logo

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २४ गते ०९: ५५ मा प्रकाशित     467   पटक पढिएको

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

 

भारतको कश्मिरको पहलगाममा २६ जनाको ज्यान जाने गरि  आतंकवादी हमला भएको २ हप्ता पछि भारतले यस्तो आक्रमण गरेको हो  । 

 

भारतको रक्षा मन्त्रालयले बिहान १.४४ बजे वक्तव्य जारी गरेर , भारतीय सशस्त्र बलले भारतमाथि आक्रमणको योजना बनाइएका पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मु–कश्मीरमा ती आतङ्कवादी केन्द्रहरुमा केही बेर अघि आक्रमण गरेको छ 

 

यस अपरेसनलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको छ। वक्तव्य अनुसार, उक्त कारबाहीका लागि आथतंकवादीका  नौवटा ठूला सेल्टरहरु चयन गरिएको वक्तब्यमा उल्लेख छ ।

 

भारत सरकारले आफनो आक्रमण सैन्य कार्यालयमा नभएको तर  कारबाही लक्षित, सन्तुलित र गैर उक्साहटपूर्ण रहेको जनाएको छ । कुनै पनि पाकिस्तानी सैन्य आधारशिविरलाई लक्ष्य बनाइएको छैन। भारतले लक्ष्यको छनोट र हमलाको तरिकामा अत्यन्त संयमता अपनाएको छ।”

 

वक्तव्यमा आक्रमण कहाँ -कहाँ गरिएको हो र कसरी गरिएको भन्ने खुलाइएको छैन। यद्यपि अनुमान गरिँदैछ कि हमलामा मिसाइल प्रयोग गरिएको थियो।

 

भारतीय सेनाको एक्स (पहिलेको ट्विटर)  १.५१ बजे  “न्याय भयो जय हिन्द” भन्दै पोस्ट गरिएको थियो ।  रक्षामन्त्री राजनाथ सिंहले २.४६ मा जय  “भारत माता की जय” लेखेका छन । 


भारतीय आक्रमणको प्रतिक्रियामा पाकिस्तानका सेनाका प्रवक्ताले एआरवाई न्यूजसँग भने कि पाकिस्तानले “आफ्नो छनोटको समय र स्थानमा जवाफ दिनेछ।”

भारतले बहावलपुरको अहमद ईस्ट क्षेत्रको सुब्हानुल्लाह मस्जिद, कोटली र मुज़फ़्फराबादमा मिसाइल हमला गरेको इन्टर सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले दाबी गरेका छन।

चौधरीले भने, “हाम्रा सबै वायुसेनाका विमानहरू उडिरहेको छन्। यो हमला भारतको हवाई सीमाभित्रबाट गरिएको कायरता र लज्जास्पद कार्य हो। भारतलाई पाकिस्तानको हवाई क्षेत्रमा छिर्न दिइएको थिएन।”


भारतले भनेको छ कि यो अपरेसन हालै पहलगाममा भएको आतङ्कवादी आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो। यो सन् २००८ को मुम्बई आक्रमणपछि सर्वसाधारणमाथिको सबैभन्दा ठूलो हमला थियो।

भारतीय रक्षा मन्त्रालयले भनेको छ, “हामी हाम्रो यो वाचा पूरा गर्छौं कि यस आक्रमणका जिम्मेवारहरूलाई सजाय दिइनेछ।”

द वायर हिन्दीबाट 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

तीन महिनामा प्रेस स्वतन्त्रता  हननका  ५९ घटना सार्वजनीक

काठमाडौँ । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.