logo

बीरगंज महानगरमा आवधिक विकास योजना तर्जुमा गोष्ठी सुरु

      12/15/2019 गते 00 00 मा प्रकाशित     979   पटक पढिएको

वीरगन्ज २९ मंसिर । वीरगन्ज महानगपाललिकाको पूर्वधार विकासका लागि योजना तर्जुमा थालिएको छ । प्रदेश नं.२मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाको पाँच वर्ष भित्र गरिने पूर्वाधार विकासका लागि योजनातर्जुमा थालीएको हो ।


महानगरपालिकाले आइतबार वीरगन्जमा दुई दिने “आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी”को आयोजना गरी विकास निर्माण सम्बन्धि योजना तर्जुमा थालेको हो ।


  महानगरका प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सुरु भएको कार्यशाला कार्यक्रमको उदेश्यबारे महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेत बस्नेतले जानकारी गराउनु भएको थियो ।


 गोष्ठी वीरगन्ज महानगरपालिकाका वडाअध्यक्ष, वडासदस्य,कर्मचारी तथा नागरिकसमाजका अगुवाहरुको सहभागीता रहेको गोष्ठीबाट सुशासन व्यवस्था, आर्थिक तथा समाजिक विकास, भौतिक पूर्वधार एवम् वन तथा वातरणीय संरक्षण लगायतका विषयमा छलफल भएको  महानरपालिका प्रमुख प्रसाशकिय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो ।


राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षक डा. जगदिश चन्द्र पोखरेल, डा .शेषरमण न्योपाने, महेश अर्याल र सुरेन्द्रवाग्लेले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले बताउनुभयो ।

 


कार्यक्रममा सहभागि रहेका जन प्रतिनिधी तथा कर्मचारीहरुलाई महानगरपालिकाको आवश्यक्ता, आय आर्जनका क्षेत्रको पहिचान, तत्कालीन र दिगो पूर्वाधार  विकासका वारे छलफल गरी योजनाहरुको तर्जुमा गर्ने बिषयमा गोष्ठीमा समुहगत छलफल भइरहेको गोष्ठीका सहभागीहरुले बताए । गोष्ठी  मंसिर ३० गते सम्म संचालन हुने छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.