटक आगलागी भएको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले जानकारी दिनुभयो ।

आगलागीबाट मानवीय क्षति हुनबाट भने टरेको छ । परालको कुन्यु, मन्दिरमा बस्ने बाबाको कुटी तथा साना टहरा लगायत विभिन्न ११ ठाउँमा एकै पटक आगलागी हुँदा पोखरियावासी आश्चार्य चकित भएका छन् । यो घटनाले उनीहरु त्रसित पनि भएका छन् । मध्यराति १२ बजे पोखरिया नगरपालिकाको दमकल, वीरगन्ज महानगरपालिकाको दमकलको प्रयोग गरी स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।

आगलागी कसरी भयो भन्ने विषय भने अझै रहस्यमय नै छ । पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारका अनुसार राति करिब ९ बजे आगलागीको घटनाको जानकारी आएको र घटनास्थलमा पुगेर बुझ्दै गर्दा फेरी अर्को स्थानमा पनि आगलागी भयो भन्ने खबरले रातभर दौडधुप भयो । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहका अनुसार पहिलो पटक आगो शुरु हुनअघि एउटा मोटरसाईकलमा दुईजना भागेको स्थानीयले देखेको बताएका थिए । उनीहरुले नै आगो लगाएको हो कि भन्ने अनुमान लगाउन सकिने प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

यद्यपि उनीहरुको पनि खोजी भईरहेको उहाँले बताउनुभयो । धान भित्रयाउने सिजन भएकोले सडकको छेउको ठाउँ ठाउँमा राखिएको परालको थुप्रोमा आगो लागेको र पोखरियाको वडा नम्बर ४ मा रहेको प्रेम रामको पान पसलमा पनि आगो लागेको प्रहरी निरीक्षक सिंहको भनाई छ । परालमा लागेको आगोबाट पराल बाहेक अन्य क्षति नभएपनि पान पसलमा भने एकदेखि डेढलाख सम्मको क्षति भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

आश्चार्यजनक रुपमा भएको आगलागीको घटनाबाट पोखरियावासी निकै चिन्तामा रहेको पोखरिया नगरपालिकाका मेयर रौनियारले बताउनुभयो । यसअघि २०७२ सालमा पोखरियाकै सतवरियाको एकै वडामा अज्ञात रोगबाट २६ जनाको मृत्यु भएको घटनालाई आश्चार्यजनक रुपमा भएको आगलागीको घटनाले फेरी स्मरण गराईदिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.