logo

प्रधानमन्त्री र साग विजेता नेपाली खेलाडी बीच खुसी साटासाट  

      12/11/2019 गते 00 00 मा प्रकाशित     867   पटक पढिएको

काठमाडौं  २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको वताउनु भएको छ ।

 

नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई वधाई दिनु भएको थियो । 


तेह्रौं सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गर्नु भएको हो ।

 

‘५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनु भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सानो उपलब्धि होइन ।

 

अव हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ ।’ उहाँले चौधौं सागमा अहिलेका सबै जितको रेकर्ड तोड्नेगरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गर्नुभयो । 


प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकूदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उहाँको भनाई थियो ।

 

‘भूकम्पले हाम्रा सबै पूर्वाधारहरु भत्केका थिए, हामीलाई ती संरचनाहरु बनाएर खेल आयोजना गर्नु कठीन काम थियो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनु पर्ने थियो ।

 

यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत सागका प्रतियोगिताहरु आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं ।’ खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अव थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो । 


प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने  घोषणा गर्नुभयो ।

 

यस्तै दुई भन्दा बढी स्वर्ण पदक विजेतालाई प्रति स्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।

 

समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.