logo

शंखधर शाख्वः पार्कको औपचारिक उद्घाटन सम्पन्न, सर्वसाधारणका लागि खुला

 इसीमाना सम्वाददाता     २०८२ जेठ २४ गते ११: ४० मा प्रकाशित     1400   पटक पढिएको

वीरगंज । वीरगञ्ज महानगरपालिका–४ मा  “शंखधर शाख्व  पार्क” को संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर उद्घाटन गरेका छन ।

 

 उद्घाटनसगै यो पार्क फेरि सर्वसाधारणका लागि खुला भएको छ।

 

 १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको  अतिक्रमण हटाएपछि  करिब २ विघामा फैलिएको छ । अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रिया चलिरहेको छ। 


करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको छ। अब पार्कमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल र प्रभात यात्रा गर्न मिल्ने ट्र्याकसहितको सुविधा उपलब्ध छ ।

 

यस अघि ‘चिल्ड्रेन पार्क’ भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर शाख्व  को नाममा नामाकरण गरिएको हो।


उनी नेपालमा पहिलोपटक साझा अर्थतन्त्रको अवधारणा ल्याउने समाजसेवीका रूपमा चिनिन्छन् ।

 

वीरगञ्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मानस्वरूप पार्कलाई उनको नाममा समर्पण गरेको हो ।

 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार यो पार्क केवल सौन्दर्यकरणको परियोजना मात्रै नभइ, यो वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो हो। 

पार्कको चारैतिर सुरक्षाका लागि पर्खाल लगाइएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ।

 

लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए। अब यसको पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्नेछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.