logo

बेगसुरायका जनताको बोल “बेगुसरायका बेटा कैसा हो कन्हैया कुमार जैसा हो

      4/9/2019 गते 00 00 मा प्रकाशित     2252   पटक पढिएको

बीरगंज २६ चैत । भारतको लोक सभा निर्वाचनमा चर्चाको शिखरमा रहेको बिहारको बेगुसराय लोकसभा सीटमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार जेएनयुका बिद्यार्थी युनियनका पूर्व अध्यक्ष कन्हैया कुमारले आज मनोनयन दर्ता गराएका छन ।

हजारौ समर्थकका साथ नारा जुलुश र बजागाजा सहित बेगुसराय स्थित निर्वाचन काष्र्यालय पुगेका कन्हैया कुमारले मनोनयन दर्ता गराएका हुन ।

 

मनोनयन  दर्ता गर्न जादा निस्किएको जुलुशमा हजारौ सर्मथकको सहभागिता देखिएको थियो । उत्साहीत सर्मथकहरुले “बेगुसरायका बेटा कैसा हो कन्हैया कुमार जैसा हो ”“चौकीदार चोर है ”कन्हैया कुमार लाल सलाम  लाले लाल कन्हैया लाल जस्ता गगनभेदी नारा लगाएका थिए ।


भारतीय लोकसभाको निर्वाचनमा बिहारको बेगुसराय निकै खास निर्वाचन क्षेत्रको रुपमा रहेको छ । कन्हैया कुमारको उम्मेदवारीकै कारण पनि बेगुसराय खास चर्चामा छ । देशको भात्र होइन बेगुसरायले बिदेशको समेत ध्यान खिचेको छ । बेगुसरायको चुनावी दंगलमा सबैको नजर छ । 


कन्हैया कुमार जसले भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको सरकारको दक्षीणपन्थ तथा साम्प्रदायीक भावनाको बिरुद्ध बिद्रोहको बिगुल फूकेका छन ।

सामाजिक एकतामा खलल ल्याउने मोदी सरकारको नकारात्मकता बिरुद्ध कन्हैयाले समाजलाई जोडने सामाजिक न्याय  सदभाव र बिकासको कुरा गर्छन ।

उनले राख्ने एजेण्डाहरु सरल भाषमा आम मान्छेले बुझने गरि राख्ने सक्ने उनको कला कारण कन्हैयालाई सबैले सुन्छन । तिनै कन्हैया उम्मेदवार भएको बेगुसराय आज चर्चाको शिखरमा छ । उनको बिरुद्ध भाजपाले केन्द्रीय मंत्री गिरीराज सिंहलाई मैदानमा उतारेको छ । आरजेडी कांग्रेस सहितको गठबन्धनले भने तनवर हसनलाई मैदानमा उतारेको  छ ।


 कन्हैया कुमारको जीतकालागि गुजरातका बिधान सभाका सदस्य चर्चित दलीत नेता जिग्नेश मेवाणीले बेगुसरायमा अभियान नै चलाएका छन भने जेएनयुका पूर्व उपाध्यक्ष शहिला रसीद ,बेपत्ता बनाइएका बिद्यार्थी नजिव की आमा अम्मा फतिमा अभिनेत्री स्वरा भास्कर,गरमेहर कौर र जेएनयुका बिद्यार्थी नेताहरु बेगुसरायमा मनोनय दाखिला गर्ने प्रर्दशनमा सहभागि भएका थिए ।

 


कन्हैया कुमार आफनो आमा र नजिवको आमाबाट आर्शिवाद लिएर मनोनय दाखिला निम्ति आफनै गाउँबाट जुलुस सहित निस्केका थिए । उनले आर्शिवाद लिएको फोटो समेत सार्वजनीक गरेका थिए ।

लाल झण्डाको साथ लालसलामको नारा गुञ्जिएको थियो । कन्हैयाले त्यतीबैले टिविटरमा एउटा ट्वीट गरे “आमा फतिमा नफीस जिगनेश शेहला गुरमेहर समेत उनलै सबैलाई ध्न्यवाद दिदै लेखेका छन “सम्बिधान र लोकतन्त्र बचाउने संघर्षलाई मजवुत बनाउन बेगुसराय आउनु भएकोमा धन्यवाद” । जता हे¥यो उतै लाल झण्डा र राता मान्छेहरु एकताको यो भब्य सहभागिताले सबैमा जोश भरेको थियो । 

 

कन्हैयाले राष्ट्रकवी  दिनकरको मूर्तीमा माल्यार्पण गरे । उनले यहाँ पनि एउटा ट्वीट गरे र भने “राष्ट्रकवी दिनकरको धर्ती घृणा फैलायर राजनीति गर्नेहरुलाई कहिल्यै पनि उठन दिने छैन । 

 

गुरमेहर कौरले पनि एउटा भिडियो रिट्वीट गरेकी छिन , त्यसमा नजिव की आमा फातिमा नफिसले मनेकी छिन “म खुशी छु र यो यकीन भयो अव कन्हैयाले जरुर जित्ने छ । मैले याहाका मान्छेमा धेरै जोश र उत्साह देखेकी छु । कन्हैया बेगुसरायको मात्र होइन देशको हिरो हो उ सकैको छोरो हो  देशको छोरो हो ।

शेहल रशीदले पनि लडाई बेगसरायको मात्र नभई पुरै देशको लडाई भएको बताइन । आज नयाँ नेतृत्व पाउनुु पर्ने आवश्यकता छ  । त्यही गुरमेहरले एउटा गैरा राजनीतिक युवाले यति छोटो समयमा  यति ठुलो ¥याली गर्न सक्यो यो नै जीत हो भनेकी छिन ।


अप्रिल २३ तारिखका दिनमा यो निर्वाचन क्षेत्रमा चुनाव हुने छ । बेगुसरायमा १९ लाख मतदाता छन । त्यसमा १९ प्रतिशत भूमिहार १५ प्रतिशत मुस्लिम १४ प्रतिशत यादव ७ प्रतिशत कुर्मीको संख्या रहेको छ । बेगुसरायमा पछिल्ला ११ वटा निर्वाचन मध्य ११ पटक भूमिहार सासद बनेका छन । भारतीय संचारमाध्यमहरुको सहयोगमा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.