logo

ट्रयाक्टर र चालक पक्राउ, गिट्टी बालुवाको निकासीमा निकुन्जको अवरोध

      4/7/2019 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

बीरगंज २४ चैत ।

पर्साको भेडाह खोलाबाट यिट्टी बालुवा लोड गरेर बीरगंज आउने तयारीमा रहेका चार वटा ट्रयाक्टरलाई पर्सा राष्ट्रीय निकुन्जले आफनो नियान्त्रणमा लिएको छ ।

निकुन्जले ना ५ त ३१२२ ना ३ त २१८५ ना ५ त ८१६० र ना ३ त २५५४ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको ठेकेदार नागेन्द्र महतोले जानकारी दिनु भयो । सेनाले ट्रयाक्टर चालकहरु फिरोज मिया,बिनोद कुमार,गुडु कुमार र रामाधार प्रसादलाई पनि नियन्त्रणमा लिएको छ । ठेक्का बन्दोवस्तीमा मा बिहान ५ बजेदेखी बेलुका ६ बजे सम्म गिट्टी बालुवा निकासी गर्न पाइने उल्लेख छ ।

 

पर्साको भेडाह खोलाबाट गिट्टी बालुवाको निकासीकालागि १ करोड ४५ लाख रुपैयामा ठेक्का कवोल गरेको नागेन्द्र निर्माण सेवाले निकुन्जले बेला बेलामा दिने दुःख का कारण आफू समस्यामा परेको जनाएको छ ।०७५ साउन देखी चलन पुर्जी पाएको ठेकेदारले गिट्टी बालुवा निकासीमा निकुन्जले अवरोध गर्यो भन्दै ठेका लगाउने बीरगंज महानगरमा पटक पटक गुनासो गरेको छ । तर महानगरले यो बिषयमा कुनै पहलकदमी लिएको छैन ।

पर्सा राष्ट्रीय निकुञ्ज र मध्यवर्ती जन जागरण बन उपभोक्ता समुहले साँध सीमानाको कुरा गरेर गिट्टी बालुवा वोक्ने ट्रयाक्टरह समात्ने गरेका छन । गत वर्षहरुमा पनि गिट्टी बालुवाको ठेक्का बन्दोबस्ती लगाउदा जुन ठाउँबाट गिट्टी बालुवाको उत्खनन हुन्थ्यो अहिले त्यही बाट निकाल्दा निकुन्जले समात्ने गरेको छ । निकुन्जको यो काम राम्रो नरहेको इलाका बन कार्यालय सोलखपुरका बन रक्षक शम्भू राउत कुर्मीले बताउनु भयो ।

 

निकुन्जले ट्रयाक्टर समाते पछि कम्तीमा सात दिन सम्म राख्ने गरेको छ । ट्रयाक्टर ब्यवसायीहरु निकुन्जको यो कामबाट निकै पीडित भएको बताउछन । जन जागरण मध्यवर्ती बन उपभोक्ता समुहका तारा बहादुर कार्कीले भने महानगरको साँध सीमानाबाट उठाउदा कुनै समस्या नहुने बताउनुहुन्छ । कार्कीका अनुसार समितिको सीमा भित्र रहेको खोलाबाट गिट्टी बालुवाको उत्खनन हुदा ट्रयाक्टरहरु नियन्त्रणमा लिने गरेको बताउनु भयो ।

महानगरले ठेक्का बन्दोबस्त लगाए पनि त्यहा उत्पन्न भएको समस्या समाधान गरिदिन कुनै पहल नगरेको ठेकेदार पक्षको गुनासो छ ।

जिल्लामा गिट्टी बालुवाको आपूर्ती सबै भन्दा बढी भेडाहा खोला बाट नै हुन्छ । निकुन्जले ट्रयाक्टर समाती दिदा ब्यक्तिगत तथा बिकासका काममा प्रभाव परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.