logo

भारत र पाकिस्तानलाई एक-अर्कामाथिको आक्रमण रोक्न अमेरिकाको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २६ गते ०९: ५० मा प्रकाशित     1056   पटक पढिएको

काठमाडौँ । अमेरिकाले भारत र पाकिस्तानलाई एक-अर्कामाथिको आक्रमण रोक्न आग्रह गरेको छ । युद्धले कुनै पनि समाधान नदिने भन्दै अमेरिकाले दुई देशलाई यस्तो आग्रह गरेको हो ।

 

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले आफूहरू भारत र पाकिस्तान कसैको पक्षमा पनि नलाग्ने बताएका थिए । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले प्रेस ब्रिफिङका क्रममा युद्ध रोकिनुपर्ने बताइन् ।

 

'अमेरिकाको सन्देश यही हो कि हिंसा, सैन्य कारबाही तथा युद्ध बन्द हुनु आवश्यक छ । मध्यपूर्वमा यो सावित भइसकेको छ कि युद्धले कुनै पनि समाधान दिँदैन,' उनले भनेकी छन् ।

 

उनले पुस्तौँदेखि जारी समस्या समाधानका लागि कूटनीतिक रूपमा प्रयास गरिनुपर्ने बताइन् । उनले सेना र हिंसाले कुनै पनि समाधान नदिने दोहोर्‍याइन् ।

 

उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरीफसँग टेलीफोन कुराकानी गरेको बताइन् । त्यसक्रममा रुबियोले दुवै देशसँग युद्ध रोकेर वार्तामा जोड दिन आग्रह गरेका ब्रुसले बताइन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.