logo

पर्सा निर्माण व्यवसायी संघ ,बहुमत सदस्यले गरे बेग्लै साधारणसभा, बिवादको चुरो यस्तो छ  

      12/15/2019 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

वीरगन्ज २९ मंसिर । निर्माण व्यवसायी संघ पर्साको आन्तरिक विवाद सतहमा पोखिएको छ । संघका २ समूहले बेग्लाबेग्लै साधारणसभा गरेर एकअर्कालाई आरोपप्रत्यारोप गरेका छन् ।

जिल्ला अध्यक्ष रामाकान्त चौरसियाको कार्यशैलीप्रति असन्तुष्ट प्रथम उपाध्यक्ष दिवाकर पटेलसहित बहुमत व्यवसायीले आइतबार वीरगञ्जमा बेग्लै साधारणसभा गरेका हुन् । 


प्रथम उपाध्यक्ष पटेलको अगुवाईमा असन्तुष्ट पक्षले वीरगञ्जको पदम पार्टी प्यालेसमा संघको १६ औं साधारणसभा गरेको हो । सहभागी अतिथिले कुनै पनि संस्था लोकतान्त्रिक पद्धतिबाट चल्ने भन्दै नेतृत्वको हैकमवादी शैली नचल्ने बताएका थिए । एक दुईजना व्यक्तिको मनोमानीले संस्था बदनाम हुने भन्दै उनीहरुले संस्थाको उद्देश्य र गरिमा अक्षुग्ण राख्न लोकतान्त्रिक पद्धतिबाट सञ्चालन हुनुपर्नेमा जोड दिए । 


अध्यक्ष चौरसिया पक्षले गरेको साधारणसभा अवैधानिक रहेको दाबी पटेलको छ भने चौरसिया पक्षले आफूहरुले नियमानुसार साधारणसभा गराएको बताएको छ ।

 

त्यसअघि शनिबार चौरसिया पक्षधरले बीरगंज नगरसभागृहमा साधारणसभा गरेका थिए । उद्घाटनसत्रपछि विवाद भएर स्थगित भएको थियो । चौरसिया पक्षले मनोमानीपूर्ण तरिकाले साधारणसभा गरेपछि संघमा भाँडभैलो भएको आरोप असन्तुष्ट पक्षको छ । 


साधारणसभालाई वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, नेकपाका बसुरुद्धिन अन्सारी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, समाजवादी पार्टीका कावा जिल्ला अध्यक्ष रामनरेश यादव, राजपा नेपालका महासचिव शिव पटेल, नेपाल फोटो पत्रकार महासंघका प्रदेश २ अध्यक्ष राम सर्राफ, संघका निवर्तमान अध्यक्ष मोहन यादव, सल्लाहकार रमेश पाण्डेलगायतले शुभकामना दिएका थिए ।

 

सधारणसभाको अवसर पारेर संघका सल्लाहकार सुमित रौनियार, ध्रुव पटेल, जहुर आलम, साविर अन्सारी, रमेश पाण्डे, रामजनम गुप्तालगायतलाई सम्मानित गरिएको थियो ।

 

शनीवारको साधारण सभामा भने निर्माण ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र सिंह, केन्द्रीय महासचिव रोशन दाहाल नेकपाका जिल्ला अध्यक्ष प्रभु हजरा, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्वसभापति राजेन्द्रबहादुर अमात्य, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, प्रदेशसभा सदस्य करीमा बेगम, ज्ञानेन्द्र मिश्र, उमेश सहनीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसमध्यका समाजवादी पार्टी पर्साका अध्यक्ष भने दुबै कार्याक्रममा सहभागि हुनु भएको छ । 


के हो विवाद ?
संघको सदस्यता शुल्क ५१ हजार रहेकोमा चौरसियाको नेतृत्वमा १५ हजारमा सदस्यता लिएर  बाँकी रकम किस्ताबन्दीमा तिर्ने ब्यवस्था गरिएपछि  विवाद सुरु भएको हो । संघको बोर्डमा छलफल नै नगराई आफ्नो पक्ष बलियो बनाउने ध्येयले १५ हजार लिएर ८० जना सदस्य थपेपछि विरोध भएको हो ।

 

आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी सुरेश पटेललाई सहयोग पु¥याउने उद्देश्यले अध्यक्ष चौरसियाको मिलेमतोमा अवैधानिक तरिकाले सदस्य तोकिएको भन्दै बहुमत कार्य समिति सदस्यले विरोध गरेको बताइएको छ । आइतबार सम्पन्न बहुमत बोर्ड सदस्य र पदाधिकारी सहभागी साधारणसभाले यसअघिको सदस्यता ५१ हजार रुपौयाँ कायम रहने र अब उपरान्त नयाँ सदस्यका  लागि ५ हजार एक सय रुपैयाँ निर्धारण गरेको छ । 


आधिकारिक कुन ?
निवर्तमान अध्यक्ष मोहन यादव, प्रथम उपाध्यक्ष दिवाकर पटेल, द्वितीय उपाध्यक्ष हिरालाल पटेल, कोषाध्यक्ष उमेश क्षेत्री, सहकोषाध्यक्ष महताव आलम, कार्य समिति सदस्य राजकिशोर पटेल, फिरोज खान, पारस ठाकुर, प्रेम सर्राफ, सूर्य कोइराला, धुरेन्द्र पटेल, राजु पटेल, लालबाबु पटेल, प्रदीप यादवलगायत १४ जना कार्य समितिहरुको सहभागिता रहेको थियो ।

 

२१ सदस्यीय कार्य समितिमा १४ जना सदस्य र ४०० साधारण सदस्यमा २२० जना सहभागी भएकाले आफूहरुको साधारणसभा नै आधिकारिक भएको दाबी प्रथम उपाध्यक्ष दिवाकर पटेलले गरे । 

 


पूर्वअध्यक्षहरु रमेश पाण्डे, साविर अन्सारी, सल्लाहकारहरु सुमित रौनियार, ध्रुव पटेल, जहुर आलमललगायत पनि सहभागी थिए । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष दयाराम साह र बाराका अध्यक्ष सुरेन्द्र जयसवाल पनि साधारणसभामा सहभागी थिए ।

 

उता संघका नेताहरु राजनीतिक दलका जिल्लाका प्रमुख नेताहरुको सहभागितामा नगरसभा गृहमा भएको कार्यक्रम नै संस्थागत र आधिकारीक भएको दावी चौरसिया पक्षको रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.