logo

२६ औ मदन आश्रीत स्मृति दिवस सम्पन्न ,मदनको योगदान महत्वपूर्ण

      5/17/2019 गते 00 00 मा प्रकाशित     1073   पटक पढिएको

बीरगंज ३ जेठ । 
जनताको बहुदलीय जनवादका प्रणेता नविन बिचारक नेकप एमालेका ततकालीन महासचिव मदन भण्डारी तथा कुशल संगठन जीवराज आश्रीतको २६ औ स्मृतिमा बीरगंजमा नेपाली कम्युनिष्ट आन्दोलन र मदन भण्डारी बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । 


अन्तरक्रियामा नेपाल खेलकुद महासंघका अध्यक्ष पूर्व मंत्री पुरुषोत्तम पौडेलले नेपालको कम्युनिष्ट आन्लोलनलाई लोकतान्त्रिककरणको  पक्रियामा लैजान मदन भण्डारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

 
संसारमा कम्युनिष्ट आन्दोलन धरासायी हुदै थियो अध्यक्ष पौडेलले भने तर नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय हुदै थियो । जनमतबाट पहिलो प्रतिनिधि सभामा ६९ सिट जितेर बलियो प्रतिपक्ष बनेको थियो ।

 सामुदायीक आन्दोलनलाई नेपालको कम्युनिष्ट आन्दोलनसंग जोडेर मदन भण्डारीले सबै क्षेत्र र  तप्कालाई जोडन सकेकोले नै नेपालमा कम्युनिष्ट आन्दोलनले उच्चता प्राप्त गरेको बताए । 


पूजीवादीहरुले प्रजात्नत्रलाई आफनो पेवा ठान्थे अध्यक्ष पौडेलले भने बडो हिम्मतका साथ कम्युनिष्ट आन्दोलनमा प्रजातान्त्रिककरणलाई अंगिकार गरेर भण्डारीले उनीहरुलाई नाजवाफ बनाए । मदन भण्डारीले कम्युनिष्ट पार्टीलाई आधारभूत वर्गको पार्टी बनाउने कुरामा जोड दिएको उनले बताए । 


मुलुकमा शान्तिपूर्ण संघर्षको बाटोबाट परिर्वतन ल्याउन चाहने र शसस्त्र क्रान्तिबाट परिर्वतन गर्न खोज्ने दुबै बिचारधारा अहिले एक ठाउमा आएको चर्चा गर्दै नेता पौडेलले पानी जाहाज होइन गरिक किसानका हितमा काम गरिनु पर्नैमा जोड दिए । 


पाठशाला बीरगंज स्टडी सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपालको कम्युनिष् आन्दोलनमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको आलोकमा अवको बाटोका बिषयमा समेत चर्चा भएको थियो ।

 
पाठशालाका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा हरि बैद्य ,रघुनाथ चौरसिया र शम्भू गुप्ताले बिचार राखेका थिए । पाठशालाका उपाध्यक्ष बीरेन्द्र शाहले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने सचिव के.सी.लामिछानेले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा पाठशालाका अनु चौधरी उमेश गुप्ता शिवजी गुप्ता अरविन्द सिंह प्रभाकर गुप्ता लगायतको सहभागिता रहेको थियो । 

 


यसवीच कपा पर्साले आज २६ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक बर्ष बिषयक बिचार गोष्ठी सम्पन्न गरेको छ । केन्द्रिय सदस्य रामचन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेताहरु बालगोपाल थापा, जिल्ला अध्यक्ष प्रभु हजरा पुर्व सांसद राजकुमार गुप्ता बाबुराम कौसिक, रामबाबु बैठा लगायतकाले धारणा राखेका थिए । वक्ताहरुले मदन भण्डारीले देखाएको बाटोमा हिडन नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

 

 पार्टी कार्यालयमा आयोजित कार्यक्रममा युवा नेता अरबिन्द सिंह , तेजप्रकाश जनषाद ,किसोरी कुशवाहा अकलेश साह लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण शिवजि गुप्ताले गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.